आज :

काठमाडौंमा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन हुने, यस्ताे छ समय तालिका

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ति उल्लङ्घन गर्ने तथा सडक लेन तोडफोडजस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूका लागि ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन गर्ने भएको छ ।

कार्यालयका अनुसार कात्तिक ११ (मंगलबार) देखि रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमा सचेतना कक्षा सञ्चालन हुने छ ।

कक्षा सार्वजनिक बिदा बाहेक प्रत्येक दिन निम्न समयमा सञ्चालन गरिनेछ ।

१. बिहान ९ः०० देखि १०ः०० बजे

२. बिहान १०ः३० देखि ११ः३० बजे

३. दिउँसो १२ः०० देखि १ः०० बजे

४. दिउँसो १ः३० देखि २ः३० बजे

५. दिउँसो ३ः०० देखि ४ः०० बजे

शुक्रबारका दिन भने बिहान ९ः०० देखि दिउँसो २ः३० बजेसम्म मात्र कक्षा सञ्चालन हुने जनाइएको छ ।

यसबाहेक, कार्यालय समयमा उपस्थित हुन असहज हुने सेवाग्राहीहरूको सहजताका लागि हरेक शनिबार बिहान १०ः०० देखि १२ः०० बजेसम्म दुईवटा अतिरिक्त कक्षा सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने चालकहरूलाई अनिवार्य रूपमा सचेतना कक्षामा सहभागी हुन आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal