पदम श्रेष्ठ –
जात्रै जात्रा पर्वै पर्वको देश काठमाडौं उपत्यकाको ऐतिहासिक बस्ती साँखुमा एक महिने स्वस्थानी देवीको पुजा आराधना गर्दै मेला भर्ने पर्व शुरु भएको छ तर आजका सन्ततीहरु ७ वर्षे गोमा ब्राह्मणी र७० बर्षिय बृद्ध शिव शर्मा संग हुने घोर अनमेल बाल विवाहलाई प्रोत्साहित गर्ने संस्कारलाई निरन्तरता दिनुहुदैन भन्नेहरु बढ्दो छ ।
हुनपनि जोगीको भेषधारी गोमा ब्राह्मणीको घरमा माग्न आउँदा भगवान शिवलाई भिक्षा दिन ढिलो गरेको भन्दै श्राप दिने उनै शिवलाई आफनी छोरीको विबाह गाराईदिने मानव अधिकारको अपमान गरिने पर्वलाई कसरी आत्मसाथ गर्न सकिएला प्रश्न उब्जनु स्वभाबिकै हो । तर प्रत्येक वर्ष
बोधिसत्व मणिचूड महाराजको बासस्थान मणिचूड दह (मणिशैल) शालि नदिबाट बगेको नदिमा नुहाएर एक महिना सम्म कथिन ब्रत बसि स्वस्थानी माताको आराधाना गर्ने भक्तजनहरुको प्रत्येक वर्ष बढ्दो छ । जहाँ प्रत्येक वर्ष मिलापून्ही (पौषशुक्ल पूर्णिमा)देखि भगवान् गौतम बुद्धद्वारा आयुसंस्कार परित्याग घोषणा गरेको दिन सिःपून्ही (माघ पूर्णिमाँ) सम्म एक महिना स्वस्थानी व्रतकथा र माधवनारायण जात्रा हुन्छ । ऐतिहासिक साँखु बस्तीबाट २ किमि पूर्वको शैलनदी स्वस्थानी (आफ्नै स्थान) को अपमान गर्ने चन्द्रावतीजस्ता पापीलाई पनि व्रत बस्नाले रोगमुक्त बनाइदिने स्थान भनि प्रसिद्ध छ । स्वस्थानीमा जस्तो कथा बस्तु पढीन्छ पढाईन्छ भक्तजनहरुले त्यस्तै रुपमा स्विकार्नु वा बिरोध गर्नु आजको मुख्य समस्या भएको हो । बास्तबमा स्वस्थानीका काथालाई जस्तो छ ,त्यस्तै रुपमा नबुझि कथालाई नमुनाका रुपमा लिदै जीवनमा स्वस्थानीको जस्तो दुःख पिडा आईपरेपनि सामना गर्न र भगवानको आस्था गर्न नछोडे एक दिन सुखको स्वस फेर्न पाईन्छ र नवराज जस्तो राजा बन्न सकिन्छ भन्ने सन्देश दिन रचिएको साहित्य भएको विपश्यनाचार्य ओमकृष्ण मानन्धर बताउनुहुन्छ ।अर्को कुरा आफ्ना श्रीमान नवराज शर्मा स्वस्थानीकै प्रतापले राजा घोषणा भएपछि चन्द्रावतीले जुन सत्यलाई अपमान गर्दै आफु जन्मिएको भुमि ,आफुले गर्ने कर्म समेत नगरी भगवानकै अपमान गरिन त्यसको फल खान पिउन समेत नपाई झण्डै परलोक हुने सम्मको स्थितिमा पुगे त्यसबाट हामीलाई स्वस्थान ,स्वधर्म र ईश्वरप्रति अपमान गर्नेको हैसियत सम्झाएको हुँदा स्वस्थानी व्रत कथा बाचन बैज्ञानिक तथ्यमा आधारित भएको विपश्यनाचार्य मानन्धरको दावी छ ।
स्वस्थानी माताको नाउँमा सत्यनारायणको व्रत बस्ने, शिव भगवानको पूजनगर्दै माधवनारायणको देशदर्शन यात्रा गराईने धार्मिक सहिष्णुता साँखुमा पाइन्छ । महायानी कलेजी रंगको पहिरनका व्रतालु दिनको एक छाक मात्र खाई पशुपति,फर्पिङ,पनौती, चाँगुनारायण हिँडेर जाने परम्पराले कथिन व्रत , ध्यान , भ्रमण र सदभावको एउटा अमुर्त विश्व संस्कार मान्न सकिन्छ । माधवनारायणलाई बोकेर नगर परिक्रमाको जिम्मा भ्रमणका संरक्षक साँवागणमा श्यार्वा, ध्वँ, पिखा, किपारा, हाण्ठा, पाईगरी सात थरका श्रेष्ठले लिन्छन । १२ महिनामा विष्णुका १२ नाममध्ये माघमा पर्ने माधवनारायणको मन्त्रोच्चारण गर्दै ने.सं.६२८मा नेपालभाषामा लिखित स्वस्थानी पढ्न साँखु शालीनदीमा बस्ने परम्परा ले आन्तरिक धार्मिक पर्यटन , व्यायाम ,योगका रुपमा पनि स्वस्थानी ब्रत मेलालाई लिन सकिन्छ ।
नारीखुसी÷माधव नारायण मेला ः
बौद्धदेवी वज्रयोगिनीको देश साँखु राजा शंकुवदेवले कलिगत संवत् ३९२५ मा व्यवस्थित गरेको देशमा अवस्थित शालिनदीमा प्रत्येक वर्ष माघी (मिला पून्हीदेखि सिपून्ही) महिनाभर व्रत बस्ने मेला लाग्ने गर्छ । सिलाचह्रे (शिवरात्रि)का दिन वज्रयोगिनी जाने बाटोनेरको कोलाम भन्ने ठाउँमा एक जोडी नाग, एक जोडी चरा र एक जोडी माछामध्ये एउटालाई छोड्ने, उडाउने र पानीमा छोड्ने गरी माधव नारायण मेला समापन गरिने परम्परा छ । अष्टमातृका देवीको आराधना गर्दै लोग्नेमान्छे व्रतालुले जीउ नाप्ने र आइमाई व्रतालुले सहस्रधारा खन्याउँदै वज्रयोगिनी देवीकोमा क्षमा पूजा गर्ने गदर्छन् । व्रतालुले जुत्ता–चप्पल लगाउनुहुँदैन । नुन भएको केही पनि खानुहुँदैन । केराउ,मुला,उखु,यलपल,फलफूल (सिसाबुसा) चाकू आदि एक छाक मात्र खाने परम्परा छ । बर्षको एक पल्ट एक महिना सम्म कथिन ब्रतै भनेर बस्न नसकेपनि खानपानमा मुख बारेर आफुलाई साकाहारी एक छाके मात्र बनाउन सके पाचन प्रकृयामा सुधारआई रोगब्याधि लाग्नबाट बचाउने तथ्यपनि स्वस्थानी सत्यकथाको बिधान हो भने सम्पुर्ण रुपले एक महिना सम्म भगवानको यादमा आफुलाई सम्पर्ण गर्न सके जिवनमा गरेका पाप कर्मबाट केहि हद सम्म भएपनि मुक्त हुन सक्ने नवराजका बंशज पाटन कृष्ण मन्दिरका पूजारी प्रतापधर शर्मा बताउनुहुन्छ र
एक थेचो, तीन जात्रा ः
मत्स्य कुर्म वराहश्च, नृसिंह वामनस्तथा,
रामो रामस्य,मस्य,बुद्ध कृष्ण कल्कि तथैवच यहि स्लोकका आधारमा
ललितपुर थेचोको माघ महात्म्य दश अवतार झाँकी प्रदर्शनी गरिन्छ नगर परिक्रमाको बेलामा साथै सवा लाख सहस्रधारा यात्राका साथ मनाईन्छमाघ महात्य मेला । यात्राको प्रमुख दिन थेच्ववासीको देवाली पूजा, बृहस्पति जात्रा एकसाथ हुने हुँदापनि विशेष महत्व राख्दछ । बिहानैदेखि यात्रामा लः हायका बनेगु भन्दै पुरुष व्रतालुले सवा लाख धारा देवस्थलमा चढाउने र महिला व्रतालुले आफ्नो जीउमा बत्ती बाली थेच्व ब्रह्मायणी, बालकुमारी, सत्य भैरव र धोकलपुसः परिक्रमागरी ठेँचो यात्रा मनाउँछन् । साँखुमा भन्दा छुटटै जस्तो देखिएतापनि थेचो माघ महात्ये साँखु सालिनदी मेलाकै निरन्तरता हो भने घर घरमा माघ महिनाभर स्वस्थानीको पुस्तक पढ्ने र स्वस्थानी पुर्णिमाको दिन पुजा गरि साङय ब्रत समापन गर्ने परम्पारमा केहि कमी आएपनि शुद्ध भई स्वस्थानीको पुस्तक माघ महिनाभर पुजागरी प्रसाद ग्रहण गर्नेमा सिमित भएपनि गर्दै गरेको आधुनिक मर्तिकलाका सर्जक ठाकुरप्रसाद मैनाली बताउनुहुन्छ ।