आज :

माघे संग्रान्तिः एक जातिय संस्कृति अनेक

  • पदम श्रेष्ठ

पदम श्रेष्ठ 

संभवतः सबै नेपालीले एक साथ मनाउने साझा पर्व हो माघे संग्रान्ति । तराईका थारु हुन वा मगरहरुले माघीलाई नयाँ वर्षका रुपमा मनाउँछन् , केन्द्रिय सरकारले आईतबार देशब्यपि माघी मकर संक्रान्तिको बिदा सार्वजनिक बिदा दिएपनि थारु तथा मगर सभ्यताको आदिभुमि लुम्बिनी प्रदेश सरकारले यसदिन सोमबारपनि सार्बजनिक बिदाको घोषणा गरेको छ । काठमाडौंवासी नेवारहरुले माघे संक्रान्तिलाई ध्यो चाकु सँल्हुका नाउँमा भव्य मनाउँछन् । मधेसीहरुले यस दिनलाई तीला संक्रान्ति त पुर्वि नेपालका किरात र हिमाली समुदाय शेर्पा, थकाली, तामाङ, गुरुङआदि समुदायमा पनि नयाँ वर्ष येलेदोङ, ल्होछार प्रारम्भको दिनका रुपमा लिईन्छ माघीलाई । अत्यधिक पिछडिएका समुदाय र्याउटे, कुसुण्डा मात्र होईन राज्यसत्तामा पहुच बनाएका क्षत्री व्राम्हणसम्मले मनाउँछन् माघेसंक्रान्ति खिचदी पर्वका नाउँमा । सुर्य उत्तरायण तर्फ लाग्दा दिन लामो हँुदै जाने पर्वका रुपमा लिने गरिन्छ माघे संक्रान्तिलाई । सुर्य उपासनाको पर्वका रुपमापनि लिईने यस दिन देशका विभिन्न नदि दोभान ,त्रिवेणी जस्ता तिर्थस्थलहरु देव घाट,तारुका,वेत्रावती लगायत नदिमा नुहाएर पितृ तर्पण ,दान,तर्पण गरी मनाईन्छ यस दिनमा ।
थारु नयाँ वर्ष माघी ः
नयाँ वर्ष माघीमा तराईका आदिबासी थारुहरु गणपञ्था अनुरुप वढघर (गाउँका थकाली ) चिरकीया –(गाउँका पुजारी), चौकीदार (हुलाकी),गुरुवा (संरक्षक)), गरधुरिया (घर मुली) चुन्ने गरिन्छ । यसरी चुन्ने परम्परालाई माघी दिवानी भनिन्छ । कमैया,हलयिा,हरुवा, चरुवा आदी परम्पराको वेला माघीकै दिन कमैया फुकाउनेदेखि नयाँ सम्झौतागर्ने समेत गरिन्थ्यो । माघीमा विशेष परिकार बनाएर खाने खुवाउने आपसी सदभाव सातासातगरी मनाउँछन । माघिमा घोंगी( शंखेकिरा.), मुसा,गंगटो,सुगुरको मासुका परिकार सहित ढिकरी,रोटी खाने खुवाउने गरिन्छ । काठमाडौं उपत्यका भित्रका थारुहरुले कुपण्डोलको बागमति किनारमा भव्य माघि पर्वको महोत्सवको आयोजना गरेका छन् भने माघीको भोलि पल्ट दाजुभाईले दिदि बहिनीलाई कहार्नेभन्दै चामल, नुन,मासको दाल र उपहार पठाउँछन् । घर वा गाँउका मुलीबाट आर्शिबाद लिने नयाँ वर्षको मुख्य साखः हो ।
मगर समुदायको माघी काठमाडौंको टुँडिखेलमा
मगर समुदायलेपनि माघीलाई मगरात भर भव्यरुपमा मनाउँछन् । भगवान बुद्धका बशंज मध्ये आफुलाईपनि मान्ने शाक्य नेवार ,थारु जस्तै मगरहरुले पनि माघी लाई नयाँ बर्षका रुपमा मनाउदै आईरहेकाछन् त्यसैले राजधानी बासी मगर समुदायले टुँडिखेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा एक माघी नयाँ वर्ष सास्कृतिक कार्यक्रमका साथ आयोजना गरिएको छ । तीन दिन देखि आयोजित मगर माघीमा सेल रोटी बङगुरको सेकुवा लागायतका खाने पिउने समेतको स्टल राखिएकाछन् भने लोपोन्मुख झाक्री पुजा ,रोधिलगायतका नाचगानले टुँडिखेल भव्य छ ।
ध्यो चाकु सँल्हु ः
घिउ, चाकु, राँगाको मासु, चिउरा,पालुंगोको साग, तरुल, सख्खरखण्डआदि परिकार खाने खुवाउने गरिन्छ नेवार समाजमा माघीको दिन । घरकी मुली वा आमा वज्यैको हातबाट कान र तालुमा तेल घसीदिने र भोलि पल्ट वा अघिल्लो शनिवार छोरी ज्वाई वा भान्जा भान्जिलाई बोलाएर खुवाईन्छ ध्योचाकु सल्हुको नाउँमा । यसरी घिउचाकुको साथ परिकार बनाएर खाने खुवाउने गर्नाले चाडो सहन सक्ने शक्क्ति प्राप्त हुन्छ ।
खिचडि पर्व ः
सुर्य उत्तरायणबाट दक्षिणायण तर्फ लागेको र दिन लामो हुदै जाने विस्वासका साथ क्षेत्री,बाहुन समाजमा शिवजीको आराधना गर्दै नदिको दोभान,त्रिवेणीमा स्नान गरिन्छ भने घिउ चाकु तिलौरीका परिकारका साथ चोखो बनाएर पकाएको खिचडि खाईन्छ । यसका लागि गोकर्ण,देवघाट,पाल्पाको रुरुमा भव्य नुहाउनेको मेला लाग्ने गर्दछ ।
दीपङ्खाजस्तै वहाःपूजाः
उपत्यकामा ५६० विहार–महाविहार( बहाःबही) छन् । यस्ता विहारप्रति भावनात्मक शान्तिको सन्देश प्रवाह गर्न माघेसंक्रान्तिका दिन बहाः पूजा गरिन्छ । दीपङ्खा यात्राझैं बहाःपूजामा काठमाडौंका बुद्ध विहार परिक्रमा गरिन्छ । दीपङ्खा यात्रामा नागबहाल ललितपुरको नीलसाँढे कराउनुलगायत पाँच संयोग पर्नु पर्छ, तर बहाःपूजा संयोग कुर्नु नपर्ने तर इच्छाएको व्यक्ति वा संघ–संस्थाले एक सय ५० भाग पुजा सामग्री सहित बहाःपूजाको आह्वान गर्नुपर्छ् । बहाःपूजाका लागि गुल्पा (माटोका पाला), चामल, धान, गहुँ, भटमास, केराउ, मास, पीठो, डोरी, कुचो, तेल, सियो, धागो, मिठाइ , नगद आयोजकले दाेंँ लाई चढाउँछन् । स्वयम्भू महाचैत्यमा भेलाभई आयोजकको झन्डा, पूजा,बाँसुरी, धिमेय, भक्तजन, काजी–कजिनी र पूजाका साथ शान्तिको लागि बहाःपूजा यात्रा प्रारम्भ गरिन्छ ।
भक्तपुरमा दिपङकर बुद्ध पञ्चदान
विश्वको प्रथम बुद्धका रुपमा लिईने दिपङकर बुद्धको यात्रा भक्तपुरमा मात्र हुन्छ माघे संग्रान्तिको दिन । यस दिन भक्क्तपुर भरिका अदिपद्म महाविहार सहितका बुद्ध विहारहरुको सहभागिता गराई नः पुखु नेरको थथु बहि मा भेला गराई दान प्रदान भव्य हुने गर्दछ । भगवान बुद्ध भन्नासाथ देशमा मान्छेहरुले सिद्धार्थ गौतम बुद्धलाई मात्र बुझने गरिएको छ तर भक्त्तपुरमा प्रत्येक वर्ष दिपङकर बुद्धको यात्राले अदि बुद्ध गौतम बुद्ध भन्दा प्राचिन बुद्धपनि छन् भन्ने तथ्य प्रमाणित हुन्छ भने दिपङकर बुद्ध देखि गौतम बुद्ध सम्म हाल सम्म २८ जना बुद्धहरुको दस्तावेज तय गरिएको छ भने पाटन नागबहालमा प्रत्येक पाँच वर्षको एक पल्ट र काठमाडौं स्वयम्भुको भुईखेलमा गद्धीनसिन राजालाई दिपङकरको रुपमा पञ्चदान गर्ने गारउने परम्पर १२ वर्षको एक पल्ट हुने गरेको थियो । भेलामा शक्य बज्रचार्य, फुवरे र देशभरका विहार महाविहारको भेला गराई जिवन निर्वाहको लागि आबश्यक अन्नपात ,लुगा कपडा ,साबुन ,रुमाल देखि नगद सियो धागोसम्म दान दिने गरिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal