आज :

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता हुँदै, यस्तो छ तयारी

  • अनलाइन डबली

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को हप्ता उज्वेकिस्तानमा भेट हुने भएको छ । रुसी सरकारी समाचार एजेन्सी ताससँगको कुराकानीमा बेइजिङका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले बुधबार यो जानकारी दिएका हुन् ।

डेनिसोभका अनुसार आगामी साता सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनम भाग लिन जाँदा दुई नेताको भेट हुनेछ । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा हुने पुटिन र सीको भेट युक्रेनमा रुसी आक्रमण शुरु भएपछिको पहिलो प्रत्यक्ष भेटघाट हुनेछ ।

साथै सीको उज्बेकिस्तान भ्रमण कोरोनाभाइरस महामारी शुरु भएपछि सीको पहिलो विदेश यात्रा पनि हुनेछ । एससीओ शिखर सम्मेलन सेप्टेम्बर १५ र १६ सम्म समरकन्दमा हुनेछ ।

यता भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले बुधबार तमिलनाडुको कन्याकुमारीबाट ‘भारत जोडो’ यात्राको सुरुवात गरेका छन् । र्यालीले देशमा बढ्दो बेरोजगारी, महंगी र राजनीतिक केन्द्रीकरणमाथि प्रकाश पार्ने र राजनीतिक ‘घृणाको वातावरण’ विरुद्धको उद्धेश्य लिएको कांग्रेसले बताएको छ ।

३,५७० किलोमिटर लामो यात्रा करिब पाँच महिनासम्म चल्नेछ र यसले १२ राज्य र दुई केन्द्र शासित प्रदेशलाई समेट्नेछ । सन् २०२४ को लोकसभा चुनावअघि हुन लागेको यस यात्रालाई कंग्रेसले भारतको स्वतन्त्रतापछिको सबैभन्दा ठूलो जन–सम्पर्क अभ्यास बताएको छ । साथै पार्टीले भारतको राजनीतिक इतिहासमा ‘टर्निङ प्वाइन्ट’ हुने दावी गरेको छ ।

यात्रा सुरु गर्नुअघि, गान्धीले बुधवार तमिलनाडूमा श्रीपेरुम्बदुरमा आफ्ना पिता तथा पूर्व प्रधानमन्त्री राजीव गान्धीको स्मारकको भ्रमण गरे । राजीव गान्धी मे २१, १९९१ मा यही स्थानमा मारिएका थिए । श्रीलंकामा जारी द्वन्द्वमा भारतको संलग्नताको विरोधमा विद्रोही तमिल विद्रोहीकी एक सदस्यले बेल्टमा बारुद्ध राखेर आत्मघाती विस्फोटमार्फत राजीवको हत्या गरेकी थिइन् ।

‘मैले मेरो बुबालाई घृणा र विभाजनको राजनीतिमा गुमाए । म मेरो प्यारो देशलाई पनि यसमा गुमाउने छैन । प्रेमले घृणा जित्नेछ । आशाले भयलाई पराजित गर्नेछ । हामी सबै जित्नेछौं,’ गान्धीले आफ्नो पितालाई श्रद्धाञ्जली अर्पण गरेको तस्बिर सहित ट्वीटरमा लेखेका छन् ।

त्यसपछि राहुलले कन्याकुमारीमा आयोजित कार्यक्रममा भाग लिए, जहाँ तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिन, उनका राजस्थानका समकक्षी अशोक गहलोत र छत्तिसगढका मुख्यमन्त्री भूपेश बघेल उपस्थित थिए । यात्राको शुभारम्भ कार्यक्रममा स्टालिनले राहुललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा भारतका विभिन्न स्थानका कंग्रेसी नेता तथा कार्यकर्ता कन्याकुमारी पुगेका थिए ।

गान्धीलगायत उनीसँग यात्रामा भाग लिने समर्थकहरुले दैनिक २२ देखि २३ किलोमिटर हिँड्ने योजना रहेको पीटीआईले लेखेको छ । गान्धीको नेतृत्वमा, कांग्रेस कार्यकर्ता र नेताहरूले हरेक दिन बिहान ७ बजेदेखि साँझ ६ः३० सम्म दुई समूहमा हिँड्नेछन् ।

यात्राका क्रममा सहभागीहरू तिरुवनन्तपुरम, कोच्ची, निलाम्बुर, मैसूरु, बेल्लारी, रायचुर, विकरावाद, नान्देड, जलगाउँ, इन्दोर, कोटा, दौसा, अलवर, बुलन्दशहर, दिल्ली, अम्बाला, पठानकोट र जम्मू हुँदै श्रीनगरसम्म पुग्नेछन् ।

‘जनतासँग सिधै सम्पर्क गर्ने बाहेक सरकारले हाम्रा सबै बाटो बन्द गरिदिएको छ,’ तमिल नाडु जानुअघि दिल्लीको र्यालीमा गान्धीले भनेका थिए । ‘संसदको माध्यम छैन । कांग्रेस नेता, विपक्षी र जनताले संसदमा भाषण गर्न पाउँदैनन् । हाम्रो माइक बन्द छ । हामी चीनको आक्रमणको बारेमा कुरा गर्न चाहन्छौं तर गर्न सक्दैनौं । हामी बेरोजगारीको बारेमा कुरा गर्न चाहन्छौं, तर हामी त्यसो गर्न सक्दैनौं । मुद्रास्फीतिको बारेमा कुरा राख्ने ठाउँ राखिएन,’ राहुलले भने ।

कांग्रेस नेता जयराम रमेशले ‘भारत जोडो’ पदयात्रा भारतीय राजनीतिको ‘परिवर्तनकारी क्षण’ हुने भन्दै यसले र कांग्रेसको पुनरोत्थानमा पनि सघाउने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal