आज :

यस्ता पुरुष हुन्छन महिलाको मन जित्न माहिर, तपाईंमा पनि छ त यस्ता गुण ? नभए थाहा पाउनुहोस

  • अनलाइन डबली

के तपाईं पनि कुनै युवती वा महिलाको मन जित्न चाहनुहुन्छ ? हरेक पुरुषले आफ्नो जीवनमा यस्तो कोही सम–वन–स्पेशल होस् भन्ने चाहन्छन् जसलाई उनीहरुले आफ्नो मन–मुटु दिन सकून् र भविष्यबारे योजना बनाउन सकून् ।

यसका लागि पुरुष आफूलाई मनपर्ने युवतीलाई प्रभावित पार्न असाध्यै कोसिस गर्छन् र कतिपट कुरा बन्न सक्दैन । कति पुरुषलाई लाग्छ कि युवतीहरु बाहिरी आवरणले प्रभावित हुन्छन् तर यस्तो फिटिक्कै होइन । वास्तवमा हरेक पुरुषमा यस्ता विशेषता हुन्छन् जुन युवती–महिलालाई निकै मनपर्छ ।

धेरैजसो युवती–महिलालाई जिम्मेवार, राम्रो सेन्स अफ ह्युमर भएका, आत्मविश्वासी, बुद्धिमान, परिपक्व र दयालु पुरुष मनपर्छन् । यद्यपि, यी गुण वा विशेषता हरेक युवतीका लागि भिन्न भिन्न हुनसक्छन् तर केही यस्ता चिज पनि छन् जुन हरेक युवतीलाई पुरुषमा मनपर्छ । यसबारे जानकारी लिऔँ ।

१. साँचो बोल्ने पुरुष
थुप्रै पुरुष कुरैपिच्छे महिलासँग झुटो बोल्ने गर्छन् जुन युवतीलाई फिटिक्कै मन पर्दैन । यदि तपार्ईंले कुनै कारणवश युवतीसँग झुटो बोल्नुभएको छ र त्यसबारे उनलाई पछि थाहा भयो भने त्यस उप्रान्त तपाईंको कुरामा उनलाई विश्वास नलाग्न पनि सक्छ । यस्तोमा कुरा सुरु हुनु अघि नै बिग्रने गर्छ त्यसैले कहिल्यै पनि झुटको सहारा नलिनुहोस् ।

२. इज्जत दिने पुरुष
हरेक युवतीलाई कुनै पनि सम्बन्धमा पुरुषबाट सम्मान चाहिन्छ । यदि तपाईं ती महिलालाई इज्जत गर्ने पुरुषमध्ये एक हुनुहुन्छ जसले सधैँ महिलासँग राम्रोसँग कुरा गर्नुहुन्छ भने तपाईं महिलाको पहिलो रोजाई बन्नसक्ने सम्भावना प्रचुर छ ।

३. नेतृत्व गर्नसक्ने
अनुसन्धानले बताए अनुसार धेरैजसो युवती ती पुरुषतर्फ आकर्षित हुन्छन् जसमा नेतृत्व गर्नसक्ने क्षमता हुन्छ । वास्तवमा नेतृत्वदायी गुण भएका पुरुषको आत्मविश्वास बलियो हुन्छ र उनीहरुमा जे पनि पाउने र गरेर देखाउने इच्छासमेत हुन्छ । त्यसैले पनि उनीहरु हरेकलाई मनपर्छ ।

४. भावना व्यक्त गर्ने पुरुष
धेरैजसो पुरुष आफ्नो भावना व्यक्त गर्न सहज हुँदैनन् त्यसैले पुरुषले कतै न कतै आफ्नो यो बानी सुधार्न प्रयास गर्नुपर्छ । अनुसन्धानले बताए अनुसार धेरैजसो पुरुषलाई यस्ता पुरुष मनपर्छ जो आफ्नो भावनालाई खुलेर बताउन सक्छन् । यसले कम्युनिकेसन ग्याप कम हुन्छ र एक–अर्कालाई बुझ्न सहज हुन्छ ।

५. फिटनेसमा रुची राख्ने पुरुष
कुनै युवतीलाई प्रभावित गर्नका लागि पुरुषले घण्टौँ जिममा गएर सिक्स प्याक बनाउन आवश्यक छैन । महिलालाई यस्ता पुरुष मनपर्छन् जसले आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्छन् । नियमित तालिका अपनाउने, स्वस्थ खानपिन गर्ने, नराम्रा बानीबाट टाढै बस्ने पुरुष युवतीलाई असाध्यै मनपर्छ ।

६. नयाँ कुरा सिक्न चाहने
महिलालाई यस्ता पुरुष पनि मनपर्छन् जसमा केही न केही नयाँ सिक्ने जुनुन हुन्छ । अब त्यो साहित्य, विज्ञान, कुकिङ्, पेन्टिङ वा कुनै प्रकारको खेल आदि पनि हुनसक्छ । यदि तपाईं पनि ती मानिसमध्ये एक हुनुहुन्छ जो सधैँ केही न केही नयाँ सिक्ने इच्छा राख्नुहुन्छ भने तपाईं युवतीको रोजाईमा हुनसक्नुहुन्छ ।

७. गल्ती स्वीकार गर्ने पुरुष
पुरुषहरु कुनै पनि कुरामा आफ्नो गल्ती छ भनेर स्वीकार गर्न हिच्किचाउँछन् । वास्तवमा, महिलालाई यस्ता पुरुष मनपर्छन् जसले गल्ती हुँदा स्वीकार गर्छन् । यदि तपाईंले आफ्नो गल्ती मान्नुहुन्नँ भने कुरा बिग्रनेछ र सम्बन्ध सुरु हुनु अघि नै समाप्त हुनसक्छ ।

८. आफूमाथि ध्यान दिने पुरुष
लुक्स कसैलाई प्रभावित गर्ने एक मात्र कारण होइन तर यदि कुनै पुरुषको ड्रेसिङ सेन्स राम्रो छ, सर–सफाईमा ध्यान दिन्छन् भने यस्ता पुरुष महिलालाई मनपर्छ ।

९. रोमान्टिक पुरुष
महिलालाई रोमान्टिटक पुरुष पनि मनपर्छन् । जस्तै जसले भावनात्मक रुपमा उसलाई साथ दिन्छ, समय दिन्छ, भेट्न जान्छ, खाना खुवाउन लिएर जान्छ, फोनमा राम्रोसँग कुरा गर्छ, सँगै समय बिताउँछ भने यस्ता पुरुष महिलालाई असाध्यै मनपर्छन् ।

१०. परिवार–साथीभाइसँग बस्ने पुरुष
यस्ता पुरुष जो आफ्ना परिवारलाई सँगै लिएर हिँड्छन्, यस्ता पुरुष महिलालाई मनपर्छ । महिलालाई प्रभावित पार्नका लागि मात्रै नभई पुरुषले आफ्नो परिवारलाई कुनै पनि अवस्थामा साथ र समर्थन दिनुपर्ने हुन्छ र परी आएको खण्डमा आफ्नो जिम्मेवारी उठाउनुपर्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal