आज :

भारतीय माओवादीले बार्षिकोत्सव मनाउँदै, ठूलो फौजी हमला हुन सक्ने (विज्ञप्तिसहित)

  • अनलाइन डबली

काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी)ले बार्षिकोत्सव मनाइरहेको छ । भाकपा माओवादीले सन् २००४ मा पार्टी स्थापना भएको दिनको सम्झनामा बार्षिकोत्सव मनाउँदै आएको छ । भाकपा (माले) पिपुल्स वार’ र ‘माओइस्ट कम्युनिस्ट सेन्टर’ बीच सन् २००४ मा एकता भएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) गठन भएको थियो । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले चारु मजुमदार र कन्हाई चटर्जीलाई संस्थापक नेताका रूपमा मान्छ ।

यही सन्दर्भमा भारतीय माओवादी पार्टीका प्रवक्ता अभयले एक विज्ञप्ति जारी गरेर सेप्टेम्बर २१ देखि २७ सम्म क्रान्तिकारी उत्साहका साथ सप्ताहव्यापी वार्षिकोत्सव मनाउन लागेको जानकारी दिएका छन् । उनले सबै उत्पीडित वर्ग, समुदायलाई बार्षिकोत्सव मनाउन आह्वान समेत गरेका छन् । यसैबीच विगतमा जस्तै बार्षिकाेत्सवको अबसरमा ठूला फौजी हमला हुन सक्ने बताइएको छ ।

विज्ञप्तिः २०२२, सेप्टेम्बर २१ देखि २७ गतेसम्म पार्टीको १८औं वार्षिकोत्सव क्रान्तिकारी उत्साहका साथ मनाऔं

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय समितिले पार्टीको सम्पूर्ण तह, जनछापामार सेना, क्रान्तिकारी जनसङ्गठनहरू र क्रान्तिकारी जनतालाई पार्टीको १८औँ वार्षिकोत्सव देशभरका ग्रामीण तथा सहरी क्षेत्रमा क्रान्तिकारी उत्साह र दृढ इच्छाशक्तिका साथ मनाउन आह्वान गर्दछ । पार्टी, देशका कुना–कुनामा जनआधार बढाउन, पार्टीलाई बलियो बनाउन र भारतमा जनयुद्ध अगाडि बढाउन र प्रतिक्रान्तिकारी रणनीतिक ‘समाधान’ प्रहार आक्रमणलाई परास्त गर्न आह्वान गर्दछ ।

पार्टीको केन्द्रीय समिति १८औँ वार्षिकोत्सवको अवसरमा पार्टीका प्रिय संस्थापक नेता कामरेड चारु मजुमदार र कामरेड कन्हाइ चटर्जीलगायत जनताको मुक्तिको लागि आफ्नो जीवन बलिदान गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाका साथ क्रान्तिकारी श्रद्धाञ्जली अर्पण गर्दछ । पेरू कम्युनिष्ट पार्टीका नेता कमरेड गोन्जालो, फिलिपिन्स कम्युनिस्ट पार्टीका प्रवक्ता कमरेड का ओरिस र ग्यालिसिया माओवादी कम्युनिस्ट पार्टीका संस्थापक नेता कमरेड मार्टिन नया जस्ता नेतृत्व तहमा रहेका थुप्रै कमरेडहरूको सहादतले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुर्याएको छ ।

जनछापामार सेनाका घाइते योद्धाहरूप्रति केन्द्रीय समिति गहिरो हार्दिकता प्रकट गर्दछ र उहाँहरूरू छिट्टै निको भई जनयुद्धको मैदानमा उत्रिने विश्वास व्यक्त गर्दछ । क्रान्तिको रातो झण्डा बोकेर कारागारमा बन्दी अवस्थामा रहनुभएका बसेका वरिष्ठ नेता पोलिट ब्युरो सदस्य कमरेड कमरेड किसनदा, केन्द्रीय समितिका कमरेडहरू सिलाडी, कञ्चनदा, कृष्णमूर्ति र विजयकुमार आर्यलगायत सबै कामरेडहरूप्रति केन्द्रीय समिति क्रान्तिकारी अभिवादन प्रकट गर्दछ । शत्रुको चरम फासिवादी आक्रमणका बीचमा पार्टीको १७ औँ वार्षिकोत्सवको अवसरमा गत वर्ष निर्धारित गरिएका कार्यहरू पार्टीका जनसङ्गठनहरू, जनमुक्ति छापामार सेना र रणनीतिक र कार्यनीतिक संयुक्त मोर्चाले पूरा गर्न जसरी निरन्तर प्रयास जारी राखेका छन्, यो महत्वपूर्ण पक्षहरूमध्येको एउटा मुख्य पक्ष हो ।

वैचारिक सामथ्र्य, राजनीतिक शिक्षा, सैन्य सीपको विकास, जनताको राज्यसत्ता र जनसङघर्षका संयन्त्रहरू विस्तार गर्ने जस्ता सबै क्षेत्रमा सापेक्षित विकास भएको छ । क्रान्तिकारी जनसत्ताका अङ्गहरूले जिल्ला तहसम्म काम गरिरहेका छन् र विकासको वैकल्पिक मोडललाई भ्रूणको चरणका रूपमा गति दिएका छन् । यी सबै क्षेत्रमा अझै धेरै उपलब्धी हासिल गर्न बाँकी छ ।

मुलुक अहिले संस्थागत सैन्यीकरण विरुद्ध ‘चोतर्फी जनआन्दोलन’ को साक्षी रहेको छ । गत वर्ष छत्तीसगढको सिलिङ्गरबाट सुरु भएको सङ्घर्ष भारतमा मात्र नभएर विश्वमै जनसङ्घर्षको प्रतिक बनेको थियो । तेलङ्गानाका आदिवासीहरू आफ्नो पोडु भूमि जोगाउनका लागि वर्षौँदेखि लडिरहेका छन् । क्रान्तिकारी आन्दोलनसित सम्बद्ध सबैजसो क्षेत्रमा सङ्घर्षहरू भए । जनसङघर्षको क्रममा पार्टीले सशस्त्र सङ्घर्षका माध्यमबाट राजनीतिक सत्ता कब्जाको राजनीतिक प्रचारप्रसारको प्रयासलाई निरन्तरता दियो ।

अन्तर्राष्ट्रिय परिस्थितिको कुरा गर्दा साम्राज्यवादी आर्थिक र वित्तीय सङ्कट गहिरिँदै गएको छ । साम्राज्यवादीहरूले सङ्कटबाट मुक्त हुन र आफ्नो शक्ति सन्तुलनअनुसार विश्वलाई विभाजन र शोषण गर्न विश्वव्यापीकरणको नीतिहरू बढीभन्दा बढी लागू गरिरहेका छन् । धनी र गरिबबीचको विभेदमा अभूतपूर्व वृद्धि भएको छ । पिछडिएका एसियाली, अफ्रिकी र ल्याटिन अमेरिकी मुलुकहरू पूर्णरूपमा परनिर्भर मुलुक बन्न पुगेका छन् । युक्रेन युद्धले खाद्यान्न, बेरोजगारी र अन्य कुराको सङ्कटलाई तीव्र बनाएको छ । साम्राज्यवाद र उत्पीडित राष्ट्र र जनताबीचको अन्तर्विरोध झनै चर्किएको छ । साम्राज्यवादीहरूबीच फेरि शीतयुद्ध सुरु भएको छ । नाटो, क्वाड र औकुस जस्ता गठबन्धनका आधारमा अमेरिकाले शक्ति पुनर्गठन गर्न खोज्दा हरेक क्षेत्रमा अमेरिका र रुसचीन बीच युद्धको परिस्थिति बनेको छ ।

भारतमा हिन्दुत्ववादी फासिवादी मोदी सरकारले भूमण्डलीकरणको नीति अँगालेको छ र आत्मनिर्भरताको नारा लगाउँदै भारतलाई ‘आश्रित’ बनाएको छ । लोकतान्त्रिक अधिकारको दमन मुलुकमा सामान्य कुरा भइसकेको छ । शोषण, उत्पीडन, दमन र भेदभाव जारी रहेसम्म उत्पीडित वर्ग, तप्का र जातजातिहरूले वर्गसङ्घर्ष जारी राख्नेछन् । एक वर्षसम्म चलेको भीषण किसान सङ्घर्षलाई देशले देखिसकेको छ, जसका कारण मोदी सरकार तीनवटा कृषि ऐन फिर्ता लिन बाध्य भएको थियो । ब्याङ्क, बिमा कम्पनी र अन्य सार्वजनिक तथा निजी क्षेत्रका श्रमिक र कर्मचारीहरू निजीकरण विरुद्ध सङ्घर्षको बाटोमा छन् । देशका सबै उत्पीडित वर्ग, जातजाति र विभिन्न तप्काहरू फासिवादी शासनको विरुद्ध जुर्मुराएका छन् ।

मुलुकको यस किसिमको स्थितिबीच पार्टीको १८औँ वार्षिकोत्सवको अवसरमा भाकपा (माओवादी)को केन्द्रीय समिति, वर्गसङ्घर्ष र जनसङ्घर्षको विकास गर्दै दीर्घकालीन जनयुद्धको बाटोमा दृढताका साथ अघि बढ्ने प्रतिबद्धता जनाउँछ ।

  • जनमेलबाट

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal