आज :

प्रभु बैंकको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा

  • अनलाइन डबली

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाखभन्दा बढी संस्थापक शेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर आजदेखि बिक्री खुला गरेको हो । यसअघि बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना प्रकाशित गरी शेयर बिक्रीका लागि प्रस्ताव गरेको थियो ।

तर, सो अवधिभित्र कुनै पनि आवेदन नआएपछि अब यी शेयरहरू आम सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ताले नेपाल राष्ट्र बैंकले तोकेको फिट एण्ड टेष्ट मापदण्ड पूरा हुने आवश्यक कागजातहरू सहित सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र आवेदन दिन सक्ने बताइएको छ । आवेदन बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal