कात्तिक २, काठमाडौँ। नेपालमा काम अनुसारको दाम पाउन नसक्दा नर्स विदेश पलायन हुन बाध्य छन् । प्रमाणपत्र तह अध्ययनका लागि सात लाख रुपियाँभन्दा बढी खर्च हुने र स्नातक तहको अध्ययनका लागि १५ लाखभन्दा बढी खर्च हुने गरेकोमा सरकार तथा निजी अस्पतालले अत्यन्त न्यून पारिश्रमिकमा काममा लगाएपछि नर्स धमाधम विदेश पलायन भइरहेका छन् ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 70
करिस्मा शर्मा (नाम परिवर्तन) उपत्यकाको एक सरकारी अस्पतालमा नर्सिङ निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको तलबभत्ता सातौँ तहको थियो तर पनि नेपालमा भविष्य नदेखेपछि उहाँ केही समयअघि मात्र अमेरिका जानुभयो । करिस्मा एक उदाहरण हो, नेपालमा करिष्मा जस्ता हजारौँ नर्सिङ जनशक्ति पलायन भइरहेका छन् ।
सरकारी अस्पतालमा नर्सको न्यूनतम तलब ३४ हजार ७३० रहेको छ । उक्त तलबदेखि असन्तुष्टि प्रकट गर्दै सरकारी तथा निजी अस्पतालमा कार्यरत हजारौँ नर्स पलायन भइरहेका छन् । अमेरिका, अस्ट्रेलिया, क्यानडा र युरोप मात्र होइन, पछिल्लो समय कुबेत, साउदी, दुबईलगायतका देशमा पनि पलायन हुने क्रम बढेको छ ।
नेपाल नर्सिङ परिषद्को तथ्याङ्क अनुसार हरेक वर्ष एक हजारभन्दा बढी नर्स बिदेसिने गरेका छन् । परिषद्को तथ्याङ्कबाहेकका नर्स पनि विदेश जाने गरेका छन् । कतिपय नर्सिङ अध्ययन गर्न जाने र त्यहीँ कार्यरत छन् । नर्सिङ परिषद्का अनुसार २०८२ असार मसान्तसम्ममा ५० हजार ७७६ जना नर्सले विदेश जानका लागि अनुमतिपत्र (एनओसी) लिएका छन् ।
गोरखापत्र दैनिकमा यो खबर छ –