आज :

नेपाल–भारत सीमा मामिलालाई समाधान गर्नुपर्ने विषयमा छलफल

  • अनलाइन डबली

काठमाडौँ । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा सीमाका विषयमा  छलफल भएको  छ ।काठमाडौंमा सोमबार परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीचको भेटवार्तामा दुवै देश बीच  सीमा सम्बन्धि बाँकी रहेको काम पूरा गर्ने विषयमा विचार आदानप्रदान भएको हो । स्थापित द्विपक्षीय संयन्त्रहरूमार्फत सीमा मामिलालाई समाधान गर्नुपर्ने विषयमा छलफल भएको  मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएपनि कालापानी, लिपुलेक र लिम्पियाधुराका सम्बन्धमा छलफल भयो वा भएन भन्नेबारेमा प्रस्ट पारिएको छैन ।  परराष्ट्र स्रोतले भन्यो   ‘ समग्र सीमा मामिला समाधानमाथि कुरा भएन ’  । भारतीय दूतावासको विज्ञप्तिमा भने सीमा सम्बन्धि बिषयमा  छलफल भएको उल्लेख छैन ।

यसै गरि  नेपाली पक्षले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतलाई आग्रह गरेको बुझिएको छ  । अन्तर राष्ट्रिय जहाज नेपाल भित्रिन सिमरा हवाई रुट  हुँदै मात्र भित्रिन पाउने भएकाले थप प्रवेशमार्गको अनुमतिका लागि भारतलाई आग्रह गरिएको हो ।

अतिरिक्त हवाई प्रवेशमार्गको विषय उठ्दा क्वात्राले भने जवाफ दिन नचाहेको परराष्ट्र स्रोतले जनाएको छ ।

सोमबार बिहान नेपाल आइपुगेका विदेश सचिव क्वात्रा र परराष्ट्र सचिव पौड्यालबीच एक घण्टाभन्दा बढी छलफल भएको थियो । बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव पौड्यालको नेतृत्वमा दक्षिण एसिया महाशाखाका रामप्रसाद सुवेदीसहित ७ जना थिए । भारतका तर्फबाट सचिव क्वात्राको नेतृत्वमा राजदूत नवीन श्रीवास्तवसहित ७ जना प्रतिनिधि सहभागी  थिए ।

गत भदौ २८ र २९ मा नयाँदिल्लीमा पछिल्लो पटक परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक  बसेको थियो ।  त्यति बेला दुई पक्षबीच सीमा सम्बन्धको बिषयमा छलफल  भएको नेपालका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख भएपनि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र र सुस्ताका सम्बन्धमा छलफल भए/नभएको खुलाइएको थिएन । भारतले लिपुलेकसम्मकै नेपाली भूमि समेटेर २०७६ कात्तिकमा नयाँ नक्सा जारी गरेपछि नेपालले विरोध गर्दै कूटनीतिक वार्ताका लागि आग्रह गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal