आज :

पुटिनले किन गरे आफ्नै विश्वाशिला जनरललाई बर्खास्त ? यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसी सेनाको लजिस्टिक व्यवस्थापन फितलो गरेको आरोपमा जनरललाई बर्खास्त गरेका छन् ।

उपरक्षा मन्त्री जनरल दिमित्री बुल्गाकोभलाई उनको भूमिकाबाट हटाइएको रक्षा मन्त्रालयले जनाएको छ । जनरल बुल्गाकोभले सन् २००८ देखि सेनाको लजिस्टिक अपरेसन चलाउँदै आएका थिए ।

सन् २०१५ मा सिरियामा रुसी सेनाको तैनाथीपछि आपूर्ति गर्ने जिम्मेवारी उनी नै थिए । मन्त्रालयले ६७ वर्षीय बुल्गाकोभलाई नयाँ भूमिकामा सरुवा गरिएको जनाइएको छ ।

उनको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्त्सेभ हुनेछन्, जसले बन्दरगाह सहर मारिउपोलमा मस्कोको क्रुर घेराबन्दीको व्यवस्थापन गरेका थिए ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सीमाना सुरक्षाका लागि आणविक हतियार प्रयोग गर्न तयार रहेको बताएका छन् । पुटिनको ध’म्कीपछि रूसले सानो वा सीमित दायराको रणनीतिक आणविक हतियारहरूको प्रयोग गर्ने चिन्ता गर्न थालिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले आणविक अस्त्र प्रयोग गरे त्यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा गम्भीर सैन्य स्थिति हुने चेतावनी दिएका छन् । रूसको चेतावनीपछि चर्चामा आएको रणनीतिक आणविक हतियारहरू के हुन् ? रुससँग त्यस्तो हतियार कति छन् ? के रूसले साँच्चै तिनीहरूलाई प्रयोग गर्न सक्छ ? भन्ने वहस सुरु भएको छ ।

ट्याक्टिकल आणविक हतियार भनेको के हो ?
ट्याक्टिकल आणविक हतियार साना आकारको आणविक हतियार हुन्, जुन युद्धमा वा सीमित आक्रमणका लागि प्रयोग गरिन्छ । यी हतियारहरूलाई कुनै विशेष क्षेत्रको निश्चित ठाउँलाई मात्र निशाना बनाउन प्रयोग गर्न सकिन्छ । त्यसले गर्दा वरपरको क्षेत्रमा हुने क्षति कम हुन्छ ।

सबैभन्दा सानो रणनीतिक आणविक हतियारको तौल एक किलो वा त्योभन्दा पनि कम वजनको हुन सक्छ, तर यसले हजारौं टन हतियारले बराबर विनाश निम्तिन्छ । सबैभन्दा ठूलो रणनीतिक आणविक हतियार सय किलोसम्म वजनको हुन सक्छ ।

ट्याक्टिकल आणविक हतियारभन्दा विपरीत स्ट्रयाटेजिक(रणनीतिक) आणविक हतियार भने ठूला हुन्छन् र लामो दूरीमा प्रहार गर्नका लागि उपयुक्त हुन्छ । ती भने हजारौं किलो तौलका हुन्छन् । तुलनामा अमेरिकाले १९४५ मा हिरोसिमामा खसालेको आणविक बम १५ किलो थियो ।

रुससँग कति छन् ट्याक्टिकल आणविक हतियार ?
अमेरिकी गुप्तचर सूचना अनुसार रुससँग करिब दुई हजार ट्याक्टिकल आणविक हतियार छन् । यी हतियारहरू विभिन्न प्रकारका मिसाइलहरूमा प्रयोग गर्न सकिन्छ । तीनलाई परम्परागत विस्फोटकहरू बोक्न प्रयोग हुने क्रुज मिसाइलहरू र आर्टिलरी शेलमा राखेर पनि प्रहार गर्न सकिन्छ ।

ट्रयाक्टिकल आणविक हतियारहरू विमान र युद्धपोतहरूबाट पनि प्रहार गर्न सकिन्छ । अमेरिको गुप्तचर जानकारी अनुसार रुसले हतियारको क्षमता र सटिक प्रहारको लागि ठूलो लगानी गरिरहेको छ ।

ट्याक्टिकल आणविक हतियार विगतमा कहिल्यै प्रयोग भएको छ ?
ट्याक्टिकल आणविक हतियारहरू हालसम्म कहिल्यै प्रयोग गरिएको छैन । अमेरिका र रुसजस्ता आणविक शक्ति राष्ट्रहरू युद्धको मैदानमा यो लक्ष्यहरू नष्ट गर्न निक्कै प्रभावकारी भएको विश्वास गर्छन् ।
तर हालसम्म कुनै पनि मुलुक यो हतियार प्रयोग गरेमा परमाणु युद्ध सुरु हुने डरमा तिनको प्रयोग गर्न इच्छुक देखिएका छैनन् ।

यद्यपि, हाल युक्रेनमा जारी युद्धमा रुसले ठूला रणनीतिक मिसाइल नभएर यी साना ट्याक्टिकल आणविक हतियारहरू प्रयोग गर्ने आकलन गर्न थालिएको छ ।

चथम हाउस थिंक–ट्याङ्क आवद्ध अन्तर्राष्ट्रिय सुरक्षा कार्यक्रमका प्रमुख प्याट्रिसिया लुइस यसबारेमा भन्छिन् ,‘सायद रुसीहरु यी हतियारलाई आणविक हतियारभन्दा तिनको परम्परागत शक्तिको रूपमा हेर्छन् ।’

पुटिनले आणविक हतियार प्रयोग गर्ने सम्भावना कति छ ?
युक्रेनमा आक्रमण गर्नुभन्दा केही समय अघि, राष्ट्रपति पुटिनले रसियाको आणविक अस्त्रहरुलाई युद्धको लागि तयार पार्न निर्देशन दिएका थिए । सेनाले आणविक अस्त्र प्रयोगको अवस्थाको युद्धा अभ्यास पनि गरेको थियो ।

अहिले आएर उनले पुन ‘देशको सिमाना खतरामा परेको अवस्थामा रूस र रुसी जनतालाई हर सम्भव तरिकाले जोगाउने’ धम्की दिएका छन् । यद्यपि, अमेरिकी गुप्तचर एजेन्सीले भने रुसी नेताका धम्कीहरुलाई आणविक आक्रमणको तयारीको संकेतको रूपमा नभई युक्रेनलाई सहयोग गरिरहेका पश्चिमी देशहरूलाई चेतावनीको रुपमा हेरे छ ।

अमेरिकाको वासिङ्टनस्थित कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेशनल पिसका आणविक विज्ञ जेम्स एक्टनले यसबारे बभने ,‘युक्रेनमा पुटिनका सबै मार्ग बन्द भएमा उनले आणविक हतियार प्रयोग गर्ने मेरो चिन्ता छ तर अहिले नै त्यस्तो स्थिति आईसकेको छैन ।’

आणविक हतियारको प्रयोगमा अमेरिका र नाटोले कस्तो प्रतिक्रिया दिनेछन् भन्न गाह्रो छ । अहिलेको लागि भने उ परिस्थिति अझ खराब बनेर आणविक युद्धको जोखिम नआयोस् भन्ने चाहेजस्तो देखिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal