आज :

मतदाता परिचयपत्र छैन ? नभए पनि यसरी गर्न सकिन्छ मतदान

  • अनलाइन डबली

काठमाडौँ। थपिएका नयाँ मतदाताहरूले आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि मतदाता परिचयपत्र नपाउने भएका छन्। केही प्राविधिक कारणले यसपालि मतदाता परिचयपत्र नदिने निर्णय गरिएको आयोगका प्रवक्ताले बीबीसीलाई बताए।

तर परिचयपत्र नपाएका र पहिला पाइसकेर पनि हराएको वा च्यातिएको खण्डमा परिचय खुलाउने सरकारी कागजातका आधारमा मतदान गर्न दिने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्पष्ट पारेका छन्।

आयोगका अनुसार मङ्सिर ४ गते हुने चुनावका लागि करिब एक करोड ८० लाख व्यक्ति मतदान गर्न योग्य छन्। तीमध्ये करिब साढे दुई लाख मतदाता नयाँ रहेको आयोगले जनाएको छ।

तर यसपालि नयाँ मतदाताहरूलाई मतदाता परिचयपत्र वितरण गर्ने कार्यक्रम नरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

त्यसको कारणबारे बीबीसीसँग उनले भनेः “सानोसानो छपाइमा खर्च धेरै लाग्ने भएकोले र थपिएका करिब अढाइ लाख मतदाताले वैकल्पिक उपाय पाउने भएकाले यसपालि छाप्ने काम गरिएन।”

परिचयपत्र नपाउने थपिएका मतदातासँगै पुरानो परिचयपत्र हराएका वा च्यातिएका अवस्थामा त्यस्ता मतदाताले पहिचान खुलाउने अन्य सरकारी कागजात देखाएर मतदान गर्न दिने आयोगले मङ्गलवार निर्णय गरेको छ।

पौडेलले भनेः “आयोगले मौजुदा परिचयपत्रबाहेक अन्य सरकारी कागजातहरू- नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा अथवा सवारीचालक अनुमतिपत्रको पनि कुरा छ- का आधारमा मत हाल्न पाउने छन्।”

तर त्यसका लागि मतदाता नामावलीमा नाम हुन जरुरी रहेको उनको भनाइ छ। विगतमा निर्वाचन आयोगले मतदान हुनुभन्दा दुई तीन दिनअगाडि मतदाता परिचयपत्र बाँड्ने गरेको थियो।

आयोगले भनेको छः “…अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ।”

“निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएको वा नासिएको अवस्था भएमा उल्लिखित परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको सम्बन्धित सबैमा अवगत गराइन्छ।” बीबीसी नेपाली

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal