काठमाडौँ । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय स्तरको ग्राउण्ड ह्याण्डलिङ सेवा उपलव्ध गराउदै आएको दावी गरेको छ । निगमले बिहिबार एक प्रेस बिज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमले ग्राउण्ड ह्याण्डलिङ सर्भिसलाइ अन्तर्राष्ट्रिय स्तरको निरन्तर रुपमा दिंदै आएको जानकारी दिएको हो ।
निगमले २०१६ देखि ग्राउण्ड ह्याण्डलिङ सुसक्षा सम्बन्धी अदित गराई आफ्नो सेवालाई अन्तर्राष्ट्रिय स्तरको सेवामा मापन गरेको छ । विगतमा निगमले ग्राउण्ड ह्याण्डलिङ सेवाको लोड नियेंत्र , यात्रु र सरसामान ह्याण्डलिङ , एयरक्राफ्ट ह्याण्डलिङ र लोदिंग , अर्गनाइजेसन र मेनेजमेन्ट , एयरक्राफ्ट ग्राउड मुभमेन्ट भएकोमा हाल कार्गो ह्यान्दिलिंग सहित ग्राउण्ड ह्यान्डीलिंग का सबै क्षेत्रहरुमा आइयसजीओं सर्टिफिकेट भएको छ ।
आइयसजिओं सर्टिफिकेट , आइएटिए ( अन्तर्राष्ट्रिय एर ट्रान्सपोर्ट एशोसिएसन ) ले आवधिक रुपमा समय–समयमा हुने प्रमाणीकरण हरेक दुई–दुई वर्षमा हुने आइयसजीओं अदित बाट निर्धारित मापदण्ड पूरा गरेमा मात्र प्रदान गर्दछ । निगमले यसलाई निरन्तर सुधार गर्दै उत्कृष्ट सेवा प्रदान गर्न नेपाल वायुसेवा दृढ संकल्पित रहेको जनाएको छ ।