आज :

शालीनदी माधवनारायण स्वस्थानी व्रत तथा माध कुम्भ मेला प्रारम्भ

  • अनलाइन डबली

काठमाडौँ । 

काठमाडौँ बात उत्तर पुर्वमा पर्ने पुरानो एेतिहासिक बस्ती साँखुमा प्रत्यक बर्ष झैँ एकमहिना लामो माधवनारायण स्वस्थानी व्रत तथा माध कुम्भ मेला प्रारम्भ भएको छ । ऐतिहासिक साँखु बस्तीबाट २ किमि पूर्वको शैलनदी स्वस्थानी (आफ्नै स्थान) को  व्रत बस्नाले रोगमुक्त हुने जना बिश्वास रहिआएको छ ।

बौद्धदेवी वज्रयोगिनीको देश साँखु राजा शंकुवदेवले कलिगत संवत् ३९२५ मा व्यवस्थित गरेको देशमा अवस्थित शालिनदीमा प्रत्येक वर्ष माघी (मिला पून्हीदेखि सिपून्ही) महिनाभर व्रत बस्ने मेला लाग्ने गर्छ । सिलाचह्रे (शिवरात्रि)का दिन वज्रयोगिनी जाने बाटोनेरको कोलाम भन्ने ठाउँमा एक जोडी नाग, एक जोडी चरा र एक जोडी माछामध्ये एउटालाई छोड्ने, उडाउने र पानीमा छोड्ने गरी माधव नारायण मेला समापन गरिने परम्परा छ । अष्टमातृका देवीको आराधना गर्दै लोग्नेमान्छे व्रतालुले जीउ नाप्ने र आइमाई व्रतालुले सहस्रधारा खन्याउँदै वज्रयोगिनी देवीकोमा क्षमा पूजा गर्ने गदर्छन् । व्रतालुले जुत्ता–चप्पल लगाउनुहुँदैन । नुन भएको केही पनि खानुहुँदैन । केराउ,मुला,उखु,यलपल,फलफूल (सिसाबुसा) चाकू आदि एक छाक मात्र खाने परम्परा छ । बर्षको एक पल्ट एक महिना सम्म कथिन ब्रतै भनेर बस्न नसकेपनि खानपानमा मुख बारेर आफुलाई साकाहारी एक छाके मात्र बनाउन सके पाचन प्रकृयामा सुधारआई रोगब्याधि लाग्नबाट बचाउने तथ्यपनि स्वस्थानी सत्यकथाको बिधान हो भने सम्पुर्ण रुपले एक महिना सम्म भगवानको यादमा आफुलाई सम्पर्ण गर्न सके जिवनमा गरेका पाप कर्मबाट केहि हद सम्म भएपनि मुक्त हुन सक्ने जनबिश्वास रहिआएको छ ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal