आज :

पुटिनले खेरसनमा पठाए खरतनाक नयाँ हतियार, रुसी सेनाले खेरसन पूरै कब्जामा लिन दाबी

  • अनलाइन डबली

काठमाडौँ । केही दिनदेखि भिषण लडाइँ जारी रहेको युक्रेनको खरसनमा रुसले नयाँ हतियार पठाएको छ । रुसी सेनाले जारी गर्दै अहिलेसम्म प्रयोग नभएका शक्तिशाली रकेट मोटार, मिसाइल सिस्टम खेरसन पठाएको बताएको छ । खेरसन युक्रेनको क्षेत्रिय राजधानी हो । रुसी सेनाले युक्रेन हमलाको केही हप्तामै खेरसन कब्जामा लिएको थियो ।

युक्रेन र पश्चिमा लडाकुहरु रुसी सेनालाई धपाउन भन्दै अत्याधुनिक हतियारसहित खेरसनमा लडिरहेका छन् । युक्रेनले सडक, विद्युत, पुल, खानेपानीलगायतका संरचनामाथि हमला गरेर रुसी सेनालाई अघि बढ्न नदिने प्रयासमा छ । तर, रुसी सेना आफै त्यस्ता भौतिक संरचना निर्माण गर्दै अघि बढिरहेको छ ।

केही हप्ताअघि युक्रेन अमेरिकाले दिएको हिमार्स मिसाइलले खेरसनस्थित एयरपोर्टमा हमला गरेको थियो । त्यहाँ रुसको ठूलो क्षति भएको दाबी युक्रेन गरेको थियो । तर, त्यसको केही दिनमै रुसी सेनाले हिमार्स मिसाइल सिस्टम तैनाथ गरेका स्थानमा भिषण हमला गर्यो । चार हिमार्स मिसाइल सिस्टम ध्वस्त पारेको र त्यहाँ तैनाथ विदेशी ५३ सहित २ सय सैनिक मारिएको रुसी रक्षा मन्त्रालयले बताएको थियो ।

पछिल्ला दिनमा फेरि नेटो र ईयूले दिएका हतियार खेरसनमा तैनाथ गरेर युक्रेनी सेनाले भिषण हमला गरिरहेको छ । उक्त हमलाबाट रुसी पक्षतर्फ क्षति पुगेको र रुसी सेना केही पछि हटेको बताइएको छ । रुसी सेना पछि हटेको भन्दै युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरु विजयी भइरहेको बताएका थिए । युक्रेनी सेनाले खेरसनको एक गाउँमा आफ्नो देशका झण्डा गाडेको फोटो सार्वजनिक गरेको थियो । जुन रुसी सेनाको कब्जामा थियो ।

रुसी सेनाको लागि हतियार लिएर खेरसन जाँदै गरेका गाडीहरुको लामो लाइन सहितको भिडियो रुसले जारी गरेको छ । केही पछि हटेको रुसले फेरि अत्याधुनिक र अपग्रेड हतियार खेरसनमा पठाएको छ । यो सँगै खेरसनमा फेरि भिषण लडाइँ हुने बताइएको छ । रुसले अब पूरै खेरसन कब्जामा लिन सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छने । उता युक्रेनले पनि खेरसनमा शक्ति थप गरेको छ । पश्चिमा देशबाट आएका लडाकुलाई खेरसन पठाएको बताइएको छ । राष्ट्रपति जेलेन्स्कीले खेरसनकै लागि भनेर नेटोसँग सहयोग मागिरहेका छन् ।

युक्रेनको अर्को महत्वपूर्ण खारकीभमा पनि लडाइँ भिषण छ । रुसी सेनालाई पछि धकेल्न युक्रेनले शक्ति केन्द्रीत गरेर हमला सुरु गरेको थियो । त्यसले पनि अघि बढ्न हमला तेज बनाएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal