आज :

डेनमार्क र जर्मनीबीचको समुन्द्र मुनी बन्दैछ संसारको सबैभन्दा लामो सडक–रेलमार्गयुक्त सुरुङ

  • अनलाइन डबली

काठमाडौँ । बाल्टिक सागरको ४० मिटर मुनी हुँदै संसारको सबैभन्दा लामो डुबेको सुरुङ बनिरहेको छ । सन् २०२९ सम्म निर्माण सम्पन्न हुने लक्ष्य रहेको यस सुरुङले डेनमार्क र जर्मनी बीचको यात्रा समय उल्लेख्य घटाउनेछ ।

फेहमार्नबेल्ट सुरुङ निर्माणको योजना बनेको एक दशकभन्दा बढी समयपछि, सन् २०२० मा यसको निर्माण सुरु भयो । र डेनिस पक्षमा अस्थायी बन्दरगाहको निर्माण पूरा भएको छ ।

अब त्यहाँ बन्ने कारखानाले सुरुङका ८९ वटा खण्डहरू बनाउनेछ, जुन विशाल कंक्रिट संरचना हुनेछ । यी विशाल कंक्रिटका खण्डहरू पानीमा डुबाउँदै र जोड्दै सुरुङमार्ग पुरा गर्ने योजना बनाइएको छ ।

१८ किमी लामो सुरुङ युरोपको सबैभन्दा ठूलो पूर्वाधार परियोजनामध्ये एक हुनेछ, जसको निर्माण बजेट ७.१ डलरभन्दा बढी छ । तुलनाको लागि इङ्ल्याण्ड र फ्रान्सलाई जोड्ने च्यानल टनेल ५० किलोमिटर लामो छ ।

सन् १९९३ मा निर्माण सम्पन्न भएको यो परियोजना आजको मूल्यमा १३.६ अर्ब डलरमा बनेको हो । च्यानल टनेलको लम्बाई फेहमार्नबेल्ट सुरुङभन्दा लामो भएता पनि त्यो पूर्व–निर्मित सुरुङका खण्डहरू पानीभित्र डुबाएर नभई बोरिङ मेसिनको प्रयोग गरेर बनाइएको थियो ।

साथै च्यानल टनेल भएर बेलायत र फ्रान्सबीच रेल मात्र चल्छ । फेहमार्नबेल्टमा बनाइने यो सुरुङ मार्गले जर्मन टापु फेहमार्न र डेनिस टापु लोल्यान्डलाई जोड्नेछ । यो सुरुङ रोडबी र पुटगार्डेनबाट हाल सञ्चालनमा रहेको फेरी सेवाको विकल्प हुनेछ ।

जसमार्फत वर्षेनी दशौं लाखौं यात्रुहरू आउजाउ गर्छन् । अहिले फेरीबाट ४५ मिनेट लाग्ने यात्रा सुरुङ बनेपछि रेलबाट ७ मिनेट र कारबाट १० मिनेटमा पुरा हुनेछ ।

आधिकारिक नाम ‘फेहमार्नबेल्ट फिक्स्ड लिंक’ रहने यो सुरुङमार्ग तयार भएपछि यो संसारको सबैभन्दा लामो सडक र रेलमार्ग भएको सुरुङ हुनेछ । यसभित्र दुई डबल–लेन मोटर बाटो र र दुईवटा विद्युतीय रेलमार्ग हुनेछन् ।

यो परियोजना बनाउन जर्मनी र डेनमार्कबीच सन् २००८ मा सम्झौता भएको थियो । त्यसपछि दुवै देशले आवश्यक कानून पारित गर्न र भू–प्राविधिक र वातावरणीय प्रभाव अध्ययन गर्न एक दशकभन्दा बढी समय लाग्यो।

डेनिस पक्षमा यसका लागि त्यति समय लागेन । तर जर्मनीमा भने फेरी कम्पनी, वातावरणीय समूहहरू र स्थानीय नगरपालिकाले यस परियोजनाविरुद्ध अदालतमा गए ।

लामो अदालती कारबाहीपछि नोभेम्बर २०२० मा जर्मनीको संघीय अदालतले उजुरीहरू खारेज गर्दै निर्माण अनुमति दिएको थियो । यस निर्माण परियोजनामा २५ सय जनाले प्रत्यक्ष रूपमा काम गर्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal