पदम श्रेष्ठ –
अरबिक मुलुक कतारको जनसंख्या मुस्किलले तीन लाख केहि हजार जनामात्र छन् । तर कतारमा कार्यरत नेपालीको जनसंख्या ४ लाख ७५ हजारभन्दा बढी छ । अझै उल्लेख्य कुरा त के छ भने कतार पुग्ने विदेशी कामदारहरुमा सबैभन्दा बढी ३४% अर्थात ८ लाख भारतीय जनसंख्या कामदारका रुपमा कार्यरत छन् तर भारतिय कामदार प्रविधियुक्त रहेकाले कतार पुगेकै भएपनि नेपालीको तुलनामा भारतिय नागरीकले युरोप अमेरिकामा जस्तै कमाईरहेको तथ्याङ्क मोहम्मद रमजान अली मियाँले आफ्नो पुस्तक “मैले देखेको कतारमा उल्लेख गर्नु भएको छ ।
भारतिय कामदार जस्तै नेपाली कामदारपनि सीपमुलक तालिम लिएर जाने हो भने कतार देशपनि युरोप , अमेरीका र बेलायत भन्दा कमाईको हिसाबबाट कम नरहेको दावि मियाँ गर्नुहुन्छ । कटारमा यहि मङसीर ४ गतेदेखि विश्व कप फुटबल प्रतियोगिता भैरहेको छ । सोहि खेलकुद प्रतियोगिता संचालनार्थ रङगशाला निर्माणको क्रममा सन् २०१० देखि २०२१ सम्ममा एक हजार ६४१ जना नेपालीले ज्यान गुमाएको तथ्याङ अन्तराष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टि ईन्टरनेशनलले सार्वजनिक गरेको छ । एम्नेष्टिले अध्ययन प्रतिबेदन जारी गर्दै जनाएअनुसार कतारको खेल मैदान बनाउने क्रममा विभिन्न देशका छ हजार ७५० श्रमिकको मृत्यु र दोव्बर सङख्यामा घाईते र अपाङग भएपनि कतार सरकारले क्षतिपुर्ति नदिएको अन्तराष्ट्रिय श्रम संगठन – ( आईएलओ ) ले एक प्रतिवेदन हालै सार्वजनिक गरेको छ । रङगशाला निर्माणमा मात्र होईन अन्य बेलापनि श्रमिकहरु निकै तापमानमा श्रम गर्ने अनि एसीमा गएर सुत्न जाने गर्नालेपनि कतिपय विदेशी कामदारहरु आकस्मीक मृत्यु बरण गरिहेका छन भने सुरक्षाको साधन प्रयोग नगराएरै काम गराउने र दुर्घटनाबाट मृत्यु हुने गरेकालाईपनि कतार सरकार वा कामदार खटाउने निकायले स्वभाविक मृत्युको प्रतिबेदन तयार गरी क्षतिपुर्तिबाट श्रमिकलाई बञ्चित गरिरहेको कुरामा स्वयम पुस्तक लेखक रमजान अलि मियाँपनि स्विकार्नु हुन्छ तर त्यो कुरा कतार सरकारको मात्र कमजोरी नभएर स्वयम कामदारको चेतना र अधिकारको कमिपनि भएको बताउनुहुन्छ ।
कतारमा अरबी कामदार १३% फिलिपिनो ११% श्रीलङकाली र बङ्गाली ५÷५ %, पाकिस्तानी ४% र अन्य देशका नागरिक १२% रहेको तथ्य जम्मा गर्दा देशभित्रको कुल जनसङ्ख्याको ९४% बाहिरबाट आई कामदारका रुपमा रहेको तथ्य मियांले पुस्तकमा दिनु भएको छ । देशको कानुन राष्ट्रवादी भएमा आप्रवासी कामदारको भिडले कुनै पनि देशको आस्तित्वलाई केहि असर गर्न नसक्ने तथ्य कतारले विश्वलाई सन्देश दिएको लेखक मोहम्मद अलि मियाँ भन्नुहुन्छ । बहुसंख्यक नेपाली कामदारहरु कतारमा अदक्ष पुगेका छन् । नेपाल सरकारले पनि विदेशमा कामदार पठाउदा अनिवार्य विषयविज्ञ तालिम प्राप्तलाई मात्र पठाउनु पर्नेमा जोड दिनुहुन्छ । अरब खाडीको पश्चिमी समुन्द्री ततमा २४ डिग्री र ५१.४० देशान्तरमा अवस्थित कतार तीनतिर समुन्द्र र एका तर्फ साउदी अरबसँग जोडिएको छ । नेपाल भन्दा ११ गुणा सानो कतारी भुमी ११ हजार ५७१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने औसत उचाइ ५६३ कि.मि छ । द पर्ल , अलखेर, शाकीलयाह , अल अलि बन्दरगाहले बनाएका प्रायः द्धिपले कतार जोडिएको छ भने लाफनको समुन्द्रको लम्बाई ७०० कि.मी फैलिएको पुस्तकमा उल्लेख छ । मैले देखेको कतारमा मोहम्मद रमजान अली मियाँले कतारी सरकार समक्ष एउटा प्रस्तवपनि राख्नु भएको छ । २० वर्ष अगाडीसम्म कटार बालुवाको मरुभुमिलाई श्रम, पसिना पोखी नेपालीले गगन चुम्बी आलिशान महलदेखि खेतीपाती हराभरा फुलवारी युक्त बनाए सन २०११ देखि कतार पुगेका नेपालीले जोश जाँगर श्रम खर्चेर कतार बनायो अब समृद्ध कतारले नेपाललाई बनाउनु पर्दछ ।
कटार पुग्ने पहिलो नेपाली पुस्तकमा मियाँले सन १९८२ मा पहिलो पल्ट दुई जना पूर्वी नेपालका नेपाली सेराटन होटलमा काम गर्न पुगेको उल्लेख गरेका छन । धनुषाका एक मुस्लिम र राई थरका तर नाँउ नखुलेको बताइन्छ । दोस्रो पल्ट कतार पुग्ने कामदार तनुहुँका रफिक मियाँ ,चितवनका सिराजुद्धिन तनहँु थपे्रकका रेयुव खान ,चतुर मोहम्मद र कास्की बुढी बजारका सुकबहादुर गुरुङ त मुस्लिम धर्म अपनाएर कतारी नागरीक नै बने भनिएको छ ।
के कतार सरकारले नेपाल बनाउन सहयोग गर्ला ?
विविध कारणले कतारी भुमीमा श्रम बेच्ने नेपाली श्रमिकको सम्मानार्थ मो.रमजान अली मिँयाले सोच्नु भए झैं कतारी सरकारले के नेपाल बनाउन योगदान गर्ला त भन्ने प्रश्नको सटिक जवाफ हुन सक्छ ,अहँ गर्दैन । किनकी नेपालीले कतार मात्र होइन फोकल्याण्डको टापुमा अर्जेन्टिना विरुद्ध लडिदिएर जापानलाई जिताईदिए भने वृटिस उपनिवेशका विरुद्ध लडेर आफ्नो देश बचाउन सक्षम नेपालीले वृटिस गुलामबाट मुक्तिका लागि लडिदिएपछि स्वतन्त्र भारतको रक्षा देखि विकास निर्माणमा योगदान पु¥याएकै हो । विश्वविख्यात वास्तुकलाविद् अरनिकोले चीनमा आफ्नो गौरव राख्न सफल भएभने सर्वोच्च शिखर सगरमाथा चढेर विश्वमा नाँउ राख्ने सर एडमण्ड हिलारीलाई चुचुरो सम्म पु¥याइदिने तेन्जिङ शेर्पा अन्ततः भारतीय नागरीक बनेर पलायन हुनु प¥यो । विश्वविख्यात अरनिकोले पनि श्वेत पेगौडा शैलीको आफनो कला प्रविधि मार्फत तिव्बत चिनको सान राखेकै हुन तर अपबादमा बाहेक कुनैपनि देशले नेपालको योगदानको कदर गरेर नेपालको उत्थानमा खासै चासो दिएका छैनन भने आफुले गरिदिएको श्रमको उचित पारिश्रमिक र क्षतिपुर्ति बाहेक अन्य सहयोगको आशा राख्नुपनि हाम्रो दरिद्र मानसिकताको उपज मात्र हुन्छ विज्ञहरुको कथन छ । बरु रमजान अलि मियाले भन्नु भए जस्तै शीपमुलक श्रमिकहरु कतारलगायतका देशहरुमा पठाउने र फर्किएर आएपछि देशभित्रै त्यो श्रम, शीप र प्रबिधिको सदुपयोग गर्ने बातावरण नेपाल सरकारले बनाईदिनुपर्नेमा देश भित्रैपनि आवाज उठ्ने गरेको छ ।
कतारी संस्कृति र खानपान
जुमराह शुक्रबार अघिल्लो विहिबार रात कतारमा रमाइलो पर्वका रुपमा लिइन्छ । अधिकाश नेपालीहरु शुक्रबार सरकारी विदा हुने भएको कारण विहिबार साँझ आफन्त भेटघाट मिठो मसिनो खाने र उमङ्गका साथ पार्कहरुमा डुल्ने गर्दछन् । वर्तमानमा कतारमा नेवारी खाजासेट देखि ममःसेलरोटी मात्र होइन स्थानिय परिकारका साथ–साथै ढिडो गुन्द्रुक पनि पाउन थालेको छ । खाने पिउने क्रममा कतिपय नेपालीहरु क्षणिक आनन्दका लागि त्यहाँ वन्देज लगाइएका लागुपदार्थ लुमा, खजुरवोटे, श्रीलङके खाने पिउने र खडखडे जुवा खेल्दा महिनामा कमाएको पसिनाको कमाई स्वाहा गर्नेदेखि जेलको हावा खाने समेत गरिरहेका छन् । जुन जुन कुकर्मको लागि नेपालीलाई बचाउने अभियान देश भित्र र बाहिरपनि चलाउनुपर्ने र कतारको प्रचण्ड गर्मीका कडा परिश्रम गरी बासस्थान फर्किने र एयर कन्डिसनर चिसो हावामा सुतेपछि कहिल्यै नब्युझने गरी सुत्ने गरेको पाइन्छन् यसबाट बचाउने गरी तालिम थाल्नु पर्ने सोच आफुलेपनि राखेको मो. रमजान अली मियाँ बताउनुहुन्छ । कतारको बारे सम्पुर्ण आधिकारीक जानकारी लिन लउाअ ,धयचमिmभतचभ मा हेर्न सकिने समेत अबगत गराउनुहुने मो. रमजान अली मियाँ कतारमा बिदेशी भन्दा नेपाली म्यान पावर एजेन्ट वा कम्पनीबाट झनै सतर्क रहनुपर्ने बताउनुहुन्छ ।