Skip
आज :

रास्वपा मध्यपुरको प्रहरीलाई ध्यानाकर्षण

  • अनलाइन डबली

काठमाडौँ  ।  राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर समितिले सम्पदा सुरक्षार्थ प्रहरी वृत्त थिमिको ध्यानाकर्षण गराएको छ । नगर सभापति न्हुछेरत्न मानन्धर नेतृत्वको समितिले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रेमसागर केसीलाई भेटेर नगरमा थप सुरक्षा व्यवस्था चुष्ट बनाउन आग्रह गरेको हो । पुस १२, १३ र १४ गते सम्पन्न भएको मध्यपुर महोत्सव २०८१ को बखत गोप्य सम्पदा समेत सार्वजनिक प्रदर्शनीमा ल्याइएको सन्दर्भमा ती सम्पदामा सुरक्षा चुनौती थप भएको समितिको ठहर छ । समितिले पुरातात्विक, ऐतिहासिक र धार्मिक सम्पदामा हुनसक्ने हानी, नोक्सानी, चोरी वा क्षतिलाई मध्यनजर गरी थप सुरक्षा चुष्ट बनाउन अनुरोधसहितको ध्यानाकर्षण गराएको बताइएको छ ।

ध्यानाकर्षण पत्रको व्यहोरा तपसिल छ ।

श्रीमान् कार्यालय प्रमुखज्यू
प्रहरी वृत्त थिमि भक्तपुर
विषयः- सम्पदाको निगरानी तथा सुरक्षा व्यवस्था थप बढाउन अनुरोध गरेको सम्बन्धमा ।
महोदय,
प्रस्तुत विषयमा मध्यपुर थिमि नगरपालिकाले २०८१ पुस १२, १३ र १४ गते आयोजना गरेको मध्यपुर महोत्सव २०८१ भव्य र सभ्य रुपमा सम्पन्न भएको विदितै छ । महोत्सव सम्पन्न गर्नेमा स्थानियबासी, विभिन्न संघ, संस्था, समूह, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा प्रहरीले समेत आआफ्नै ढंगले भूमिका निर्वाह गरेको प्रसंशनीय छ । महोत्सवमा हुनसक्ने अवान्छनीय गतिविधिविरुद्ध शान्ति सुरक्षाको लागि नेपाल प्रहरीले खेलेको भूमिकाप्रति हार्दिक धन्यवाद छ ।
स्मरणीय छ, तीनदिने महोत्सवको बखत अति गोप्य सम्पदा समेत सार्वजनिक प्रदर्शनीमा ल्याइएको थियो । ती पुरातात्विक, ऐतिहासिक र धार्मिक सम्पदालाई महोत्सव पश्चात् सुरक्षा चुनौती थपेको हुनाले सो विषयमा सम्पदा सुरक्षार्थ त्यहाँको कार्यालयबाट सम्पदामा हुनसक्ने हानी, नोक्सानी, चोरी वा क्षतिलाई मध्यनजर गरी थप सुरक्षा चुष्ट बनाइदिन अनुरोधसहित विनम्र ध्यानाकर्षण गराउँदछौं ।
न्हुछेरत्न मानन्धर
सभापति, मध्यपुर थिमि नगर

राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर समिति

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal