आज :

सुटरले ४ गोली हानेपछि बुबालाई बचाउन घरको छतबाट हाम फाल्ने मोहम्मदकी शाहसी छोरी, चौतर्फी प्रशंसा

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौंको गोठाटारमा सोमबार साँझ फिल्मी शैलीमा लाल मोहम्मदमाथि गोली प्रहार गरियो । घरमा पुगेपछि उनिमाथि गोली प्रहार गरिएको थियो । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय गार्मेन्ट व्यवसायी मोहम्मदमाथि घरको आगनमा गोली प्रहार गरिएको हो ।

कागेश्वरी मनोहरा नगरपालिका– ८ मा बस्दै आएका मोहम्मद सेतो कारबाट उत्रिनेबित्तिकै गोली हानिएको सीसीटिभी फुटेजमा देखिएको छ । एकाएक गो ली बर्षेपछि मोहम्मद भाग्दै कारकै वरिपरि घुम्दै बच्न खोज्दै भागेको सीसीटिभी फुटेजमा देखिएको छ । त्यही बेला घरको एक तलामाथिबाट मोहम्मदकी छोरीले बन्दुकधारीलाई समात्न हाम फालिन ।

सेता पहिरनमा रहेकी छोरी एक तलामाथिबाट हाम फालिन र जुरुक्क उठेर आक्रमणकारीलाई समाउन खोजेको फुटेजमा देखिएको छ । भाग्दै कारमा एक फन्को लगाउँदासम्म मोहम्मदको टाउको, छातीलगायतका ठाउँमा गोली लागिसकेको थियो । छोरीले एक तलाबाट हाम फालेको देखेको आक्रमणकारी पेस्तोल छोडेर भागे तर, मोहम्मद ढले ।

गोली लागेर गम्भीर घाइते मोहम्मदलाई तत्काल उपचारको लागि त्रिवि शिक्षण अस्पताल पुर्याएको थियो । अस्पतालले मृत घोषणा गर्यो । प्रहरीले काठमाडौं उपत्यकाबाट बाहिरिन सक्ने नाकाहरूमा कडाइ गर्यो । अनुसन्धान अधिकृतहरुले नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामराकाे फुटेज हेरेर अनुसन्धान सुरु गरे ।

आसपासका व्यक्तिहरुमाथि सोधपुछ पनि एकसाथ भइरहेको थियो । त्यहीबीच ह त्यामा संलग्न व्यक्ति घटनास्थलबाट तीनसय मिटर पर रहेको कोशीपारि गेष्ट हाउसमा बसेको सूचना प्रहरीले पायो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार होटलमा गएर कर्मचारीसँग सोधपुछ गर्दा शंकास्पद व्यक्ति ‘जितेन खान’को नाममा बसेको देखियो ।

जिल्ला प्रहरी परिसर, टेकुको टोलीले होटलको सीसीटीभी फुटेज मगाएर हेर्यो, त्यहाँ ‘जितेन’ सँगै अरु दुुईजना पनि देखिए । ‘जो व्यक्तिको नाममा होटलमा कोठा लिइएको थियो, उनी पहिल्यै देखेका व्यक्ति जस्तै थिए’, ती अधिकृत भन्छन्, ‘एउटा पुरानो केशमा पनि खोजी भइरहेको जस्तो लागेपछि भेरिफाइ गरेका थियौं ।’

प्रहरीका अनुसार झण्डै एक वर्षअघि न्यूरोड क्षेत्रबाट हुण्डीको ७० लाख रुपैयाँ लुटपाट भएको थियो । त्यही घटनाको सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाले उनको खोजी गरिरहेको थियो । स्रोतका अनुसार घटनाका पीडित पनि प्रहरी परिवारकै सदस्य थिए । त्यसैले पनि प्रहरीले लामो समयसम्म अनुसन्धान गरेको थियो । तर ती व्यक्ति भेटिएका थिएनन् । अनुसन्धानको सिलसिलामा ती व्यक्तिको दाइसम्म प्रहरी पहिल्यै पुगेको थियो ।

‘उनै भएको शंका लागेपछि फेरि दाइलाई भेटेर सीसीटीभी फुटेज देखाउँदा उनले ती व्यक्ति आफ्ना भाइ नितिन मदन भएको बताइदिए’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराई नेतृत्वको अनुसन्धान समितिका एक सदस्य भन्छन्, ‘सीसीटीभी फुटेजमा भएको दृश्यका व्यक्ति नितिन भएको पुष्टि भएपछि प्रहरीले उनको कल डिटेल रेकर्ड (सीडीआर) निकालेको थियो ।’

सीडीआरमा नितिनको लाल मोहम्मदसँग पनि सम्पर्क भएको देखिएको स्रोतको भनाइ छ । प्रहरी स्रोतका अनुसार उनको रसुवा कारागारमा रहेका खुंखार अप हर णकारी उदय सेट्ठीसँग पनि सम्पर्क देखिएको छ । सेट्ठी मुम्बईको अन्डरवर्ल्ड डन छोटा राजन समूहका एक सदस्य हुन् । स्रोतका अनुसार सेट्ठी र मदनबीच नियमित सम्पर्क हुने गरेको देखिएको छ । मदनले एकजना साथीसहित रसुवा गएर जुत्ता, कपडा लगायतका सामग्री सेट्ठीलाई दिएको पनि पाइएको छ ।

यसले उनीहरुबीच सम्बन्धको घनिष्ठतालाई देखाउने अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् । टेलिफोनमा पनि नियमित कुराकानी भएको देखिएको छ । प्राविधिक पक्षको विश्लेषणबाट प्रहरीले घटना अगाडि दुई सुटर र मदनबीच होटलमा भेट भएको देखिएको बताएको छ ।

‘मदनले नै ह तियार व्यवस्थापनदेखि रेकी गर्ने लगायतका काम गरेका थिए भन्ने कुरा यकिन भइसक्यो,’ जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृत भन्छन्, ‘प्राविधिक पाटोको अनुसन्धानबाट उनले प्रयोग गरेका केही व्यक्तिहरुको पनि पहिचान खुलिसकेको छ ।’ यद्यपि, प्रहरीले घटनामा संलग्न अन्यको परिचय खुलाएको छैन ।

पहिचान खुले पनि घटनामा संलग्न व्यक्तिहरुलाई हालसम्म पक्राउ गर्न सकेको छैन । प्रहरी स्रोतका अनुसार लामो समयदेखि नेपाल बसे पनि उनको घर भारतको हरियाणा हो । उनले नेपाली महिलासँग विवाह गरेका छन् । स्रोतका अनुसार उनकी पत्नी अहिले दिल्लीमा छिन् । न्यूरोडमा रहेको कोठामा दाइ र आमा मात्रै छन् ।

प्रहरीका अनुसार उनी लुटपाट र जुवामा पनि जोडिएका व्यक्ति हुन् । स्रोतका अनुसार उनले क्यासिनोमा पनि उल्लेख्य पैसा डुबाएका थिए । उनको र उदय सेट्ठीबीच कसरी चिनजान भयो भन्ने खुलेको छैन । उदयसँग सोधपुछ गर्न अनुसन्धान अधिकृतको एक टोली जिल्ला कारागार रसुवातर्फ गएको छ ।

मदनले घटना हुनुअघि प्रयोग गरेको एउटा मोटसाइकल प्रहरीले बरामद गरेको छ । विगतमा लाल मोहम्मदलाई पछ्याउन त्यो मोटरसाइकल प्रयोग भएको हुनसक्ने प्रहरीको आशंका छ । हालसम्म घटनामा प्रयोग भएको मोटरसाइकल चाहिँ बरामद भएको छैन । लाल मोहम्मद सोमबार अपराह्न गार्मेन्टका लागि प्लास्टिक लिन जोरपाटी गएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal