आज :

सन्त रामपाल जी महाराजको ३९औँ बोध दिवस: भव्य कार्यक्रम समापन

  • अनलाइन डबली

धनुषा । जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजको ३९औँ बोध दिवसको उपलक्ष्यमा सतलोक आश्रम धनुषा, नेपालमा आयोजित यस वर्षको तीन दिवसीय भव्य कार्यक्रम आज पूर्ण रूपमा समापन भएको छ। कार्यक्रमको अन्तिम क्षणमा आदरणीय सन्त गरीबदास जी महाराजको अमर ग्रन्थ (सद्ग्रन्थ साहिब) का अमर वाणीहरूको अखण्ड पाठपछि परमेश्वर कबीर साहेब तथा आफ्ना गुरु जी सन्त रामपाल जी महाराजलाई भोग लगाएर भोग की वाणी (भोग को आरती) पढेर लाखौँ भक्तहरूको उपस्थितिमा यो आध्यात्मिक उत्सवको समापन गरिएको हो।

यो तीन दिवसीय कार्यक्रम फागुन ३ देखि ५ गतेसम्म (फेब्रुअरी १५ देखि १७, २०२६) चलेको थियो। पहिलो दिन‌ पाठ प्रकाशबाट सुरु भएको थियो। दोस्रो दिन रक्तदान शिविर (५० जनाले रक्तदान) र दाइजोरहित ७ जोडीको आदर्श विवाह (१७ मिनेटमा असुर निकन्दन रमैणी बजाएर आडम्बररहित सम्पन्न गरिने विवाह) ले विशेष आकर्षण बनेको थियो। तेस्रो दिन अमर ग्रन्थका वाणीहरूको पाठ, विशाल भण्डारा तथा अन्तिममा परमात्मा कबीर साहेब र सन्त रामपाल जी महाराजलाई समर्पित भोग लगाउने विधि तथा भोग की वाणीबाट भावपूर्ण समापन भएको छ। यसले भक्तहरूमा परमात्माप्रतिको पूर्ण श्रद्धा, भक्ति र सेवा भावना जगाएको छ।

सतलोक आश्रम धनुषामा भक्तजनको विशेष श्रद्दा समर्पण र आध्यात्मिक सहभागिता थियो । भारतका दर्जन मुख्य सतलोक आश्रमहरू (धनाना धाम, मुन्डका, कुरुक्षेत्र, भिवानी, धुरी, खमाणो, शामली, सोजत, बैतूल, महोली, धवलपुरी, करौंथा, इन्दौर) र नेपालका सहित कुल दर्जन बढी आश्रमहरूमा एकैसाथ यस्तै प्रकृतिका कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो। यसबाहेक, विश्वभरका ५५० भन्दा बढी नामदान केन्द्रहरूमा पनि ठाउँ विशेष अनुसार अनुयायीहरूको सहभागितामा आध्यात्मिक सत्सङ्ग प्रवचन, भोग लगाउने विधि तथा सामाजिक सेवाका कार्यहरू आयोजित भएका छन्।

यो बोध दिवसले सन्त रामपाल जी महाराजले १७ फेब्रुअरी १९८८ मा मन्त्रदीक्षा ग्रहण गरेको पावन दिनको सम्झना गर्दै मनाइन्छ। कार्यक्रमले सच्चा आध्यात्मिक ज्ञान, मानव सेवा, समाज सुधार र परमात्माप्रतिको भक्ति मार्गलाई विश्वव्यापी बनाएको छ। भक्तहरूले यसलाई ‘सच्चा मुक्ति र भक्तिको महोत्सव’ को रूपमा वर्णन गरेका छन्। आयोजकहरूले सबैलाई यस्ता पावन कार्यक्रममा सहभागी भई जीवनलाई धन्य बनाउन हार्दिक अपिल गरेका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal