आज :

रुसले बनायो परमाणु बमभन्दा पनि शक्तिशाली एटम रिएक्टर मिसाइल, कुनै बेलापनि प्रहार गर्न सक्ने

  • अनलाइन डबली

काठमाडौँ । रुसले परमाणु बमभन्दा पनि शक्तिशाली न्यूक्लिय रिएक्टर मिसाइल बनाएको छ । यो मिसाइलको निश्चित दूरी र समय छैन । जति टाढासम्म निसाना तय गरिन्छ त्यहाँसम्म पुगेर मार हान्न सक्छ । न्यूक्लियर रिएक्टरबाट पैदा हुने उर्जाबाट उड्ने भएकोले समय र दूरी असिमित छ । मिसाइलमा एक छोटो परमाणु रिएक्टर जटान गरिएको हुुन्छ र त्यसैबाट पैदा हुने ऊर्जाले चल्ने बताइएको छ । यसलाई एटम रिएक्टर मिसाइल भनिएको छ । रेडियोधर्मी आइसोटोप पनि रिलिज हुन्छ भने वायुमण्डलमा समेत रेडिएसनको खतरा हुनसक्ने एक रिपोर्टमा उल्लेख गरिएको छ ।

यसबारे रुसले औपचारिक रुपमा कुनै प्रतिक्रिया नदिएपनि एटम रिएक्टर मिसाइल तयार भइसकेको बताइएको छ । यसको नामबारे पनि विभिन्न अनुमान गरिएको छ । रुसी अधिकारीहरुले पछिल्लो पटक परमाणु हमलाको धम्की दिइरहेका छन् । उनीहरुले खुलम खुला रुपमा बेलायतलगायतका देशहरुमा हमलाको धम्की यो मिसाइल तयार भएपछि दिइएको विश्लेषण हुन थालेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यहरुका अनुसार यस्तो मिसाइलको परिकल्पना पहिले अमेरिकाले गरेको थियो । तर, रुसले पहिले नै बनाएको बताइएको छ ।

यसैबीच अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णायक जवाफ दिने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मस्कोलाई ‘विपत्तिजनक नतिजाहरू’ सामना गर्ने चेतावनी दिएका छन् । ‘यदि रुसले यो रेखा पार गर्यो भने, रूसको लागि विनाशकारी परिणाम हुनेछ । संयुक्त राज्यले निर्णायक जवाफ दिनेछ,’ जेक सुलिभानले भने । उनको यो चेतावनी एटम रिएक्टर मिसाइल बनेपछि आएको बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हमलाको चेतावनी दिइरहेका बेला अमेरिकी सुरक्षा सल्लाहकारको प्रतिकृया आएको हो । बुधबार एक सम्बोधनमा पुटिनले दोस्रो विश्वयुद्धपछि पहिलो पटक रुसमा आंशिक परिचालनको घोषणा गरेका थिए ।

जसअन्तर्गत ३ लाख रुसीलाई युद्धमा खटाइने छ । पुटिनको घोषणाको विरोधमा देशमा तीब्र विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारीलाई सरकारले नियन्त्रणमा लिएको छ भने केहीलाई प्रहरी हिरासतबाटै जबरजस्ती भर्ती केन्द्रमा पठाइएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal