आज :

प्रचण्ड नेताहरुका पनि नेता, संसदीय मोर्चामा पनि नयाँ रेकर्ड

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले नेपालको संसदीय इतिहासमा नयाँ रेकर्ड बनाएका छन् । प्रचण्डले मागेको विश्वसको मत दुई जना सांसदबाहेक सबैले मत दिए । यो प्रतिशतमा ९९.२५ रहेको र यस्तो समर्थन अहिलेसम्म कसैले पनि नपाएकाे जानकारहरु बताउँछन् ।

प्रमुख प्रतिपक्षले समेत पहिलो पटक सरकारलाई समर्थन गरेको छ । संसदीय मान्यताका आधारमा अब नेपाली काँग्रेसले प्रतिपक्षको हैसियत गुमाएको छ । काँग्रेसले समर्थन गरेपनि प्रतिपक्षमै बस्ने बताएको छ । तर, संसदीय कानुनले सरकारलाई समर्थन नगरेको सबैभन्दा ठूलो दललाई प्रमुख प्रतिपक्षको मान्छ ।

संसदमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले मात्रै प्रचण्डले मागेको विश्वसको मतको विपक्षमा मतदान गरेका थिए । जुन दुबै दलले राष्ट्रिय दलको मान्यता पाएका छैनन् ।

पाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको छ । संघीय संसद्को सबैभन्दा ठुलो दल भएर पनि सत्ता गुमाएको कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर ‘प्रतिपक्षी हैसियत’ पनि गुमाएको हो । त्यस्तै, काँग्रेसले जस्तै १० सिट जितेर पनि राष्ट्रिय दल बन्न नसकेको नेकपा एकीकृत समाजवादीले पनि तत्काल सरकारले नजाने भन्दै केही सर्त राखेर विश्वासको मत दिएको छ । यो पार्टी पनि प्रतिपक्ष बन्न सकेन ।

मंगलबार प्रचण्डले संसदमा विश्वासको मत मागेपछि विभिन्न दलका संसदीय दलका नेता तथा सांसदहरुले सम्बोधन गरेका थिए । उनीहरुले राष्ट्रिय सहमति बन्नको लागि र सबैको साझा व्यक्ति प्रचण्ड भएको समेत बताए । प्रचण्डको विपक्षमा उभिन राष्ट्रिय पाएका कुनै पनि दलले आट आएन । यसले पनि देखाएको छ कि प्रचण्ड नेताहरुको पनि नेता हुन भन्ने कुरा । प्रचण्ड राष्ट्रकै नेता भए ।

प्रचण्डले जनयुद्धमा मोहन वैद्य, बाबुराम जस्ता दिग्गजहरुका पनि नेता थिए । संसदीय मोर्चामा एक दशक अल्मलिएका प्रचण्ड फेरि शक्तिशाली भएका छन् । जसरी जनयुद्धको नेतृत्व गरेर नेपालको परिवर्तनकारी आन्दोलनमा नयाँ रेकर्ड बनाएका थिए त्यसैगरी संसदीय मोर्चामा पनि प्रचण्डले इतिहास वा रेकर्ड बनाएका छन् ।

विश्वासको मत माग्दै गर्दा पनि प्रचण्डले आफूलाई जनयुद्ध सुरु गदैगर्दाको जस्तै केही नयाँ गरौं भन्ने हुटहुटी र आवेग रहेको बताए । आफूले पाएको मतले जिम्मेवार बनाएको प्रचण्डले बताएका थिएका थिए ।

सबै दललाई मिलाएर लैजान सक्ने क्षमता प्रचण्डमा छ । राजतन्त्रको अन्त्य प्रचण्डकै नेतृत्वमा भएको थियो । तर, राजतन्त्र पुर्नस्थानाको एजेण्डा बोकेको राप्रपा, आफैलाई हराउने योजनाका साथ राजनीतिमा आएका रवि, कुनै बेला विखण्डनको नारा उठाएका सिके, देउवा र ओलीलाई एकै ठाउँमा ल्याउन प्रचण्डले मात्रै सकेका हुन् ।

प्रचण्डलाई नेपाली काँग्रेसका ८५, नेकपा एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १३, जसपाका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपाका ४, नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र ३ सांसदले मत दिएका थिए । काँग्रेसका ३ जना सांसद अनुपस्थिति रहे भने एक जना निलम्बनमा परेका छन् । राप्रपाका पशुपति शमशेर सभामुखको भूमिकामा रहेका कारण मत दिएनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal