आज :

नेपालमा डेंगीबाट ३९ जनाको मृत्यु, संक्रमितको संख्या ३० हजार १८६ पुग्यो

  • अनलाइन डबली

काठमाडौं । नेपालमा डेंगीका संक्रमितको संख्या दिनदिनै बढिहरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । शनिबार थप एक जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या ३९ पुगेको ह ।

मन्त्रालयका अनुसार संक्रमितको संख्या ३० हजार जना नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनदेखि यता नेपालमा ३० हजार एक सय ८६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यो सरकारी अस्पताल र प्रयोगशालामा पुष्टि भएको संख्या हो । अन्य निजि अस्तपालमा पनि डेंगीका बिरामीको उपचार भइरहेको बताइएको छ ।

यो संख्या समेत गरी कम्तिमा पनि ५० हजारको भन्दा माथि पुग्ने बताइएको छ । तर ‍औपचारिक रुपमा पुष्टि हुन भने सकेकाे छैन् । धेरै बिरामी घरमै औषधि खाएर बसिरहेका छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी संक्रमणबाट जोगिने एकमात्र उपाय बताउँदै चिकित्सकहरुले ध्यान दिन आग्रह गरेका छन् ।

यसैबीच पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या पनि बढिरहेको छ । शनिबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर र एन्टीजेन गरी एक हजार तीन सय ३२ जनाको नमुना परीक्षण गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप ९६ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या नौ सय २५ जनामा झरेको छ । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal