आज :

सुदूरपश्चिम राजधानी कपः रोकिएको सकिएपछि लुम्बिनी र मधेस प्रदेश भिड्ने

  • अनलाइन डबली

धनगढी । सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तरगत आज दुई खेल हुने भएका छन् । कैलालीको धनगढीमा सुरु भएको प्रतियोगितामा समय अभावका कारण पहिलो खेल नै रोकिएका थियो ।

पीएफए स्पोर्ट्रस क्लबको आयोजनामा धनगढी रङ्गशालामा शनिबारदेखि सुरु भएको खेलमा सात वटा प्रदेशको सहभागिता छ । हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरेका थिए । तर, उद्घाटन खेल ढिलो भएपछि आधामै रोकिएको छ ।

रात परेपछि स्थगित खेलको बाँकी १७ मिनेट आज खेलाइनेछ । खेल रोकिनु अघि दुवै टोलीले गोलरहित बराबरी खेलका छन् । आज हुने अर्को खेलमा मधेस प्रदेश र लुम्बिनी प्रदेश खेल्नेछन् । प्रतियोगिता असोज १५ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले टोलीले नगद ५ लाख र उपविजेताले नगद ३ लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal