आज :

चर्चित भारतीय अभिनेत्री वैशाली टक्करले गरिन् आत्महत्या, भेटियो सुसाइड नोट

  • अनलाइन डबली

काठमाडौं । भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री वैशाली टक्कर आफ्नै निवासमा मृत भेटिएकी छन् ।

पिंकभिल्लाका अनुसार मध्यप्रदेशको इन्दौरस्थित निवासमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ । तर आत्म ह त्याको कारण चाहिं खुल्न सकेको छैन ।

पाँच दिनअघिसम्म उनको इन्स्टाग्रामबाट तस्वीर र रिल सेयर भइरहेका थिए, जहाँ उनी खुसी देखिन्थिन् । चर्चित टीभी सिरिज ‘ए रिस्ता क्या कहलता हैं’बाट उनले अभिनय करिअर थालेकी थिइन् ।

अर्को चर्चित सिरियल ‘ससुराल सिमरका’मा उनले अभिनय गरेको अञ्जली भारद्वाज चरित्र हिट भएको थियो । नेपालमा समेत उनको राम्रै फ्यान फलोइङ छ ।

यसैबीच सलमान खान स्टारर दुई प्रतीक्षित फिल्मको प्रदर्शन मिति घोषणा भएको छ । कट्रिना क्याफ र सलमानको जोडी रहेको ‘टाइगर ३’ अब सन् २०२३ को तिहारमा आउनेछ ।

यसअघि यो फिल्म २१ अप्रिल, २०२३ मा प्रदर्शन तयारीमा थियो । नयाँ रिलिज डेट घोषणासहित निर्माताले सलमानको नयाँ लुक्स पनि सार्वजनिक गरेका छन् ।

यो फिल्मलाई हिन्दी, तामिल र तेलुगु भाषामा प्रदर्शन गर्ने निर्माताको योजना छ । यो फिल्म फ्रेन्चाइजको तेस्रो श्रृंखला हो । फिल्मले भारतीय खुफिया एजेन्सी रअ र पाकिस्तानी जासूसी निकाय आइएसआइकी कर्मचारी जोयाको प्रेमकथा भन्छ । यसमा इमरान हासमी पनि प्रमुख भूमिकामा देखिनेछन् ।

‘टाइगर ३’अघि सलमानको अर्को फिल्म ‘किसी का भाई किसी का जान’ डिसेम्बर ३० मा रिलिज हुनेछ । साजिद नाडियावाल निर्देशित फिल्ममा पूजा हेग्डे, शहनाज गिल, राघव जुयालको समेत प्रमुख भूमिका छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal