आज :

एमालेले सामानुपातिक बन्दसूची हेरफेर गर्ने, पूर्वमाओवादीलाई समेट्ने

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक बन्दसूची हेरफेर गर्ने भएको छ । पूर्व माओवादी नेताहरुले समानुपातिक उम्मेदवार छनोट गर्दा आफूहरुलाई कुनै जानकारी नदिएर एकलौटी गरिएको भन्दै अनसन्तुष्टि जनाउँदै आएका थिए । विहीबार बालकोटमा बसेको सचिवालय बैठकले निर्वाचन आयोगमा पेश गरेको बन्दसूची अन्तिम पटक हेरफेर गर्ने निर्णय गरेको हो ।

त्यसैगरी एमालेले प्रत्यक्ष तर्फका उम्मेदवारहरूबारे प्रारम्भिक छलफल सुरु गरेको छ । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनसार बैठकमा को को उम्मेदवार बनाउन सकिन्छ भन्ने छलफल प्रारम्भ भएको बताए । प्रतिनिधिसभामा १६५ वटा सिट र प्रदेशसभा ३३० सिटमा कोको उम्मेदवार हुन सक्छ भन्नेबारे प्रारम्भिक छलफल सुरु भएको गुरुङले बताए ।

हिजोको बैठकमा सम्भावित उम्मेदवारको सूची तयार गरिएको बताइएको छ । तलबाट सिफारिस भएर आएका र छुटेका सम्भावित उम्मेदवारको सूची तयार गरिएको छ । यसबारे थप छलफल गर्ने अधिकारी अध्यक्ष ओलीलाई दिइएको छ । गुरुङले हेडक्वार्टरले परामर्श लिने काम गर्ने र आवश्यक र उपयुक्त समयमा उम्मेदवारको निर्णय लिने बताए ।

अर्को बैठक दशैं पछि बस्ने गुरुङले बताए । असोज २१ र २२ गते बस्ने बैठकले उम्मेदवारबारे थप छलफल गरेर टुंगो लगाउने एमालेले निर्णय गरेको छ । जित सुनिश्चित भएकालाई उम्मेदवारको प्राथमिकतामा राख्ने हिजोको बैठकमा नेताहरु एक मत भएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal