आज :

काँग्रेस नेतृ भन्छन्– अध्यादेशबाट देश चलाउनु गलत

  • अनलाइन डबली

विराटनगर । नेपाली कांग्रेकी केन्द्रीय सदस्य डिला संग्रौलाले सरकारले अध्यादेशबाट देश चलाउनु गलत भएको उल्लेख गरेकी छिन् ।

विहीबार नेपाल डेमोक्याटिक लयर्स एसोसियसन र पेशागत बुद्धिजिवी बिभागको संयुक्त आयोजनामा भएको संविधान संसोधन, आवश्यक्ता र चुनौती’ विषयक कोशी प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रमा उनले सरकारले अध्यादेशबाट नभइ सदनबाट काम गर्नुपर्ने बताएकी हुन् ।

नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवि विभागकी अध्यक्ष समेत रहेकी संग्रौलाले भनिन् ‘संविधानको मूल संरचना परिवर्तन नहुनेगरी संविधान संशोधन हुनुपर्दछ भन्ने कुरामा कांग्रेस प्रतिवद्धछ । यो बहस लोकतन्त्रको केन्द्रविन्दु विराटगरमा सुरु भएकाले एउटा निचोड निस्कने छ ।’

प्रधानमन्त्रीले २०८७ मा संशोधन हुन्छ भन्ने कुराको विरोध गर्दै संग्रौलाले प्रधान्मन्त्रीले सात बुँदे प्रतिवद्धताको विपरित कार्य गर्न खोजेको बताईन । संग्रौलाले सरकारले जनतामा आशा जगाउन नसेकोमा चिन्ता व्यक्त गरेकी छिन् । उनले भनिन् ‘पछिल्लो सामाजिक संजाल विधेयकका नाममा अभिव्यक्ति स्वतन्त्रताको कुन्ठित नहोस ।’

नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवि विभाग र नेपाल डेमोक्रेटिक लर्यस एसोसियसनले सातै प्रदेशमा अन्तरक्रिया गर्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal