आज :

सबैको भागाभाग हुनेगरी शक्तिशाली भूकम्प, ५ जनाको मृत्यु पुष्टि, कयौ घर भत्किए

  • अनलाइन डबली

एजेन्सी । पपुवा न्युगिनीमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

आइतबार बिहान आएको ७ दशमलब ६ म्याग्निच्युडको भूकम्पमा धेरै घरहरु भत्किएका छन् । भूकम्पपछि केही सडक खण्डमा धाँजा फाटेका छन् भने पहाडमा पहिरो गएको छ ।

संसद सदस्य केसी सवाङले दुर्गम पहाडी गाउँमा कम्तीमा दुई जनाको ज्यान गएको र अन्य चारजनालाई गम्भीर अवस्थामा हेलिकोप्टरबाट अस्पताल लगिएको जानकारी दिए । नजिकैको वाउमा कोरगांको एउटा खानीमा पुरिएर तीन जना कामदारको मृत्यु भएको छ ।

‘त्यहाँ व्यापक क्षति भएको छ’, केसी सवाङले भने, ‘पहिरोले घरहरू पुरिएका छन । एउटा गाउँसँगको सम्पर्क बिच्छेद भएको छ ।’ भूकम्पले गरेको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी नै छ ।

यस्तै ट्युनिसियाको तटमा भएको डुंगा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन् । ट्युनिसियाको तटरक्षकले ३७ आप्रवासीलाई इटालीतर्फ लैजाँदै गरेको डुंगा मंगलबार डुबेपछि १४ जनाको उद्धार गरेको छ ।

शनिबार राति थप पाँच शव फेला परेपछि मृतकको संख्या ११ पुगेको सरकारी सञ्चार माध्यमा टीएपीले जनाएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन आइओएमका अनुसार भूमध्यसागर पार गर्ने क्रममा यस वर्ष१ हजारभन्दा बढी आप्रावासीको मृत्यु भएको छ ।

ट्युनिसियाली डुंगा स्फ्याक्स क्षेत्रबाट प्रस्थान गरेको थियो । डुंगा महदिया नजिकैको तटबाट करिब ४० माइल अगाडि डुबेको थियो । विभिन्न देशबाट गैर कानुनी रुपमा युरोप र उत्तर अमेरिका पुग्ने क्रममा वर्षेनी सयौँको अकालमा ज्यान जाने गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal