आज :

प्रधानमन्त्रीद्वारा एकाएक राजिनामा घोषणा, देशभर तरंग, यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौँ । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएकी छन्। बिहीबार साँझ उनले राजीनामा दिएकी हुन्। उनको सरकारले ल्याएका आर्थिक नीतिका कारण सरकारको तीव्र आलोचना भएको थियो।

आलोचना मत्थर गर्न केही दिनअघि उनले आफ्ना अर्थमन्त्रीलाई बर्खास्त गरेकी थिइन्। पार्टीभित्र र बाहिरबाट आलोचनाको क्रम नरोकिएपछि बिहीबार उनले राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछिन्। बेलायतकी तेस्रो महिला प्रधानमन्त्री बनेकी ट्रस सबैभन्दा कम समय बेलायती प्रधानमन्त्री हुने व्यक्ति भएकी छन्।

बेलायतको तल्लो सदनमा कन्जरभेटिभ पार्टीको बहुमत भएकाले अब उक्त पार्टीको नेता चुनिने व्यक्ति नै नयाँ प्रधानमन्त्री बन्ने छन्। बोरिस जोन्सनले राजीनामा दिएपछि ट्रस ऋषि सुनकलाई हराएर कन्जरभेटिभ पार्टीकी नेता बनेकी थिइन्।

लिज ट्रस प्रधानमन्त्री भएको केही समयपछि नै सेप्टेम्बर २३ मा उनका वित्त मन्त्री तथा राजनीतिक सहयायोगी क्वासी क्वारटेङले एक ‘मिनी बजेट’ ल्याए । त्यसमा विगतका सरकारले धनी तथा कर्पोरेटहरुमाथि बढाएका करहरू कटौती गरिएको थियो ।

त्यस्तै धनाढ्य लगानीकर्ता आकर्षित गर्न विभिन्न विषयमा कयौं कर कटौतीहरु घोषणा गरिए । यी घोषणाले लगानीकर्ताहरु प्रोत्साहित हुने ट्रसको विश्वास थियो । तर भयो त्यसको उल्टो ।

आयको नयाँ मार्ग नपहिल्याइ कर कटौती गरिएकोमा बजारमा अस्थिरताको डर उत्पन्न भयो र बजारमा निरन्तर गिरावट आउन सुरु भयो । बेलायतको वित्तीय बजार एक हप्तासम्म निरन्तर खस्किएन मात्र विदेशी लगानीकर्ताहरु यस्तो महोलबाट आत्तिएर बेलायतबाट लगानी सार्न थाले । परिणाम स्वरुप देशको मुद्रा पाउण्ड दशकौँ यताकै सबैभन्दा ठूलो अवमूल्यनबाट गुज्रियो ।

पहिलेदेखि उच्च महँगीले जीवनस्तर प्रभावित भएका ब्रिटिस नागरिक नयाँ समस्याले थप आत्तिए । यो आर्थिक अराजकताले स्वभावतः राजनीतिक संकट निम्त्यायो ।

सेप्टेम्बर ५ मा सत्ता सम्हालेकी ट्रसको राजनीतिक पकड यति द्रुत रूपमा कमजोर भयो कि डेड महिनामै उनकै पार्टीका सांसदले उनको राजीनामा माग्ने अवस्था आयो । ट्रसले राजीनामा दिनुअघि गृहमन्त्री स्वेला ब्रेभरम्यानले पनि राजीनामा दिएकी थिइन् । राजीनामा दिँदा उनले आफूबाट गल्ती भएको र त्यो स्वीकार्दै राजीनामा दिएको बताएकी थिइन् ।

मिनी बजेटमा गरिएका कर कटौतीका कारण सुरु भएको वित्तिय संकटपछि राजीनामाको माग आउन थालेपछि अन्तिम साताभर उनको सरकार बचाउको प्रयास गरेकी थिइन् । यसका लागि ट्रसले उनको सबैभन्दा विश्वासपात्र र अर्थमन्त्री क्वासी क्वार्टेङ्गलाई बर्खास्त गरिन् । ट्रसका नयाँ अर्थमन्त्री हन्टले सोमबार आर्थिक संकट कम गर्ने लक्षका साथ मिनी बजेटमा घोषणा गरिएका सबै कर कटौतीहरु फिर्ता भएको घोषणा गरेका छन् ।

यो घोषणाले बजारमा केही सुधार भएको भएपनि ट्रसको नेतृत्वमा भने ठूलो प्रश्न उठेको छ । मुख्यत जुन नीति कार्यन्वयन गर्ने भनेर उनले नेतृत्वमा लडेकी थिइन्, सो नीति कार्यान्वयनपछि असफल भएर फिर्ता भइसकेको थियो । एजेन्डा असफल भएर पनि नेतृत्वमा बसिरहने भनेर चौतर्फी आक्रमण भएको थियो ।

सैद्धान्तिक रुपमा समाजको संवद्र्धनवादी र धनाढ्यहरुप्रति नरम रहने कन्जरभेटिभ पार्टीभित्रसमेत व्यापक कर कटौती गरेर ट्रस धनीहरुप्रति बढी नै झुकेको आरोप लाग्न थालेको थियो । भर्खरै महामारीबाट तग्रिन लागेको अवस्थामा धेरैलाई आर्थिक सहायता चाहिएको समयमा सहायताहरु कटौती गर्ने उनको नीति नजिकिँदै गरेको चुनावमा घातक हुने पार्टीभित्र चर्चा सुरु भएको थियो ।

बेलायतको अतिघनिष्ट मित्रशक्तिल अमेरिकाका राष्ट्रपति जो बाइडेनले समेत एकअर्कासको घरेलु राजनीतिमा टिप्पणी नगर्ने कुटनीतिक परम्परा तोड्दै आफूलाई ट्रसको कर कटौतीको नीति गलत भएको लागेको र त्यस्तो विचार राख्ने आफूमात्र एक्लो नभएको बताएका थिए ।

राजीनामाको दुई दिनअघि बीबीसीका क्रिस म्यासनसँगको अन्तरवार्तामा ट्रस आफैले ‘हतारमा र उलेख्य’ कर कटौती गरेर गल्ती गरेको स्वीकारेकी थिइन् ।

त्यस अन्तरवार्तामा उनले आफू आगामी चुनावसम्म प्रधानमन्त्री रहने बताएपछि दुई दिनभित्र पार्टीभित्रको दबाब उनले थेग्न सकिनन् र उनले राजीनामा दिन बाध्य भइन् । सेप्टेम्बर ६ मा प्रधानमन्त्री चुनिएकी ट्रस ४५ दिनपछि अक्टोबर २० मा राजीनामा दिएर बेलायतको इतिहासमा सबैभन्दा छोटो कार्यकाल भएकी प्रधानमन्त्री भएकी छन् । (विभिन्न एजेन्सीहरुबाट)

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal