आज :

युक्रेन नीतिका कारण बेलायतकी प्रधानमन्त्री ट्रसको पद पनि गयो, ४५ दिनमै राजिनमा गर्न बाध्य

  • अनलाइन डबली

काठमाडौँ । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले युक्रेन घटनाबारे लिएको गलत नीतिका कारण कुर्सी गुमाउनु परेको छ । चुनावी अभियानदेखि नै रुसविरुद्ध कडा रुपमा प्रस्तुत भएकी ट्रसले प्रधानमन्त्री बनेपछि युक्रेनलाई सहयोग गर्ने जोनसनकै नीतिलाई निरन्तरता दिएकी थिइन् । अर्थतन्त्रबारे प्रधानमन्त्री ट्रसले लिएका गलत नीतिका कारण आफ्नै पार्टीबाटै राजिनामाको लागि आजाव उठेको थियो ।

आफ्नो गल्ती स्वीकार गर्दै मागि मागेर भएपनि प्रधानमन्त्री पद जोगाउन चाहन्थिन ट्रस । तर, आफ्नै मन्त्रिमण्डलबाटै गृहमन्त्री सुएला ब्रेभरम्यानले पदबाट राजिनामा दिएकी छन् । उनी प्रधानमन्त्री लिज ट्रसको विश्वास पात्रको रुपमा थिइन् । गृहमन्त्री सुएलाले राजीनामा पत्रमा ब्रेभरम्यानले नियमहरूको प्राविधिक उल्लङ्घन भएको स्वीकार समेत गरेकी छन् । उनी दोस्रो विश्वयुद्ध पछि सबैभन्दा छोटो सेवा गर्ने गृह मन्त्रीको सूचीमा परेकी छन् । उनको राजिनामाले ट्रसलाई ठूलो दवाव सिर्जना गरेको थियो ।

आफ्नै गल्तीका कारण प्रधानमन्त्री ट्रस बेलायतको प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै राजीनामा घोषणा गर्न बाध्य भएकी हुन् । उनी बेलायतको इतिहासमा सबैभन्दा छोटो समयमा राजिनामा गर्ने प्रधानमन्त्री समेत भएकी छन् । यसअघि सन् १८२७ मा तत्कालि प्रधानमन्त्र जोर्ज क्यानिङको निधन हुँदा ११९ दिन पदमा बहाल रहेका थिए ।

जोनसनले युक्रेनलाई पठाउने सैन्य सहयोगलाई निरन्तरता दिएपछि ट्रसको विरोध सुरु भएको थियो । रुसलाई चिढाउँदा बेलायती जनजीवन प्रभावित हुन्छ । रुसले लिने नीतिको प्रत्यक्ष प्रभाव पर्ने यूरोपका देशमध्ये बेलायत पनि एक हो । अर्थमन्त्री कवासी क्वारटेङले गत २३ सेप्टेम्बरमा मिनी बजेट भनेर ल्याएको सरकारको योजनाले वित्तिय बजारमा उथलपुथल ल्याइदिएपछि नै लिज ट्रसको राजनीतिक समस्याहरू सुरु भएका थिए ।

रुसको कट्टर विरोधीको पहिचान बनाएकी ट्रसले पनि युक्रेन घटनाबारे जोनसनकै नीतिलाई अगाडि बढाएसँगै विवादमा तानिएकी थिइन् । युक्रेनलाई सैन्य सहयोग पठाउने जोनसनकै नीतिलाई ट्रसले पनि आत्मसात गरेकी थिइन् ।

को हुन् ट्रस ? आफू एक लडाकु भएको बताएको २४ घण्टा नबित्दै राजिनामा दिन बाध्य ट्रसकै कारण सरकार, संसद् र कन्जरभेटिभ पार्टीमा यस्तो भद्रगोलसँगै ठूलो राजनीतिक संकट पैदा भयो । उनी यूकेको प्रधानमन्त्री बन्ने तेस्री महिला हुन् । लिज ट्रसअघि दुई महिला मार्गरेट थ्याचर र टरिजा मे यूकेको प्रधानमन्त्री बनेका थिए ।

कन्जर्भेटिभ पार्टीमा उनीसँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनकलाई पछि पार्दै डेढ महिना अघि लिज ट्रस प्रधानमन्त्री बनेकी थिइन् । उनले ५७ प्रतिशत मत पाउँदा सुनकले ४३ प्रतिशत मात्र मत पाएका थिए।

लिज ट्रस ४७ बर्षको उमेरमा प्रधानमन्त्री बन्न सफल भएकी थिइन् । उनको जन्मस्थान अक्सफर्ड हो भने घर लन्डन र नोर्फक हो । उनले शिक्षा राउन्डहे स्कूल लीड्स, अक्सफर्ड यूनिभर्सिटीबाट लिएकी हुन् । उनका पति ह्यू ओ’लेरी, दुई छोरी छन् । उनले दक्षिण–पश्चिम नोर्फकबाट चुनाव जितेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal