आज :

साहित्यकार सुरेन्द्र महर्जनको ३१ सौं कृति सार्वजनिक

  • अनलाइन डबली

काठमाडौं । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३१ औं कृति एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । वरिष्ठ गीतकार डा. कृष्णहरी बरालले महर्जनको नयाँ कृति ‘सपना’ गीति एल्बम सार्वजनिक गरेका हुन् ।

एल्बम सार्वजनिक गर्दै बरालले बिगमाझैं साहित्य सृजनामा महर्जनलाई निरन्तर अगाडि बढ्न शुभकामना दिए । महर्जनको निरन्तर साहित्य सृजनाले समग्र साहित्य र गीत, संगीत क्षेत्र अझ बलियो हुने बताउनु हुँदै बरालले सपना नामक गीति एल्बमले सफलता पाउने आशा व्यक्त  गरे । गीत लेखन क्षेत्रमा महर्जनको योगदान एकदम राम्रो रहेकोे र अरु एल्बमहरूले जस्तै यस एल्बमले पनि स्रोताहरूको माया पाउने बरालले आशा व्यक्त गरे ।

सार्वजनिक सपना एल्बममा ‘आकाश छुने सपना’ बोलको गीतमा चर्चित गायीका मेलिना राई र मणि सुन्दर लिम्बुको युगल स्वर र संगीत/एरेन्जर पावल चाम्लिङ्ग राईको रहेको छ ।

दोस्रोमा ‘मायाले हँसाउँछ’ बोलको गीतमा पनि गायीका मेलिना राई र विक्रम चाम्लिङ्गको युगल स्वर रहेको छ । संगीत/एजेन्जर राम कार्कीको रहेको छ । तेस्रोमा ‘गल्ती के भयो म बाट’ बोलको गीतमा स्वर/संगीत चिरञ्जीवी भण्डारीको रहेको छ भने एरेन्जर आशिष लामाको रहेको छ ।

एल्बमको चौथो गीत ‘सोचें बाँच्ने आधार’ मा सरिता प्रजापतिको स्वरमा संगीत/एरेन्जर पुष्कर सुनुवारको रहेको छ । सपना गीति एल्बमको पाँचौ एवं अन्तिम गीत ‘तिम्रै साथ हिँडेको देख्छु’ बोलको गीतमा प्रताप दास र बुनु उप्रेतीको स्वर रहेको छ भने उक्त गीतको संगीत सुर्य कमल राईको र एरेन्जर संजय हमालको रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal