आज :

प्रहरीले पत्ता लगायो काठमाडौँ हत्याकाण्डका मुख्य योजनाकार, गेष्ट हाउसमा बसेर गरेका थिए निगरानी

  • अनलाइन डबली

काठमाडौं । मोहम्मद दर्जी उर्फ लाल मोहम्मद ह त्याको योजना भारतको नयाँ दिल्ली घर भएका नितेन मदन अरोगाले बनाएको थाहा भएको छ । नितेन लामो समयदेखि काठमाडौँमा बस्दै आएका छन् । उनका दाइ र आमा अहिले काठमाडौँमै छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनको दाइलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदको ह त्या गर्नुअघि नितेनले आफू बस्दै आएको काठमाडौँको भोटेबहालबाट डेरा सारेका थिए ।

१५ दिनअघि उनले डेरा सारेको थाहा भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । नितेनले मोहम्मद बस्ने घर नजिकैको कोशीपारी गेष्ट हाउसमा बसेर उनलाई निगरानी गरेका थिए ।

मोहम्मदले सञ्चालन गरेको ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’बाट करिब २ सय मिटरको दुरीमा सो गेष्ट हाउस छ । गार्मेन्टको माथिल्लो तलामा लाल मोहम्मद आफ्नो परिवार सँग बस्दै आएका थिए ।

गेष्ट हाउसमा भदौ ३० बाट बसेर निगरानी गरेका नितेनले सुरुमा १०४ नबर कोठा नितेन खानको नाममा बुक गराएका थिए । असोज १ गते उनले फेरी भुवन मगरको नाममा १०५ नम्बर कोठा लिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

भदौ ३ मा बिहान उनले गेष्ट हाउसमा दुई जना सुटर बोलाएका थिए । सुटर गेष्ट हाउसमा आएकै साँझ लाल मोहम्मद मारिए । सुटरले उनलाई ६ गो ली प्रहार गरे । ४ गो ली उनको शरीरमा लाग्यो ।

नितेन र लाल मोहम्मद पूर्व परिचित हुन् । उनीहरूको बिचमा लेनदेन कारोबार समेत देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

उदय सेट्ठीसँग कनेक्सन
लाल मोहम्मदको हत्या कनेक्सन भारतीय अन्डरवर्ल्ड डन उदय सेट्ठीसँग देखिएको छ । रसुवा कारागारमा रहेका अन्डरवर्ल्ड डन सेट्ठीसँग नितेन नियमित टेलिफोन सम्पर्कमा रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

अन्डरवर्ल्ड डन छोटा राजनका मुख्य सहयोगी सेट्ठी सामाखुसीका व्यवसायी केदार कक्षपतिका छोरा निरजलाई अपहरण गरेर १ करोड ५० लाख फिरौती लिएको मुद्दामा जेल परेका हुन् ।

लाल मोहम्मद पनि लामो समय रसुवा कारागारमा बसेका थिए । २०६४ असार २० मा काठमाडौँको अनामनगर स्थित धोबीखोलामा बाराका बलराम पटुवालाई गोली हानेर हत्या गरेपछि जेल परेका उनी करिब १० वर्षपछि निस्केका थिए ।

पटुवा जाली नोट कारोबारमा जोडिएका थिए । विगतमा जाली नोट कारोबारमा जोडिएका व्यक्तिहरूको ह त्यामा पनि छोटा राजन र भारतीय अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तव र ‘बब्बु’ भनिने त्रिलोक सिंह उर्फ दीपक शाहीको समूह संलग्न हुँदै आएको छ ।

बब्लु अहिले जेलमा छन् । उनी जेल परेपछि नेपालमा बब्बुको समूह प्रयोग हुने गरेको इतिहास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सबै

काभ्रेपलाञ्चोक । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् । आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनीतिक दलहरुपनि त्यसतर्फ होमिएको बताएका हुन् । निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल नरहेको भन्दै सञ्चारमन्त्री खरेलले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे । निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन सरकारले मंगलबार र बुधबार नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरुकै कार्यालयमा पुगेर छलफल र अन्तरक्रिया गरिएको छ । राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठक पनि भएको छ । यसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ । दलहरु निर्वाचनका लागि तयार छन् । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ ।’ पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले सङ्घ, प्रदेश र स्थानीत तहको समन्वय र सहकार्यलाई फराकिलो बनाएर विकास र समृद्धिको यात्रामा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यसैबीच मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने खरेलथोक स्वारामा प्रत्येक वर्ष हुने कुलपूजा तथा विविध धार्मिक कार्यक्रमलाई सम्वोधन गरे । सो अवसरमा मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सरकारको विशेष ध्यान रहेको बताउँदै स्थानीय समुदायले खेलेको सक्रिय भूमिकाको प्रशंसा गरे । उनले यस्ता धार्मिक–सांस्कृतिक गतिविधिले सामाजिक एकता र मौलिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal