आज :

झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

  • अनलाइन डबली

सर्लाही । पर्साको वीरगञ्ज महानगरपालिका – १ बजार छपकैयाका १७ वर्षीय किशोर पीयूष साहको शनिबार साँझ दीपावलीको तयारीका क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

प्रहरीका अनुसार धनतेरसको दिन करिब साँझ ६ बजे पीयूष आफ्नै घरमा दीपावलीको झिलिमिलीका लागि झालर बत्ती जडान गरिरहेका थिए। सोही क्रममा उनलाई विद्युत् प्रवाह भई करेन्ट लाग्दा उनी अचेत अवस्थामा भुईँमा लडेका थिए।

स्थानीयवासीले तत्काल उनलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल लागेका थिए। अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal