आज :

ललितपुर महानगरभित्रका अनियमित संरचना हटाउन ३५ दिने सूचना जारी

  • अनलाइन डबली

ललितपुर महानगरपालिकाले नगरभित्रका अनियमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ।

ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्शा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका टप, रयाम्प,स्लोप, सिँढी लगायतका संरचना ३५ दिन भित्र हटाउन सूचना जारी गरेको हो।

महानगर प्रहरी प्रमुख सिताराम हाच्छेत्हूले  नक्शा स्वीकृत गर्दा पार्किङ प्रयोजनमा स्वीकृत लिएका हाल अन्य व्यापारिक  प्रयोजनमा प्रयोग भएका संरचनाहरू लगायत सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरेका संरचना सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सुधार गर्न वा हटाउन  महानगरले नगर बासिमा सूचना गरेको जानकारी दिनु भयो ।

नगर प्रहरी प्रमुख हच्छेत्हूले भन्नु भयो –  ‘ ब्यबस्थित महानगर बनाउन नगरबासीको ब्यापक सहयोग छ , अन्य जस्तै  ललितपुर महानगरमा डोजर लिएर अवैध संरचना हटाउन परेको छैन । ’
Enter

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal