आज :

रुसले युरोपमा ग्यास आपूर्ती गर्ने मुख्य पाइपलाइन बन्द गर्यो, युरोपभर हाहाकार मच्चिने

  • अनलाइन डबली

काठमाडौँ । रुसले युरोपमा ग्यास आपूर्ती गर्ने मुख्य पाइपलाइन बन्द गरेको छ । युक्रेनलाई लिएर युरोपले आफूविरुद्ध प्रतिबन्ध लगाएपछि रुस आक्रोसित भएको छ । उसले युरोपमा ग्यास आपूर्ती बन्द गर्ने चेतावनी दिँदै आएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार नर्ड स्ट्रिम १ पाइपलाइनमार्फत हुने ग्यास आपूर्ती रुसले बन्द गरेको हो । तर, रुसी सरकारको स्वामित्वमा रहेको ऊर्जा कम्पनी गाजप्रोमले मर्मत सम्भारका लागि आपूर्ति तीन दिनका लागि रोकेटको जनाएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

नर्ड स्ट्रिम पाइप लाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर–पूर्वी जर्मनीसम्म बाल्टिक सागरमुनि १२ सय किलोमिटर फैलिएको छ । सन् २०११ मा खुलेको यो पाइपलाइनमा रुसबाट जर्मनीमा दैनिक एक सय ७० मिलियन क्युबिक मिटर ग्यास आपूर्ति हुन्छ । रुसले पाइपलाइनमा प्राविधिक समस्या आएको भन्दै अहिले २० प्रतिशत क्षमतामा सञ्चालन गरिरहेको छ । युक्रेनमा रुसले गरेको सैन्य कारवाहीलाई लिएर ईयूले चालेको कदमपछि रुसले ग्यास आपूर्ती कटौती गरेको थियो ।

पश्चिमा देशले युक्रेनमाथिको आक्रमणपछि आफूमाथि प्रतिबन्ध लगाउने देशहरूलाई सजाय दिन रुसले ग्यास आपूर्ति रोकेको आरोप लगाएका छन् । रुसले त्यसलाई अस्वीकार गर्दै प्राविधिक मर्मतका कारण आपूर्ति रोकेको प्रतिक्रिया दिएको छ । तीन दिनका लागि मुख्य पाइपलाइन मार्फत आपूर्ति रोक्नु ग्यासको मूल्य बढाउन खोज्नु रहेको भन्दै युरोपेली देशले चिन्ता व्यक्त गरेका रोयटर्सले जनाएको छ ।

युरोप रुसी ग्यासमा निर्भर छ । रुसले ग्यास आपूर्ती नगरे युरोपमा हाहाकार मच्चिन सक्ने चिन्ता बढेको छ । दिनको लागि भनेर गरिएको ग्यास आपूर्ती सुचारु नभए अहिले नै युरोपमा हाहाकार मच्चिन सक्ने बताइएको छ ।  रुसले ग्यास, अन्न आपूर्ती कटौती गरेसँगै युरोपमा सरकारविरुद्ध विरोध प्रदर्शन पनि जारी रहेका छन् । महंगी बढेको छ भने युरोपमा सरकार विरोधी प्रदर्शन बढ्दै गएको छ । प्रदर्शनकारीहरुले युक्रेनका कारण रुससँगको सम्बन्ध बिगार्न नहुने बताउँदै आएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन दुई पटक युक्रेन पुगेर रुसविरुद्ध खुलेर लागेपछि संकट परेका हुन् । उनले प्रधानमन्त्रीबाट राजिनामा दिन पर्यो । अहिले नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु भएको छ । त्यस्तै, जर्मनीमा पनि सरकार ढलेको छ । त्यहाँ पनि नयाँ प्रधानमन्त्रीको निर्वाचन हुँदैछ ।

त्यसैगरी जर्मनीमा हजारौं नागरिक सरकारविरुद्ध सडकमा निस्किएका छन् । उनीहरुले अमेरिकाको पछि लाग्न छोड्न, रुस ग्यास सहज ढंगबाट आयत गर्न, अमेरिकी ग्यास घातक भएको भन्दै आयत नगर्नलगायतका माग राखेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal