काठमाडौँ । जेनजी युनाइटेड फर परिवर्तनमा आवद्ध युवाहरुले सडक प्रदर्शनलाई जारी राखेका छन् । प्रधानमन्त्री सुशीला कार्कीसँग भएको वार्तापछि पनि यो समूहले सडक प्रदर्शनलाई जारी राखेको हो ।
उनिहरुका मागबारे छलफल गर्न मंगलबार प्रधानमन्त्री कार्कीले बालुवाटार बोलाएकी थिइन् । यो समूहबाट ९ जना छलफलको लागि बालुवाटार पुगेका थिए ।
छलफलमा जेनजी युनाइटेडका युवाहरुले आफूहरुबीच एकतावद्ध नभएसम्म परिवर्तन गुम्न सक्ने भन्दै त्यसको लागि प्रधानमन्त्री कार्कीलाई सहजीकरणको लागि आग्रह समेत गरेका थिए । त्यसको लागि आफू पहल गर्ने जनाउँदै कार्कीले सडक प्रदर्शन रोक्न आग्रह गरेको बताइएको छ ।



अनलाइन डबली


