आज :

युक्रेनमा जनमतसंग्रहको मतगणना सुरु, जेलेन्स्कीको बंकरमा रुसी सेनाले मिसाइल प्रहार गर्यो

  • अनलाइन डबली

काठमाडौं । पूर्वी युक्रेनका चार क्षेत्रमा गरिएको जनमत संग्रहको मतगणना सुरु भएको बताइएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार लुहान्स्क र डोनेट्स्कमा स्थानीय गणराज्य सरकारले मतगणनाको तयारी गरेको बताएका छन् । युक्रेनसँग सम्बन्ध विच्छेदसँगै छुटै राज्यको मान्यता पाएका यी क्षेत्रमा रुससँग गाभिने वा स्वतन्त्र रहने भन्नेमा जनमसंग्रह गरिएको थियो ।

त्यस्तै जापोरिजिया र खेरसनमा युक्रेनसँगै रहने वा युक्रेनसँग अलग भएपछि रुससँग मिल्ने भन्नेबारेमा जनमतसंग्रह गरिएको थियो । पाँच दिनसम्म मतदान भएको थियो । भौतिक रुपमा वा टाढै-घरबाटै मत व्यक्त गर्न पाइने व्यवस्था मिलाइएको थियो । रुसले कडा सुरक्षा दिएपनि पश्चिमा देशहरुले दिएका लामो दूरीका हतियार प्रहार गर्न सक्ने भन्दै मतदान केन्द्रमा जान नचाहनेको लागि टाढैबाट मत व्यक्त गर्न पाइने व्यवस्था गरिएको थियो ।

पश्चिमा देशहरुले जनमत संग्रहको विरोध जनाउँदै अवैधानिक बताएका छन् । युक्रेनले जनमत संग्रहमा सहभागी नहुन अपील समेत गरेको थियो । तर मानिसहरुको उत्साहजनक सहभागिता रहेको बताइएको छ । मतदान हुँदै गरिएका सर्वेक्षणले कुनै केन्द्रमा सतप्रतिसत र कुनै केन्द्रमा ९५ देखि ९९ प्रतिशत रुससँग गाभिने पक्षमा खसेको बताइएको थियो ।

रुसले युक्रेनमा विशेष सैन्य कारवाही गर्नुअघि नै डोनेट्स्क र लुहान्स्कलाई अलग राज्यको मान्यता दिएको थियो । त्यहाँ अधिकांश रुसीभाषी रहेको र उनीहरुले युक्रेनबाट अलग हुन पाउनु पर्ने मागसहित एक दशकदेखि विद्रोह गर्दै आइरहेका छन् । त्यहाँ स्थानीय सरकारसँगै सेना र अदालत पनि गठन गरिएको थियो । युक्रेनले भने त्यसलाई दबाउन दमन गर्दै आएको थियो ।

रुसले जनमतसंग्रहको नतिजा अनुसार अघि बढ्ने बताएको छ । त्यसको लागि आवश्यक कानुन पनि रुसले संशाेधन गरिसकेको छ । यद्यपी रुसले रुसको नागरिकता लिन चाहने सबै युक्रेनलाई नागरिकता प्रदान गर्ने निर्णय गरिसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन मिसनबाट पछि नहट्ने पुनः दोहोर्याएका छन् । उनले आफ्नो सानाे सेनाको टुकडीले पश्चिमा फौजसँग भिडिरहेको बताए । पुटिनले पश्चिमा देशहरुले सहयोग जारी राखे पूर्ण क्षमताको हमला गर्ने चेतावनी समेत दिएका थिए ।

पुटिनले जगेडा सैनिक परिचालनको निर्णय समेत गरेका छन् । यसको केही मानिसहरुले विरोध गरेका छन् । विरोध गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जगेडा सैनिक परिचालनको निर्णयसँगै रुसले युक्रेनमा हमला बढाउने सक्ने अनुमान पनि गरिएको छ ।

यसैबीच जापोरिजियातिर अघि बढ्ने तयारी गरिरहेको युक्रेनी सेनामाथि रुसी सेनाले मिसाइल प्रहार गरेको छ । मिसाइल प्रहारबाट युक्रेनी सेनाले बनाएको बंकर समेत ध्वस्त भएको रुसी संचारमाध्यमहरुले बताएका छन् । त्यस्तै हतियार गोदाम पनि ध्यस्त पारेको रुसले दाबी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal