आज :

सर्केगाडमा १ सय १० घरधुरीलाई सोलार वितरण

  • एम.बी थापा

सिमिकोट । हुम्लाको मध्य भागमा रहेको सर्केगाड गाउँपालिका वाड नँँ. २ र ३ मा सोलार बितरण गरिएको छ । कर्णाली परदेशबाट प्राप्त कुल रु.२० लाख बजेटबाट वैकल्पिक उर्जा प्रवर्धन केन्द्र काठमाडौंबाट १ सय १० पिस सोलार खरिद गरि वितरण गरिएको ३ नं.उनपानीका वाड अध्यक्ष अखिल कार्की बताएका छन् । ३ नँ. वाडको गुसँ, खाँडालेख र औउल उनापानी गरि तीनवटा बस्ती छन् ।

उचित मौसम अनुसार खेतीपाती गर्ने भएकोले गाउँलेहरु बसाइँसराई गर्छन् । उपत्यका जस्तो लाग्ने यस ठाँउमा प्रसस्त आन्न फल्ने र कृषि योग्य जमिन भएको हुँदा गुसाँलेख पालिकाकै अन्नको भण्डार भनेर चिनिन्छ । दश वर्षे जनयुद्धको बेलाम पनि गुसँलेखको नाम निकै प्रख्यात थियो । औल उनापनी गाउँमा लघु जलविद्युत भएतापनि गुसँलेखलाई यसले धान्न सक्दैन र सम्भावना पनि छैन, किनकि यसको वाट क्यपासिटी कम छ । ईलाका प्रहरी चौकी सर्केगाडको रोबहरमा ३ नँ. उनपानीका वाड अध्यक्ष अखिल कार्कीले वाड नँ. २ लेख गाउँमा १२, सुइना गाउँमा ७, दलित समुदायलाई २० र औउल गाउँलाई ७१ पिसगरि ११० सोलार बितरण गरेका हुन् ।

आफ्नो सरकारले कसैलाई काख र कसैलाई पाख नलगाउने जिकिर गर्दै गुसँलेखमा बस्ने सम्पुर्ण बासिन्दालाई दोस्रो लटमा पुर्याउने अध्यक्ष कार्किले अनलाईन डबलीलाई बताए । सोलार कार्यक्रम तत्कालको लागि विकल्प मात्र हो अन्धकारबाट मुक्त गर्न दीर्घकालीन बाटो खोजिदैछ र हर प्रयास लागिरहेको कुरा पनि थपे । उपभोक्ता समितिका अध्यक्ष डिल बहादुर फडेर भन्छन्, अहिले ११० घरधुरी निकै खुशी छन् । बिगतमा सल्लाको लोइठो बालेर विद्यार्थीहरु पढ्ने गर्थे अब घर घरमा सोलार भयपछि विद्यार्थीहरुको पठन पाठनमा पनि निकै सहज हुने कुरा श्री देब कोटा आधारभुत बिद्यालयका शिक्षक धर्मा फडेराले जनाए । सबिकको गाबिस रकममा धुवाँ मुक्त गर्नेकोलागि चुलो बितरण कार्यक्रम थियो उक्त समयमा चुलो नपाएका घरधुरीले अहिले पहिलो प्राथमिकता दिइएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal