आज :

चीन र रुसका राष्ट्रपतिबीच भेटः युक्रेन- ताइवान साझा समस्या भन्दै मिलेर लड्ने सहमति, अमेरिका तनावमा

  • अनलाइन डबली

काठमाडौँ । चीन र रुसका राष्ट्रपतिबीच भेटवार्ता भएको छ । कोरोना महामारी पहिलो पटक विदेश भ्रमणमा निस्किएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच विहीबार उज्बेकिस्तानाको समरकन्दमा भेटवार्ता भएको हो । साङ्घाई सहकार्य सङ्गठनको सम्मेलनको अवसरमा दुबै देशका समकक्षीले उच्च अधिकारीसँगै भेट गरेका थिए ।

चिनियाँ संचारमाध्यमहरुका अनुसार रुसी राष्ट्रपति पुटिनले चिनियाँ राष्ट्रपति सीलाई युक्रेन मामिलामा बेइजिङको सन्तुलित अडानका लागि धन्यवाद दिएका थिए । युक्रेनमा सैन्य कारवाही पछि दुबै देशका राष्ट्रपतिबीच पहिलो भेटवार्ता भएको हो । पुटिनले एकल ध्रुविय विश्व अन्त्य भएको समेत बताएको बताइएको छ ।

भेटमा युक्रेन र ताइवान विवादबारे पहिरो छलफल भएको बताइएको छ । रुसले युक्रेनमा सैन्य कारवाहीलाई मौन समर्थन गर्दै आएको चीनले ताइवानमा मामिलामा पनि रुसको साथ खोजेको र पुटिनले ताइवानबारे चीनको धारणा नै आफ्नो धारणा भएको बताएको रुसी संचारमाध्यमहरुले बताएका छन् । साथै, राष्ट्रपति सीले चीनले ठूला शक्तिका रूपमा रुससँग सहकार्य गर्न खोजेको बताएको बताइएको छ ।

दुबै देशका समस्यालाई साझा समस्या मान्दै सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरिएको बताइएको छ । चीनले ताइवानमा हमला गर्ने अवस्थामा रुसले सहयोग गर्ने र युक्रेन मामिलामा सहयोग गर्न चीनले रुससँग इन्धन व्यापार बढाउने प्रतिबद्धता जाहेर समेत गरिएको रुसी संचारमाध्यमहरुले समाचार सम्प्रेशण गरेका छन् । युक्रेन र ताइवान रुस र चीनका साझा समस्याकाे रुपमा परिभाषित गर्दै मिलेर लड्न सैद्धान्तिक सहमति भएको छ । युक्रने मामिलामा चीनले रुसलाई सहयोग गर्ने र ताइवानमा रुसले । सैन्य रुपमा मात्रै नभएपनि जसलाई जहाँ अप्ठ्यारो पर्छ त्यही सहयोग गर्ने दुई नेताबीच सहमति भएको बताइएको छ ।

यसअघि पनि दुबै देशका सैनिकबीच दुई चरणमा युद्धअभ्यास भइसकेको छ भने फेरि नयाँ स्तरको युद्धअभ्यासको तयारी भइरहेको छ ।
शितकालिन ओलम्पिकको अबसरमा सी र पुटिनबीच भेट भएको थियो । सो भेटपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा द्विपक्षीय सम्बन्धको कुनै सीमा नभएको बताएका थिए । जसको केही दिनमा रुसले युक्रेनमाजि सैन्य कारवाही गरेको थियो । चीनले सुरुदेखि नै युक्रेनमाथिको सैन्य कारवाहीलाई सार्वभौमिकतासँग जोड्दै आएको छ ।

युक्रेन र ताइवान मामिलामा रुस र चीनको एउटै धारणा बनेपछि अमेरिका तनावमा परेको बताइएको छ । यसअघि पनि रुसलाई सहयोग नगर्न चीनलाई अमेरिकाले चेतावनीको भाषामा आग्रह गरेको थियो । चीनले त्यसको सुनुवाई नगरी इन्धन व्यापार र युद्धअभ्यास गरिरहेको छ ।
विश्वका सुपर पावर रुस र चीन मिलेर आएमा आफूहरुको विश्वबाटै हार हने भन्दै पश्चिमा देशहरु विगतदेखि सी र पुटिनबीचको समबन्धलाई चाँसोको साथ हेरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal