कालिकोट । कलाकार रत्नकमल विष्टले जन्मदिनको अवसरमा गीत छायाङ्कन गरेका छन् । कला साहित्य सस्कृति मार्फत सामाजिक सेवा र रुपान्तरणमा लागेका कालिकोटका बिष्टले आफ्नो जन्मदिनको अवसरमा जन्मभुमि को गित छयाङ्कन गरेका छन् ।
गित संगित कला साहित्य मार्फत सामाजिक रुपान्तरण गर्ने सोच बोकेका रत्नकमल बिष्ट राष्ट्रगुरु योगी नरहरिनाथका प्रचारक पनि हुन । कालिकोटको लालुमा जन्मिएका योगी नरहरिनाथ सोही लालुमै जन्मिएका रत्नकमल बिष्टले आफ्नो जन्मभुमिलाई चिनाउन देउडा सस्कृतिको जगेर्ना गर्न ‘क्या राम्रो लालुको सेरो जन्मभुमि यहि हो मेरो’ भन्ने गितको छायाङ्कन गरेका छन । उक्त गीतमा चर्चित गायक धर्मराज न्यौपाने र गौरी भट्टले श्वाराकन गरेका छन ।
उक्त गीत Ratnakamal bista YouTube च्यानलबाट आउने विष्टले जनाएका छन्।


अनलाइन डबली





