काठमाडौँ । जारी संसदको हिउँदे अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरु आसन ग्रहण नगरेर विरोध जनाइरहेका छन् ।
रास्वापका सांसदको विरोधबीच सभामुख देवराज घिमिरेले कार्यसूचीमा प्रवेश गरेका थिए । उनले राष्ट्रपतिले अधिवेशनसम्बन्धी पत्र पढेर सुनाए । रास्वपाका सांसदहरुले सुरुमै बोल्न पाउनुपर्ने भन्दै आकस्मिक समय माग्दै वैठकमा आसनबाट उठेर विरोध गरिरहेका छन् ।
सभामुखले बोल्न समय दिएपछि अहिले प्रधानमन्त्री ओलीले संसदमा आफ्नो सरकारले गरेका कामबारे जानकारी दिइरहेका छन् ।