आज :

एमाले नेता किशोरविक्रम मल्ल बैंकिङ्ग कसुरमा पक्राउ, २० लाख बढी खाएको पीडितको दाबी 

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । प्रहरीले मल्ललाई बैंकिङ्ग कसुरको आरोपमा पक्राउ गरेको हो । अहिले मल्ललाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको बताइएको छ ।

मल्लले एकजनाबाट २० लाख ५० हजार पैसा लिएको र सो रकम बराबर मल्लले चेक दिएका थिए । तर, पटकपटक उक्त चेक नसाटिए पीडितले बाउन्स गरेको बताइएको छ ।

मेडिकल काउन्सिलको सदस्य भएको बेला उक्त रकम घुसबापत लिएको अनुसन्धान अधिकारीहरुले गरेका छन् । मल्लले आफूले उक्त रकम फिर्ता गरिसकेको दाबी गरेपनि त्यसको प्रमाण देखाउन सकेका छैनन् ।

रकम फिर्ता गरेको प्रमाण देखाएपछि मिलापत्र गराउने वा मुद्दा अगाडि बढाउने भन्नेमा टुंगोमा पुग्ने प्रहरीले बताएको छ ।

मल्ला एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका इन्चार्ज समेत हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal