आज :

काठमाडौँ घटना- दरबारमार्गबाट पछ्याएर प्लाटिनम क्लबका बाउन्सरमाथि खुकुरी प्रहार

  • अनलाइन डबली

काठमाडौँ । दरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सर ‘योजनाबद्ध’ खुकुरी प्रहार गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर फर्किएका बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ ।

डेरा जाँदै गरेका बाउन्सर नितेश राई र छिरिङ लामालाई ४ वटा मोटरसाइकलमा सवार ८ जनाले खुकुरी प्रहार गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।

रामेछाप घर भएर रामहिटी बस्ने विकाश श्रेष्ठ समेतको टिमले असोज २५ मा बिहान क्लब अगाडिबाट बाउन्सरलाई फलो गरेका थिए ।

लैनचौरबाट अगाडि बढेपछि सोह्रखुट्टेको ओरालोमा कुरेर बसेका थप युवाहरु मिलेर आक्रमण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

भदौ २३ मा क्लबमा बाउन्सरसँग भएको झगडाको कारण आक्रमण गरिएको आरोपीहरुले प्रहरीसँग स्वीकार गरेका छन् । घटनामा प्रयोग गरिएको दुई थान खुकुरी र दुईवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार आरोपीहरुले चुच्चेपाटीको रिकण्डीशनबाट मोटरसाइकल भाडामा लगेर प्रयोग गरेका हुन् । कपनस्थित दावा लामाको डेराबाट खुकुरी बरामद गरिएको छ ।

घटनामा संलग्न मध्येका दोलखाको सैलुङ घर भएका विनोद तामाङ र जीवन तामाङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर प्रहरी वृत सोह्रखुट्टेमा पठाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले रामेछाप घर भएका विकास श्रेष्ठ, दोलखाका प्रदिप लामा, सिन्धुपाल्चोक शिखरपुरका राजेन्द्र कार्की, काभ्रेका जितेन लामा र सिन्धुपाल्चोक बाह्रबिसे घर भएका दावादोर्जे शेर्पा उर्फ च्याङ्बालाई पक्राउ गरेको छ ।

खुकुरी प्रहार गर्ने ग्याल्जेन लामा अझै फरार छन् । पक्राउ परेकामध्ये विनोद तामाङ घटनास्थलमा देखिएका छैनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal