आज :

दार्चुला पहिरोमा परि ५ जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट अस्पताल लगिँदै

  • अनलाइन डबली

काठमाडौँ । गएरातीको भीषण वर्षापछि दार्चुलामा गएको बाढी पहिरोमा परि ५ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । दार्चुलाको नौगाढ गाउँपालिका वडा नम्वर १ सल्लामा २ जनाको मृत्यु भएको छ भने वडा नम्बर १ मा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वडा नम्बर १ की ३७ वर्षीया जानकी ठगुन्ना, १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्की रहेको नौगाढ गाउँपालिकाका उपाध्यक्ष जगतसिंह ठगुन्नाले जानकारी दिए ।

सो घटनामा परि घाइते भएका ६ जनामध्ये ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट धनगढी पठाइएको छ । पहिरोका कारण वडा नम्बर २ मा १५ घर, विद्यालय, पानी घट्ट लगायत पूर्ण रुपमा क्षति भएको उपाध्यक्ष ठगुन्नाले बताए ।

पहिरोले ती घरका पशु चौपाया, अन्नपात, धनसम्पत्ति केही बाँकी नरहेको उनले बताए । बेपत्ता भएकाहरुको खोजी भइरहेको उनको भनाई छ ।

यता दार्चुलाकै महाकाली नगरपालिकामा पनि पहिरोका कारण ठूलो क्षति भएको छ । यहाँ २ जनाको शव भेटिएको छ भने अन्य ७ जना वेपत्ता भएका छन् । महाकाली नगरपालिका–१ की ४३ वर्षीया मनमती कार्की र वडा नम्बर २ बस्ने ७७ वर्षीय नन्दराम बोहोराका शव भेटिएको छ ।

स्थानीय तहसँग समन्वय गरेर ४ जना सिकिस्त घाइतेहरुको उपचारका लागि हेलिकप्टरबाट धनगढी अस्पताल लगिएको र अन्य घाइतेहरुको पनि अवस्था हेरेर हेलिकप्टरबाट अस्पताल लाने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

घाइतेहरू तथा घरबार गुमाएका परिवारलाई स्थानीय तहसँग समन्वय गरेर राहत उपलब्ध गराउने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal