आज :

दौडिएर सुको आम्दानी नहुने बेलाका बैकुण्ठ मानन्धरको दौडकथा

  • पदम श्रेष्ठ

म्याराथन धावक बैकुण्ठ मानन्धर माध्यमिक स्तरिय पाँच किलोमिटर डौड प्रतियोगिता मा शनिबार प्रथम , द्धितिय , तृतिय स्थान हासिल गर्न सफल छात्रछात्राहरुलाई संस्कृति पर्यटन तथा खेलकुद मन्त्री जीवनराम श्रेष्ठद्धारा पुरस्कार तथा सम्मान पत्र प्रदानपछि आइतबार भाबुक हुदै बैकुण्ठ मानन्धरले भन्नुभयो ,हाम्रो पालामा यति धेरै सम्मान कहाँ ? उहाँले पढ्नुभएको स्कुल शान्ति निकुञ्ज पुर्व विद्यार्थी संघको २५ औं वर्ष गाँठको अवसरमा आयोजित दौड प्रतियोगितामा प्रथम हुनुहुने छात्र तर्फ विश्वराम कुँवर, द्धितिय हुने अजय वि.क. ,तृतिय स्थान पाउनुहुने सोनाम शेर्पा हुनुभएको थियो त्यसैगरी छात्रा तर्फ अञ्जु खड्का ,सोनु घटानी र सरिता रम्तेललाई प्रथम द्धितिय र तृतियहुनुहुनेहरुलाई रु. १० हजार ७ हजार र ५ हजारको नगद पुरस्कार सहित सम्मान गरिएको थियो । पुर्व विद्यार्थी संघका अध्यक्ष विरेन्द्रभक्त प्रधानाङको सभापतित्वमा आयोजित सो सभामा विश्व प्रसिद्ध अल्ट्राधाविका सुनमायाँ बुढालाई एक लाख एक सय पाँच रुपियाँ नगद सहितले सम्मान गरिएको थिायो भने भेट्र म्याराथन धावक शम्भुप्रसाद दाहाललाई अभिनन्दन गरिएको थिायो । सिप्रद्धि लगायत विभिन्न दाता व्यक्तित्वहरुको सहयोगमा आयोजिता बृहत म्यारथन धावक बैकुण्ठ मानन्धर दौड प्रतियोगीतामा सम्मानित र सम्मानदाता व्यक्तित्वहरुप्रति आभार व्यक्तगर्दै म्याराथन धावक बैकुण्ठ मानन्धरले विगतलाई यसरी सम्झनुभयो ।
विगतको सम्झना
आमा क्यान्सर रोगले थला पारेकी थिई । उपचारपछि पनि रेडियो थेरापी गराइरहनुपथ्र्यो । आफुसंग कुनै आयश्रोत थिएन । आफुले जानेको एक मात्र काम दौडनु मात्रै थियो । दौडिएर सुको आम्दानी हुँदैनथ्यो । उल्टै पोषण नपुगे सुकेनास लाग्ने डर । दोधारकै बेला.०३७÷०३८ सालतिर पाकिस्तानमा आयोजित म्याराथुनमा पहिलो पल्ट भाग लिने मौका पाएँ , काइदेआजम अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितमा । सो दशहजार मिटरको दौडमा म पहिलो भएँ । मेरो खुसिको सिमा रहेन, किनकी पहिलो लक्ष्य भेटटाएको त्यो दिन थियो मेरो जीवनको । अन्तराष्ट्रिय १० हजार मिटरको म्याराथुनमा भाग लिई पहिलो हुने नेपालको पहिलो खेलाडीपनि म नै भएँ । तर मलाई देशभित्र कुनै सम्मान दिइएन, आफैं खुसी हुनु बाहेक । त्यत्तिबेला छोराले दौडिएर नाम राखेछ भन्ने आमालाई थाह भएपनि अण्डा माछाको सगुन दिनुपर्नेगरी शिल्ड ल्याएछ भन्ने चाहि थाह भएनछ । मन त्यसै मारें र चुपचाप बसें । भत्ता आदि गरेर एकहजार रूपिँया जत्ति बचाएको थिएँ । लक्ष्य भने जारी राखें । एक दिन अवश्य खेलकुदप्रति सम्मान हुनेनै छ भन्ने थानें । मैले बनाएको रेकर्ड कसैकोे दयामाया र भिख थिएन । खेलकुद मात्र यस्तो विद्या हो जहाँ सोर्सफोर्समा दिएको तक्माको कुनै मान रहदैन तर उल्टै रेकर्डमा दाहगरी वैकुण्ठेले दौडिएकै होईन भनेर लख काट्नेहरु पो देखिएछ तर मैले स्पष्टिकरण दिने आवशयकता थानिन । नेपाली सेनाले भने कदर स्वरुप हवल्दारमा प्रमोसन गरिदिए । त्यसभन्दा अगाडि सेना÷प्रहरीलाई दौडमा चुनौति दिन सक्ने सर्वधारण मै मात्र थिएँ । मपनि सेनामा गएँ । किनकी स्वतन्त्र खेलेर घर चलाउनै असम्भव थियो त्यतिखेर ।
ड्ड १) ४० सालमा पुनःपाकिस्तानमा आयोजित अन्तर्राष्ट्रिय खेलकुदमा पनि म प्रथम भएपछि दिनको एकसयको दरले महिनाको तीनहजार र खेलकुद परिषदले पाँचहजार दिएर खेलाडीको सम्मान गर्ने संस्कार थाल्यो । तत्कालिन सदस्य सचिव शरदचन्द्र शाहले सो सम्मानको थालनी गर्नुभएको हो ।
ड्ड २) ४२ सालमा नेपालमा आयोजित प्रथम साफ गेमले भने मेरो भाग्यको फैसला नै ग¥यो । नेपालमा आयोजित सो खेलमा पहिलो गोल्ड मेडल ल्याउने म्याराथुन धावक म हुन सफल भएँ
ड्ड ३ ) वङ्गलादेशमा आयोजित दोस्रो साफ गेममा नेपालको लागि एकमात्र गोल्ड मेडल ल्याई ४३ सालमा म चर्चाको शिखरमा पुग्न सफल भएँ ।
ड्ड ४) त्यसैसाल राजा विरेन्द्रबाट सम्मान र पुरस्कारबाट नेपालको प्रथम युवा पुरस्कार नगद १० हजार रूपिँयासहित गोरखा दक्षिणबाहु चौथो प्राप्त गरी सम्पूर्ण खेलाडीहरूको प्रेरणाको स्रोत म बन्न सफल भएँ ।
ड्ड ४) ४४ सालमा तेस्रो साफ गेम भारतको कलकत्तामा आयोजना हुँदा मैले दुई घण्टा १५ मिनेट ०३ सेकेण्डको म्याराथुनको रेकर्ड कायम गरी दक्षिण एसियाकै इतिहासमा ह्याट्रिक गर्न सफल भएँ । मैले २७ वर्ष अगाडि बनाएको म्याराथुन रेकर्ड अहिलेसम्म तोडिएको छैन् ।
ड्ड ५) ४६ सालमा पाकिस्तानमा आयोजित चौथो साफमा तेस्रोस्थानपछि मैले खेलकुदबाट सन्यास लिएँ ।
तत्कालिन खेल प्रमुख शरदचन्द्र शाहको सकारात्मक सोच खेलाडिलाई डाइट खर्च छुट्टयाउने, दौडदा पनि टर्निङ–टर्निङमापानी खुवाउनका लागि मान्छे राख्ने र विदेशबाट खेलेर फर्कदा एयरपोर्ट देखि नै स्वागत गर्दै माला÷अबिर पहि¥याएर ल्याउने परम्परा बसाल्नुभएको मलाई याद छ ।
खेलकुदमा प्रोत्साहन, व्यवसायिक प्रयोग ।
बङ्गलादेशको राजधानी ढाकामा आयोजित साफ गेममा खेलकुद प्रमुख शरचन्द्र शाहसंग नेपालको राष्ट्रिय भण्डा फिल्ड प्रवेश गर्दा आफुले बोक्न पाउनुपर्छ भनि अड्डी कसें । त्यसभन्दा अगाडि राष्ट्रिय झण्डा खेलाडीले होइन छुट्टै व्यक्तिलाई बोकाइन्थ्यो । खेलकुद प्रमुख शाहले के सोचे खै ल ल वैकुण्ठलाई नै दिउँ झण्डा । झण्डा बोकी मैले आर्मी पाराले खुटटा बजार्दै सलामी चढाएँ । मबाट प्रभावित हँुदै प्रमुख शाहले धाप मार्दै पाँचसय रूपिँया पुरस्कार दिनुभयो । प्रोत्साहनले सुकेको घाँसलाई अमृतको थुटुनोले चुठीदिए जस्तो हुन पुग्यो । मरुभुमिका प्यासीलाई पानीको कुवा । उचित तालिम र प्रोत्साहन दिने हो भने अहिलेपनि नेपालका कुनाकुनामा त्यस्ता खोलाडिहरु थुपै्र छन् । दर्शकहरूले ३६ वर्षिय नेपाली चितुवाको १८ वर्षे जोश भनि तारिफ गरे । गेम सकिएपछि रङ्गशाला बाहिर चिया पिउन गएँ । कलकत्ताकी चिया पसल्नीले मलाई अङ्गगालो हालेर स्वागत गर्नुभयो र माटोको गिलासमा दुधैदुधको चिया खुवाउदै मसँग फोटो लिई ठूलो सम्मान गरिन । खेलकुदकै भेट्रान्स खेलाडी ती महिलाले एक हजार आइसी रूँिपया मेरो खल्तीमा राखिदिईन । कारण मैले चिया पिउन गएको पसलमा थुप्रै मान्छेहरुले चिया खान गएपछि फाईदाको आधारमा मलाई खुशी भई त्यो रुपिंया दिएकी रहिछन् । मेरो देशभित्र भन्दा भारतीय जनता, पत्रपत्रिका, सञ्चारमाध्यमहरूबाट म प्रति देखाएको सद्भावले मलाई भावविह्ल नै बनायो । त्यसपछिभने नेपाल आएपछि राजा विरेन्द्रबाट विख्यात त्रिशक्तिपट्ट पनि प्राप्त गरें , भने खेलकुद प्रमुख शाहले पाँच हजार रुपियाँ र सरकारले पनि नगदसहित सम्मान गर्दा त्यसवर्ष २५ हजार रूपिँया नगद पाएको थिएँ मैले । त्यो पैसाले मेरो घरपरिवारमा अत्यावश्यक अभावलाई पुर्ति गर्न देखि विरामी आमालाई उपचार खर्चमा केहि राहत दिलाउने काम गर्यो । सोही साल सिङ्गापुरमा आयोजित म्याराथुनमा दोस्रो भएर दुई हजार डलर प्राप्त गरें । त्यसपछि भने मैले अब खेलेरै बाँच्न सकिने रहेछ भन्ने अनुभूति गर्न थालें । त्यसैगरी मैले खेलकुद परिषदमा सहायक प्रशिक्षकको रूपमा मासिक एकजार रुपियाँ पाउने गरी कार्यरत हुन पाएँ । खेलेरै खान पाईने भो भनेर के सोचेको मात्र थिएँ तर यहाँ पनि षडयन्त्र गरिएछ । शरदचन्द्र शाहले प्रशिक्षक भनि नियुक्त दिनु भनिएतापनि मलाई त त्यो तलब डाइट खर्च भनेर दिइएको रहेछ । एक वर्षपछि खर्च रोकिदा त्यो कुरा थाह पाएँ त्यो कुरा माथिल्लो तहसम्म पुगेछ । पुनः खेलकुद प्रमुख शाहले नै क्षतिपूर्ति वापत अधिकृत स्तरको नियुक्ति पत्र दिदै रङ्गशाला हेर्ने, दौडने जिम्मेवारी दिएर राख्नुभयो ।
सन् १९७६ मा क्यानाडाको मोन्ट्रियल, सन् १९८०मा मस्को,
सन् १९८४ मा लस एन्जल्स र सन् १९८८ मा सोलमा
सहित चारवटा ओलम्पिकमा सहभागि हुने एक मात्र नेपाली खेलाडी बन्न सफल भएँ म । मेरो जीवनमा सबैभन्दा गौरबको अनुभव भनेको दक्षिण एसियाली खेलकुदका सुरूका तीन संस्करण म्याराथनमा स्वर्ण पदक हासिल गर्न सक्नु नै हो । त्यहि स्वर्ण पदकले मेरो भविष्यको निर्धारण गरयो भने आज मेरो पहिचान नै दक्षिण यसियाली जिराफको उपनाउँ त्यहि सिल्डले दिलाएको हो ।
.दौडलाई खेलकुदको आमा भनेपनि हुन्छ बाबु भने पनि
म्याराथन वास्तवमा खुल्ला सडकमा लामो दुरी (४२कि.मीं १९५मी.) को दौड हो भने छोटो (२००, ४००, १०००,
१०००० आदि मिटर) दुरीको ट्रयाकभित्र दौडने प्रक्रियालाई म्याराथन भनिदैन । जुनसुकै खेलकुदमा पनि दौड अनिवार्य हुन्छ । तपाईं उसु खेल्नुहोस्, वा जिम्न्याष्टिक, फुटवल खेल्नुहोस्,वा खेल्दै नखेल्ने तर स्वास्थ्यका लागि पनि खेल्नु अगाडि दौडनुपर्छ । खेलाडीले जति घेरै दौडिएर शरीरलाई चुष्त राख्छ,त्यस्तै खेलमा परिणाम दिन्छ मलाई लाग्दछ ।
म म्याराथन धावक हुनुमा मेरो पुख्र्यौली नश्लको प्रभाव
म्याराथनको मार्मिक कथा
म्याराथुन खेलबारेको कथा निकै मार्मिक पाँए । करिब चारसय वर्ष अगाडि ग्रीसको राजधानी एथेन्सबाट ओलम्पिक शुरू हुनु अगाडिको कथन हो । ग्रीस र साइप्रसबीचको युद्धमा ग्रीसले विजय हासिल गरेछ । युद्धमा घाइते गं्रीसका म्याराथन नामक सेनाले राष्ट्रको झण्डा बोकेर खुसीको सन्देश देशका उच्च पदस्थलाई सुनाउन दौडदा युद्धस्थलबाट ४२ कि.मि. १९५ मिटरसम्म पार गरेको दुरीनै अन्तराष्ट्रिय दस्तावेज बन्न गएकोरहेछ । खुःशीको सन्देश त सेना म्याराथनले देशबासीलाई सुनाए तर उनको धपेडिको कारण देहान्त हुन पुगेछ । सोहि घटनाको स्मृतिमा सो दुरीको अन्तराष्ट्रिय मान्यता लिई थालिएको मानिन्छ । भनिन्छ,, नेवार समुदायभित्रको मानन्धर समुदाय पनि अलेक्जेण्डर महानका साथ ग्रीसबाट आएका इन्जिनियर मिलाण्डरका वंशज हुन रे । कथनुसार ग्रीसहुँदै युद्धमा भारत आएका मिलाण्डरहरूलाई त्यसै छोडेर अलेक्जेण्डर महान हिडेपछि हाम्रो वंशज नेपाल प्रवेश गरेको हो रे । भारत हुँदै नेपाल प्रवेश गरी शारीरिक रूपले कडा श्रम , जटिल बुद्धि खटाउनुपर्ने तेल पेल्ने, खट, रथ बाँध्ने इन्जिनियरिङको काम थालेका मिलाण्डर नै पछि मानन्धर भनिएको तथ्य मेरा हजुरबुवा तीर्थमान मानन्धरले सुनाउँनुहुन्थ्यो । युद्धमा प्राविधिक भई दौडने लक्ष्यण मेरापनि नश्लगत स्वभाव बन्यो होला तर मेरो मनमा म दौडन्छु र रेकर्ड राख्छु भन्ने प्रतिज्ञा उर्लिरहन्थ्यो त्यसैवेला । मेरो हजुरबुवा पनि कालिमाटीदेखि हेटौंडा सम्म खाद्य सामग्रीबोकेर हिडेरै पुग्ुनहुन्थ्यो । व्यापारको सिलसिलामा हजुरबुवासंग मपनि कयौं पल्ट हेटौंडा हिडेरै पुगेको छुँ । त्यसै बेलाको दोजपनि होला मलाई दौडनमा उत्प्रेरणा दिने कारक । तत्कालिन अवस्थादेखिनै मेरो भावना ग्रीस राष्ट्रप्रति आभारी भएपनि मन मेरो नेपालको राष्ट्रिय स्वाभिमानप्रति प्रतिवद्ध थियो । किनकी ग्रीस आख्यानको पुर्खा भूमि हो भने मेरो वर्तमान मातृभूमि नेपाल हो । फेरी जुन भुमिले मेरो पुर्खालाई जन्मायो, हुर्कायो र मेरो वंशजलाई मर्नपनि सिकायो त्यो तथ्यलाई विर्सिएर आख्यान भुमिको पछि लाग्नु मेरो लक्ष्य पटक्कै थिएन । तर ग्रिसका एक महान व्यक्तित्व को त्यागलाई मैले मेरो आख्यान भुमि नभएपनि सलाम गर्नै पर्छ र गरें बस । आज मेरै नाउँमा दौड प्रतियोगिता आयोजना गरी अबका खेलाडीहरुलाई अगाडि बढ्न प्रोत्साहित गरिएकोमा म धन्यधन्य भएको छुँ ।
( म्याराथन धावक बैकुण्ठ मानन्धरसंगको भलाकुसारीका आधारमा )

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal