आज :

६ दशमलव ६ म्याग्निच्युडको भूकम्पले बेपत्ता भएका चिनियाँ कामदार १७ दिनपछि जिवितै भेटिए

  • अनलाइन डबली

बेइजिङ ।चीनमा भूकम्प गएको १७ दिनपछि एक व्यक्तिको जीवितै उद्धार भएको छ । विनाशकारी भूकम्पपछि पहाडमा बेपत्ता भएका चिनियाँ कामदारको १७ दिनपछि उद्धार गरिएको हो ।

यस महिनाको सुरुमा दक्षिण पश्चिमी सिचुआन प्रान्तमा गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ९३ जनाको मृत्यु भएको थियो भने र हजारौँलाई अस्थायी शिविरमा पुनर्वास गरिएको छ ।

सिचुआनको वान्डोङ जलविद्युत योजनामा कार्यरत ग्यान युलाई एक स्थानीय गाउँले जीवितै फेला परेका थिए । सरकारी स्वामित्वको चाइना नेशनल रेडियो (सीएनआर) ले उद्धारलाई चमत्कार भनेको छ ।

गत सेप्टेम्बर ५ मा भूकम्प जाँदा गान आफ्ना सहकर्मी लुओ योङसँग ड्युटीमा थिए । उनीहरुले जलविद्युत योजनाबाट सुरक्षित क्षेत्रमा प्रयत्न गर्दै थिए । तर, टाढाको राम्रोसँग नदेख्ने गानले त्यही बेला चस्मा हराए र पहाडी भूभागमा बरालिए ।

ती दुई व्यक्तिले टाढाका उद्धारकर्ताहरूलाई मद्दतको लागि संकेत गरे । लुगा फुकालेर रुसमा झुन्डाए । अन्तत गानलाई छोडेर लुओ जाने निर्णय गरे ।

लुओले गानलाई र जंगलभित्रै ओछ्यान बनाएर केही जंगली फलको व्यवस्था गरेर छोडे । उद्धारकर्ताले गानलाई ११ सेप्टेम्बरमा उद्धार गरेका थिए । उता कम्बोडियाको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा कम्बोडियाको सिंहानुकभिलमा दुर्घटनामा परेको बताइएको छ । घटनामा अरु २० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

दुर्घटनापछि १९ जनाको उद्धार गरिएको र एक जना महिलाको शव फेला परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताएका छन् ।

दुर्घटनामा बाँच्न सफल केही व्यक्तिहरुले आफूहरु गत सेप्टेम्बर ११ मा चीनको गुआङ्डोङ प्रान्तबाट हिँडेको प्रतिक्रिया दिएको प्रान्तीय प्रहरी प्रमुख चुओन नारिनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

कुनै समय माछा मार्ने सानो गाउँको रुपमा रहेको सिंहानुकभिलमा चिनियाँ लगानीमा पूर्वाधार एवम् अन्य संरचना निर्माण भइरहेको बताइन्छ । यसबाहेक सो क्षेत्रमा चिनियाँ लगानीमा दर्जनौँ जुवाघरहरु समेत सञ्चालनमा रहेको एएफपीले जनाएको छ ।

सो क्षेत्रमा काम गर्नका लागि अवैधानिक रुपमा चिनियाँ नागरिकहरु आउने गरेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal