आज :

कैलालीबाट आयो दुखद खबर- एकैदिन दुई जनाको हत्या

  • अनलाइन डबली

धनगढी । कैलालीका दुई ठाउँमा दुई जना मृत फेला परेका छन् । गोदावरी नगरपालिका–१२ को शान्तिनगर र धनगढी उपमहानगरपालिका–१ मा दुई जना मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डीएसपी) वेदप्रकाश जोशीले गोदावरी १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत भेटिएको जानकारी दिए ।

बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएको बताउदै जोशीले घटना शंकास्पद रहेको जनाए । बडेलाको टाउको र खुट्टामा चोट लागेकाले ह त्या आशंकामा अनुसन्धान अघि बढाइएको जोशीले बताए ।

उनकाअनुसार अनुसन्धानमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ । अहिले मृतकको शव परीक्षणका लागि घटनास्थलबाट अस्पतालतर्फ ल्याइरहेको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका १ को कैलाली कारागार कैलाली पछाडि कञ्चनपुरको कृष्णनगरपालिका ८ का ७४ वर्षीय धनसिंह जेठारा मृत भेटिएका हुन् ।

जोशीकाअनुसार छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए । अबेरसम्म नफर्किएपछि खोजी गर्दै जादा बुधबार बिहान मृत भेटिएको जोशीले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal