आज :

सरकारी कृषि विकास बैंकको नाफा १०९ प्रतिशतले घट्यो, एभरेष्टले कमायो सबैभन्दा बढी 

  • अनलाइन डबली

काठमाडौं । नेपाल सरकारको स्वमित्वमा रहेको कृषि विकास बैंकको नाफा १०९ प्रतिशतले घटेको छ । तर भारतको पञ्जाब नेशनल बैङ्कको व्यवस्थापन-सहयोग प्राप्त गरेको एभरेष्ट बैंकले सबैभन्दा बढी नाफा कमाएको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणमा वाणिज्य बैंकहरुले आफ्ना घाटा र नाफा सार्वजनिक गरेका हुन् । सोमबार एकै दिन २० वटा बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका थिए । जसमा १३ बैंकले मुनाफा बढेको र ७ ले घटेको सार्वजनिक गरेका छन्।

विवरण अनुसार खुद मुनाफालाई प्रतिशतमा हेर्दा एभरेष्ट बैंकको सबैभन्दा बढी अर्थात ८९ प्रतिशतले खुद मुनाफा कमाएको छ । तर रकमको आधारमा भने नबिल बैंकले सबैभन्दा बढी नबिल बैंकले ३ अर्ब ४१ करोड खुद मुनाफा आर्जन गरेको छ । एनआईसी एसिया र ग्लोबल आइएमई बैंकको नाफा पनि बढेको छ ।

त्यस्तै एनआईसी एसियाले ३ अर्ब २७ करोड र ग्लोबल आइएमईले २ अर्ब ७८ करोड खुद मुनाफा आर्जन गरेका छन्। त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

२ अर्ब रुपैयाँभन्दा कम मुनाफा कमाउनेमा एनएमबिले १ अर्ब ९० करोड, एभरेष्टले १ अर्ब ५८ करोड, सानिमाले १ अर्ब २८ करोड, स्ट्याण्डर्ड चार्टडले १ अर्ब ७५ करोड, नेपाल एसबिआईले १ अर्ब १७ करोड, लक्ष्मीले १ अर्ब ७ करोड, माछापुछ्रेले १ अर्ब २ करोड, हिमालयनले ९५ करोड, सिभिल बैंकले ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

त्यसैगरी प्राइम कर्सियल, प्रभु बैंक, सनराइज, नेपाल बैंक, सिद्धार्थ बैंक, सिटिजन्सको खुद मुनाफा केही घटेको छ। प्राइमको खुद मुनाफा २ करोडले, प्रभुको ७ करोडले, सनराइजको ९ करोडले, कृषि विकास बैंकको १४ करोडले, नेपाल बैंकको २४ करोडले, सिद्दार्थको ४१ करोडले, सिटिजन्स इन्टरनेश्नलको ३९ करोडले, खुद मुनाफा घटेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal