आज :

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन, एउटा इछ्या पुरा भयो अर्को हुन सकेन….

  • अनलाइन डबली

काठमाडौँ । शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान उपचारकै क्रममा निधन भएको छ।

आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो। किष्ट अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो।

जोशीको निधनबारे उनका आत्मकथा लेखक तथा पत्रकार गिरीश गिरिले ट्विट गर्दै थप पुष्टि गरेका छन्। ‘सत्यमोहन सर रहनुभएन। अहिले विहान ७ बजेर ९ मिनेटमा हामीबाट विदा हुनुभयो !’ उनले लेखेका छन् ।

२४ दिन अघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको थियो।

एउटा इच्छा पूरा भयो, एउटा भएन
तीन वर्षअघि सत्यमोहन जोशीलाई ‘तपाईंको इच्छा के छ?’ भनेर सोध्दा उनले भनेका थिए, ‘सय वर्ष पूरा गरेर एक सय एक पुगुञ्जेल संसारमा भौतिक उपस्थिति जनाउन पाए हुन्थ्यो।’

सय वर्ष पूरा गर्ने उनको इच्छा पूरा भयो। उनले २०७९ वैशाख ३० गते आफ्नो १०३औं जन्मदिन मनाए।  उनले आफ्नो अर्को इच्छा पनि व्यक्त गरेका थिए, ‘मलाई अब कुनै नेपालीले साहित्यमा नोबेल पुरस्कार जितेको हेर्ने इच्छा छ।’

‘यो त कसरी सम्भव होला र?’ हाम्रो यो प्रश्नमा उनको जवाफ थियो, ‘असम्भव चाहिँ देखेको छैन, छेउमै रवीन्द्रनाथ टैगोरले पाउन सक्छन् भने कुनै नेपालीले किन पाउन नसक्लान्?’ सत्यमोहनको यो इच्छा असम्भव नहोला तर त्यो घडी आफ्नै आँखाले हेर्ने उनको इच्छा भने अब कहिल्यै पूरा हुने छैन।

नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिँदै तीनपटक मदन पुरस्कार जितेका ‘शताब्दी पुरूष’ सत्यमोहन जोशीको १०३ वर्ष उमेरमा आइतबार बिहान निधन भएको छ। जोशीको जन्म १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal