आज :

मनोज नेवा:लाइ स्वतन्त्र उमेदवारी दिन ब्यापक दबाव , राजनैतिक दलका प्रस्ताव संग संगै

  • अनलाइन डबली

काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा यो पटक समाज क्षेत्रमा योगदान दिएका समाजसेवी , अभियानता नयाँ पुराना राजनैतिक दलका साथै भिभिन्न स्वतन्त्र  समुहको मुख्य छनौटमा पर्दै आएका छन्। यसरि दलका नयाँ पुराना नेताका छनौटमा पर्ने मध्य अचेल अनगिन्ति अफरले सोचामा पुर्याएको मनोज नेवा: खड्गी सुनाउछन्
स्थानीय निर्वाचनमा जनताले दल भन्दा स्वतन्त्रलाइ रोजेको नमुनालाइ पछ्याउदै आगामी मङ्सिर ४ को निर्वाचनमा पनि जनताले नयाँ अनुहार रोज्न धेरैको आंकलन छ।

सामाजिक अभियन्ता/समाजसेवी मनोज नेवा खड्गी नेवा समाजमा चीरपारिचित व्यक्ति मात्रै नभई नेपाल भाषा सेवीका रुपमा परिचित मनोज नेवा: खड्गीले भने ‘ मैले समाजप्रति गरेको जिम्मेवारितालाइ मुल्यांकन दैनिक गरि विभिन्न दल अवद्दा तथा स्तन्त्र समुहले यो पटक उमेदवार बन्न आग्रह गरेका छन् । तत्काल मुले कुनै निर्णय नलिइ समय र जनताको बिचारलाइ सर्वेपरी बनाइ निर्णायक बिन्दुमा पुग्ने सो मैले बनाएको छ । ’ आकर्षक व्यक्तित्व भएको मनोज नेवा संग जो कसैले संगत गरेको होस्, उहाँको बोली चालचलनले छिट्टै नै प्रभाब पार्न सक्ने क्षमता उहाँमा रहेको छ!
नेवा: समाजको हक हित र अधिकारको लागी उहाँ तन मनले लागीरहनु भएको छ, राजनीतिक रुपमा उहाँ कुनैबेला नेपा राष्ट्रिय पार्टिमा सक्रिय हुनुहुन्थ्यो!

नेवार समुदाय भित्रको खड्गी जातीको उत्थान गर्न देश ब्यापी रुपमा खड्गी सेवा समतिको बिस्तार गर्दै सम्पूर्ण खड्गी, शाही जातीलाई एकताबद्द गर्न सफल भएका व्यक्तित्वका रुपमा समाजमा परिचित छ! नेवा समाज भित्रै पनि पछाडी परेको खड्गीहरुको व्यक्तित्व बिकास, जिवनस्तर उकास्न र पुर्ख्यौली पेशालाई ब्यवस्थित गर्न तालीम दिन समेत, उहाँ आफै पनि देशको विभिन्न कुनामा पुगेर साथ र हौसला दिनुको साथै बेलाबेलामा बिभिन्न कार्यक्रमहरु पनि आयोजना गर्नुहुन्छ! कहिले रक्तदान कार्यक्रम त कहिले व्यक्तित्व बिकासको कार्यक्रम त कहिले समाजको आदर्णिय र उदाहणीय व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रमहरु, साक्षात्कार कार्यक्रमहरु समेत उहाँको सक्रियतामा आयोजना हुने गर्दछ!
हरेक बर्ष नेपाल संबतको शुभअवसरमा शुभकामना आदानप्रदान तथा बाइक र्याली समेतको आयोजना उहाँको नेतृत्वमा नेवा भोल्युन्टीयर्स हुँदै आएको छ! नेपाल खड्गी सेवा समितिको वार्षिक राष्ट्रिय महाधिबेसन र पाहाँचर्हेको दिन ना्य दिवस मनाउन अग्रणी भूमिका निर्वाह गर्ने व्यक्ति मध्य उहाँ पनि एक हुनुहुन्छ!
बिभिन्न संघसंस्था संग आबद्द मनोज नेवा खड्गीले नेवा समाज र महत्वपूर्ण अंग खड्गी समाजलाई नै धेरै किसिमवाट बिशेष योगदान दिंदै आउनुभएको छ!
मनोज नेवा संग नेवा समाजलाई नै कुशल नेतृत्व दिने क्षमता भएको व्यक्तिको रुपमा आम सर्वसाधारणले लिने गरेको छ ।

मनोज नेवा:को बिगतका रानीतिक , सामाजिक गतिविधि –

०६४मा  नेपा: पार्टीबाट समानुपातिक उमेदवार

०६० मा नेपा: पार्टीबाट समानुपातिक उमेदवार

०७४ प्रतिनिधि सभा सदस्य उमेदवार

बिद्यार्थीकाल बाटै सामाजिक क्षेत्रमा सक्रिय

भाषिक आन्दोलन कर्मी

पहिचान  को बिषयमा न्यायिक गतिविधिमा नेतृत्व

नेवा:स्वायत्त राज्य मंका: संघर्ष समितिको नेतृत्व

नेपा: राष्ट्रिय पार्टी सस्थापक सदस्य

पोलिटव्युरो सदस्य / महानगर इन्चार्ज

नेपाल संवत प्रचार प्रचारमा आजीवन अक्रिय

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal