आज :

विद्युत् वाहनको चुम्बकीय क्षेत्र: नेपाली जनताको स्वास्थ्य जोखिम वा अफवाह?

  • अनलाइन डबली

Electromagnetic  Field Exposure सम्बन्धि राष्ट्रिय नीतिको आवश्यकता तथा कानून निर्माणसँग सम्बन्धित एक चिरफार ।
(विधुतिय संयन्त्र नजिक कार्य गर्ने मजदूर तथा विधुतिय गाडीमा कार्यरत जनसामान्यको स्वास्थ्यमा EMF exposure को सुरक्षा सम्बन्धि राष्ट्रिय नीति नभएकोले भविष्यमा पर्न जाने स्वास्थ्य खतराको मापन गर्ने ऐन र (National consensus) निर्माणका निमित्त दवाबमुलक लेख ।

एकजना विद्युतिय सवारी प्रयोग कर्ताले भनेः मैले हालै एउटा इलेक्ट्रिक कार किनेको छु।  मेरी ५  वर्षीय छोरी प्रायः मसँग स्कूल जन्छिन। मेरा ७०  वर्षीय बुबाअस्पताल जान मलाई निर्भर गर्नुहुन्छ । म आफैं दिनमा २-३ घण्टा कार चलाउँछु – घर, काम, बजार।
तर हामिले भन्यौंः “इभीमा बस्दा रेडिएशनले बच्चाको मस्तिष्क विकास रोक्छ, बुढाबुढीको मुटुमा असर पार्छ ड्राइभरलाई त क्यान्सर हुने सम्भावना हुन्छ  !”

अनि सोच्न बाध्य भएँ – “रेडिएसन भन्नाले के ? मेरो बुवा उहाँलाई हृदय रोग छ। के इभीले उहाँको पेसमेकर (pacemaker) मा असर गर्ला ? मेरो बच्चा अहिले त सानो छ आउँदा बर्षहरुमा ईभीको नियमित रेडिएसनको प्रभाव वा यस्तै कुनै EMISSION EXPOSURE ले उसको विकास र स्वस्थ्यलाइ त कतै असर गर्दैन ? मैं पनि नियमित driving गर्छु मलाई नै पो केहि खतरा होला कि ? यो रेडिएसन के होला यसको खतरा कस्तो होला थाहा पाउनै पर्छ”
यसो हेर्दा मेरा मित्र मात्र हैन मै पनि – लगभग म जस्ता धेरै आजकल यस्तै प्रश्नहरुमा ठोक्किने गर्दछु विशेषतः जो गाडी किन्ने सोच्दै हुनुहुन्छ वा नियमित गाडी चढ्ने मध्ये पर्दछन किनभने बजारमा विजुली गाडीहरुको संख्या दिनानुदिन बढ्दो छ।

इलेक्ट्रिक युगको सुरुवात, र नयाँ चिन्ता

धुवाँको मुस्लोबाट मुक्ति दिलाउने हरित अभियान अन्तर्गतको गाडीहरुक्लो विधुतीकरण नेपालको लागि एक ठूलो अवसर हो। तर नयाँ प्रविधिसंगै नयाँ  प्रश्नहरू पनि उत्पन्न हुने गर्दछन । मोबाइल संगै मोबाइल रेडियेशनको कुरा गर्दा जस्तै, अब इलेक्ट्रिक कारबाट उत्सर्जित हुने “चुम्बकीय क्षेत्र” (Magnetic Field) को चर्चा चल्न थालेको छ। आज हामी वैज्ञानिक तथ्यहरूको आधारमा यो विषयमा केहि गहन छलफल गरौँ।

सरकारले “हरित नेपालको नारा लगाएर EV ( विधुतिय गाडी ) लाई प्रोत्साहन गरिरहेको छ, तर यसको साथै एउटा गम्भीर प्रश्न उठिरहेको छ : “के यी वाहनहरूबाट उत्पन्न हुने चुम्बकीय क्षेत्र (Magnetic Field) ले नेपाली जनताको स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ?”

के हो यो ‘चुम्बकीय क्षेत्र’ भन्ने? सजिलो भाषामा बुझौँ
विद्युत् वाहनहरूमा प्रयोग हुने उच्च विद्युत् प्रवाह (खासगर मोटर, ब्याट्री, र चार्जिङ प्रणालीबाट) अत्यन्त निम्न आवृत्ति (Extremely Low Frequency – ELF) को चुम्बकीय क्षेत्र ( Magnetic Field – MF ) उत्पन्न हुन्छ।  अर्थात् सामान्य भाषामा यसलाई “ELF-MF” भनिन्छ। यो आयनीकरण हुने खालको उच्च सतर्कता अपनाउनु पर्ने किसिमको विकिरण (ionizing radiation) भने होइन, तर दीर्घकालीन रूपमा यस हलुका तर नियमित एक्सपोजरले स्वास्थ्यमा असर पार्न सक्ने वैज्ञानिक अध्ययनहरू छन्। जटिल शब्द तर सजिलो भाषामा एक्स्ट्रिमली लो फ्रिक्वेन्सी (ELF) म्याग्नेटिक फिल्ड।

साधारण भाषामा मानिस ठुलो बिजुलीको लाईन बाट टाढा बस्न चाहन्छन किनभने विधुतले करेन्ट नहान्ने ठाउँमा पनि earthing र magnetic field को प्रभावमा पर्नु स्वास्थ्यलाई राम्रो मानिँदैन। ELF-MF – यो तारहरूको नजिक सबैभन्दा बलियो हुन्छ र भोल्टेजका कारणले उत्पन्न हुन्छ – विजुली गाडीहरुमा निकै लामो वाइरिङ्ग (wiring) पेसेन्जर र ड्राइभर को ठिक मुनि र आसपास रहने भएकोले पेसेन्जर यसको प्रभावमा रहन्छ तथा गाडी धातुको बन्द साँघुरो कोठाजस्तो आकारको हुने भएकोले प्रायः यो इलेक्ट्रो म्याग्नेटिक फिल्डले बाहिर जान निकास पाउँदैन। उदाहरण को लागि – एक साधारण टाटा नेक्सन ईभी (मिडियम रेन्ज) को न्यूनतम भेरियन्टमा ३०.२ kWh ऊर्जा भण्डारण क्षमता हुन्छ। यसको अर्थ हो, ब्याट्रीमा जम्मा ३०,२०० वाट घण्टा (Wh) ऊर्जा भण्डारण भएको छ।  यदि कुनै चालकले १ घण्टाको अवधिमा २० किलोमिटर यात्रा गर्दा ब्याट्रीको ऊर्जा ७.५ kWh खर्च गर्छ भने, यसको अर्थ त्यो समयको औसत खपत दर ७.५ किलोवाट वा ७,५०० वाट हो।

उदाहरणका लागि तपाइँको घरमा रहेको मिक्सर , हेयर ड्रायर वा पंखा चलाउँदा जस्तो कमजोर चुम्बकीय प्रभाव बने जस्तै ठुला इलेक्ट्रिक कारमा, ठूलो ब्याट्रीबाट ठूलो मात्रामा बिजुली प्रवाह हुँदा यस्तै क्षेत्र बन्छ, र उच्च समया समयमा यसको उच्च प्रभाव समेत देखिन्छ खासगरी कार तीव्र गतिमा प्रवेग ( accelerate ) हुँदा वा ब्रेक ( brake ) लगाउँदा।अहिले सम्म, नेपाल सरकारले विद्युत् वाहनबाट उत्सर्जित इलेक्ट्रोम्याग्नेटिक फील्ड (EMF) को लागि कुनै पनि राष्ट्रिय सुरक्षा सीमा (exposure limit) वा अनिवार्य परीक्षण मापदण्ड लागू गरेको छैन। यसले गर्दा हजारौं नेपालीहरू — विशेषगरी ट्याक्सी चालक, डेलिभरी ब्वाइ, र दैनिक कम्युटरहरू — अज्ञात जोखिममा परिरहेका छन् ।के भन्छन् अन्तर्राष्ट्रिय अध्ययनहरू?विश्व स्वास्थ्य संगठन (WHO) ले 2002 मा ELF चुम्बकीय क्षेत्रलाई “सम्भावित मानव कार्सिनोजेन (Group 2B)” (अर्थात् सम्भावित क्यान्सर गराउन सक्ने सुचिमा) को रूपमा वर्गीकृत गरेको छ। यसको आधार बाल ल्युकेमिया (childhood leukemia) सँगको EMF को सम्बन्ध हो।
IARC (International Agency for Research on Cancer) को मेटा-एनालाइसिसले देखाएको छ कि 0.3–0.4 माइक्रोटेस्ला (µT) भन्दा माथिको दीर्घकालीन ELF-MF एक्सपोजरले बाल ल्युकेमियाको जोखिम 1.5–2 गुणा बढाउँछ।
युरोपेली संघ (EU), जर्मनी, स्विट्जरल्याण्ड, र भारत ले EV उत्पादनमा EMF सीमा लागू गरेका छन्। उदाहरणका लागि, ICNIRP (International Commission on Non-Ionizing Radiation Protection) ले सार्वजनिक एक्सपोजरको लागि 200 µT (50 Hz) लाई सुरक्षित सीमा मानेको छ।
भारतको AIS-049 मानकले EV को EMF उत्सर्जनलाई >ICNIRP सीमा भित्र राख्न अनिवार्य गरेको छ.
चीनको GB/T 18387 मानक पनि EMF सुरक्षाको लागि परीक्षण आवश्यक गर्छ।यी त भए अन्तराष्ट्रिय Standards हरु तर नेपालमा के छ त ?केही छैन । कुनै पनि EMF सीमा, कुनै पनि परीक्षण आवश्यकता, कुनै पनि निगरानी प्रणाली — शून्य। नेपालको वास्तविकता: कुनै मापदण्ड छैन, कुनै जवाफदेही छैन।  न विध्युतिय संयन्त्र रहेका उत्पादन संयन्त्र ( factories ) का लागि छ न त गाडी सवारीसाधनको सम्बन्धमा छ।नेपालमा कुनै पनि विद्युत् वाहनको EMF उत्सर्जन सम्बन्धी मापदण्ड छैन।नेपाल विज्ञान एवं प्रविधि अकादमी (NAST) ले यस विषयमा कुनै अध्ययन, नीति प्रस्ताव, वा मापदण्ड विकास गरेको छैन।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले EV आयातका लागि AIS-049 (भारत) वा UNECE R100 (युरोप) जस्ता अन्तर्राष्ट्रिय मानकहरू अनिवार्य गरेको छैन।
नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले मोबाइल टावरको विकिरण को निगरानी गर्छ, तर वाहनबाट उत्पन्न EMF को लागि कुनै प्रणाली छैन।
मानक प्राधिकरण (NSB) ले पनि EV को EMF सुरक्षा सम्बन्धी कुनै राष्ट्रिय मानक जारी गरेको छैन।
यसले गर्दा आयातकर्ताहरूले आफ्नै इच्छाअनुसार गुणस्तरहीन, सस्ता EV हरू नेपालमा ल्याउन सक्छन् — बिना कुनै स्वतन्त्र पुष्टि, बिना कुनै स्वास्थ्य जोखिम मूल्याङ्कन। कागज देखायो अनि आयात गर्यो को सिद्धान्त लागु रहेको अवस्थामा भौतिक EMF मापनको लागि न त देशमा उपयुक्त हुने वैज्ञानिक प्रयोगशाला छ न त कार्यविधि छ न त यस सम्बन्धि कुनै कानून नै छ।के बन्द कारमा EMF “फसेर” बढ्छ ?यसको सिधा उत्तर हो “हो। विद्युत् वाहनको धातुको ढाँचा (Faraday cage effect) ले केही EMF लाई भित्र नै राख्न सक्छ। BfS को अध्ययनले पनि देखाएको छ”पैताला क्षेत्रमा 3–4 µT (30–40 mG) सम्म EMF मापन गरिएको छ।
ICNIRP को सार्वजनिक सुरक्षा सीमा 200 µT भए पनि, बाल ल्युकेमिया सम्बन्धित जोखिम सीमा मात्र 0.3–0.4 µT हो।
“स्पोर्टी” ड्राइभिङ (acceleration र ब्रेक ) ले गाडीभित्रको EMF लाई युरोपेली सन्दर्भ सीमा (10 µT) भन्दा बढी बढाउँछ।
नेपालमा आयात हुने कम गुणस्तरका चीनीया विधुतिय गाडीमा केबुल ( विधुतिय तार वाइरिङ्ग ) व्यवस्था, ब्याट्री को अवस्था , र शील्डिङ खराब हुन सक्छ — जसले गर्दा EMF एक्सपोजर अझ बढ्न सक्छ र बन्द गाडी रहेको अवस्थामा गरिभित्रै रहन सक्दछ।अध्ययनहरू (जस्तै Swedish National Road and Transport Research Institute, 2014) ले देखाएका छन् कि केही युरोपिय गाडीहरुमा गरिएको अध्ययनमा मा 0.2–2.0 µT सम्म EMF मापन गरिएको छ —यो स्तर  ICNIRP सीमा भित्र रहेकोले एक बयस्कको लागि सुरक्षित पनि छ यद्यपि यो बालबालिकाको लागि जोखिमपूर्ण हुन सक्दछ र केहि अध्ययनक अनुसार बाल ल्युकेमिया सम्बन्धित जोखिम सीमा (0.3–0.4 µT) नजिक पुग्न सक्दछ।नेपालमा आयात हुने EV ब्रान्डहरू: के तिनीहरू सुरक्षित छन्?नेपालमा Tata , Ola, Ather, TVS, Hero, Mahindra (भारतबाट) र BYD, Niu, JAC, Dongfeng (चीनबाट) जस्ता ब्रान्डहरू आयात हुन्छन्।भारतीय EV हरूले AIS-049 प्रमाणीकरण पाएका हुन्छन्, जसमा EMF परीक्षण समावेश छ।
चीनी EV हरूले GB/T 18387 अनुसार EMF परीक्षण गर्नुपर्छ।यधपी नेपाल सरकारले यी प्रमाणपत्रहरूको प्रमाणीकरण भने गर्दैन। आयातकर्ताले आयात सिफारिश माग गर्दा declaration of conformity भन्ने बुँदा अन्तर्गत “हाम्रो गाडी सुरक्षित छ ” भनेर घोषणा गर्छन्, तर सरकार संग कुनै स्वतन्त्र परीक्षण प्रयोगशाला र गाडी राखेर प्रमाणीकरण गरिदिने कुनै नियामक निकाय नभएका कारण यसको स्वतन्त्र निर्क्यौल गरिदिन सरकार लाचार छ।  त्यसमाथि कुनै दण्ड प्रणाली नभएपछि आफुले बेच्न ल्याएका र बेची रहेका गाडीबाट हाल र निकट भविष्यमा जनतालाई हुन जाने EMF जोखिम बढ्नु र घट्नुले आयातकर्तालाई कुनै चिन्ता गर्न आवश्यकता नै किन रह्यो र ?यसले गर्दा सब-स्ट्याण्डर्ड, नक्कली प्रमाणपत्र भएका EV पनि नेपाली बजारमा प्रवेश गर्न सक्छन्। आयातकर्तालाई सस्ता कमसल गाडी भन्दा सुरक्षित राम्रा गाडी ल्याउन प्रोत्साहन गराउने कुनै नियामक व्यवस्थ पनि छैन।EMF exposure का दीर्घकालीन प्रभावहरु :
1 वर्ष, 5 वर्ष, 10 वर्ष?नेपाली सन्दर्भमा यो प्रश्न अत्यन्तै गम्भीर छ — किनभने हामीले दैनिक 2–3 घण्टा विद्युत् वाहन चलाउने ट्याक्सी चालक, डेलिभरी एजेन्ट, वा सामान्य कम्युटरहरू को स्वास्थ्य जोखिमलाई बेवास्ता गर्न सक्दैनौं। तर वैज्ञानिक रूपमा, यसको उत्तर स्पष्ट भने छैन।  अहिले सम्म विद्युत् वाहन (EV)-विशिष्ट दीर्घकालीन EMF एक्सपोजरको मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव नाप्ने कुनै ठूलो बृहत अध्ययनहरु ( cohort study ) छैनन् ।यधपी हामीले निम्न तथ्यहरुलाई बिर्सिन हुदैनIARC को “सम्भावित कार्सिनोजेन” ( क्यान्सर गराउने घटकहरुको ) वर्गीकरण (2001)अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (IARC) ले अत्यन्त निम्न आवृत्ति (ELF) चुम्बकीय क्षेत्रलाई “Group 2B: Possibly carcinogenic to humans” को रूपमा वर्गीकृत गरेको छ।यसको आधार: 10 भन्दा बढी महत्त्वपूर्ण एपिडेमियोलोजिकल अध्ययनहरू जसले 0.3–0.4 µT (300–400 nT) भन्दा बढी दीर्घकालीन (1+ वर्ष) एक्सपोजरलाई बाल ल्युकेमिया सँग जोड्छन्।नोट: यो सीमा ICNIRP को सुरक्षा सीमा (200 µT) भन्दा 500 गुणा कम छ।BfS (2025) को अध्ययनबाट प्राप्त डेटा
जर्मनीको BfS अध्ययनले देखाएको छ:पैताला क्षेत्रमा 3–4 µT (3,000–4,000 nT) सम्म EMF मापन गरिएको छ — बाल ल्युकेमिया जोखिम सीमा (0.4 µT) भन्दा 7.5–10 गुणा बढी।
यद्यपि औसत एक्सपोजर ICNIRP सीमा भित्र छ, “स्पोर्टी” ड्राइभिङ (शहरी ट्राफिकमा बारम्बार त्वरण/ब्रेक) ले छोटा तर शक्तिशाली पल्स उत्पन्न गर्छ जुन IEC 62764-1 मापन मानकले बेवास्ता गर्छ।
Gernot Schmid (अध्ययन प्रमुख) का अनुसार : “यी ट्रान्जिएन्ट पल्सहरूलाई दीर्घकालीन रूपमा बेवास्ता गर्नु खतरनाक हुन सक्छ — किनभने यस्ता पल्सहरूले कोशिकामा अस्थायी विद्युत् धारा प्रवाह गर्छन्, जसले DNA वा आयन च्यानलमा प्रभाव पार्न सक्छ।”दीर्घकालीन अवधिको आधारमा जोखिम अनुमाननोट: यी अध्ययनहरू मुख्यतया ऊच्च-भोल्टेज लाइन, ट्रान्सफर्मर, वा औद्योगिक EMF मा आधारित छन्। तर EV को EMF स्रोत (उच्च-धारा केबल, इन्भर्टर, ब्याट्री) ले समान आवृत्ति र स्थानीय एक्सपोजर पैटर्न उत्पन्न गर्छ।नेपाली वास्तविकता: अज्ञात जोखिमकुनै पनि EV को EMF स्तरको मापन छैन।
गुणस्तरहीन चीनी EV हरूमा केबल शील्डिङ खराब, ब्याट्री पैताला नजिक, ताप प्रबन्धन अपर्याप्त हुन सक्छ – जसले EMF एक्सपोजर अझ बढाउन सक्छ।
दैनिक 3 घण्टा, 5 वर्ष चलाउने चालकको पैताला/टाँग क्षेत्रमा कुल एक्सपोजर 0.5–2.0 µT सम्म पुग्न सक्छ — IARC को जोखिम सीमा भन्दा माथि।“पूर्वसावधानी सिद्धान्त (Precautionary Principle)” को आवश्यकताICNIRP को सीमा केवल “तात्कालिक तापीय प्रभाव” (जस्तै मांसपेशी उत्तेजना) लाई रोक्न बनाइएको हो।
दीर्घकालीन, गैर-तापीय प्रभावहरू (जस्तै DNA क्षति, ऑक्सिडेटिभ तनाव, कोशिका संचार विघटन) लाई ध्यानमा लिँदैन।
ऑस्ट्रियाली चिकित्सा संघ (ÖÄK) ले SBM-2015 मानकलाई स्वास्थ्यका लागि उपयुक्त मानेको छ, जसले 0.02 µT (20 nT) भन्दा कम EMF लाई लक्ष्य बनाउँछ।>
निष्कर्षहालको विज्ञानले “EV ले क्यान्सर गर्छ” भन्दैन, तर “दीर्घकालीन, उच्च-स्थानीय EMF एक्सपोजरले स्वास्थ्य जोखिम बढाउन सक्छ” भन्छ।1 वर्ष को जोखिम – नगण्य ( गुणस्तरीय EV प्रयोग गरेमा )
5 वर्ष प्रयोगको जोखिम – बाल ल्युकेमियाको जोखिम बढाउन सक्दछ विशेषगरी बालबालिका तथा युवा चालकहरू यसको जोखिममा अधिक रहेका छन्।
10+ वर्ष: न्यूरोडिजेनेरेटिभ रोगको सम्भावना भनिन्छ तर यस सम्बन्धमा अझै निष्कर्षात्मक ध्ययन आवश्यक रहेको छ।त्यसैले, नेपालले “पूर्वसावधानी सिद्धान्त” अपनाउनुपर्छ — किनभने हाम्रो जनताको स्वास्थ्य अनिश्चित वैज्ञानिक विवादको खेल होइन।विधुतीय EMF जोखिम विधुतिय सर्किट र ब्याट्री भएको कुनै पनि कोठामा बसिरहनाले वा विधुत प्रसारण लाइनको नजिक बस्नाले हुन्छ। तपाईंको  विधुत गाडी पनि यस्तै कोठा हो जसमा तपाईं ठुलो ब्याट्री र त्यसको प्रसारण सर्किट माथि बसेर साथै लिएर घुम्नु हुन्छ।  यसको तपाईंको स्वास्थमा केहि प्रभाव अवश्य रहन्छ।नेदरल्याण्ड्स सरकारले सन् 2005 मा उच्च वोल्टेज लाइन तल बसोबास गर्ने आफ्ना जनताको घरहरूको लागि 0.4 µT (400 nT) भन्दा माथिको एक्सपोजरलाई अस्वीकार्य घोषणा गर्यो र हजारौं घरहरू किनेर ति इलाका खाली गर्यो।क्यानडा सरकारले आफ्नो राज्य ओन्टारियो र स्विट्जरल्याण्ड सरकारले आफ्नो राजधानी बर्न ( Bern ) जस्ता प्रान्त / राज्यहरूले “पूर्वसावधानी सिद्धान्त (Precautionary Principle)” लागू गर्दै EMF एक्सपोजरलाई न्यूनतम सम्भव स्तरमा राख्ने नीति अपनाएका छन्।सुरक्षा डिजाइन तात्कालिक रूपमा सम्भव छ — जस अन्तर्गत नेपाल भित्रिने गाडीहरुको डिजाइन मा त्यस्ता के व्यवस्था हरु गरिएका छन् जसका कारणले EMF हरुको समुचित व्यवस्थापन गरिएको छ भन्ने निर्क्यौल गरिन्छ र हुनु पर्ने अवाश्कता अत्यन्त टड्कारो छ। तर प्रश्न यो पनि छ कि नेपाल सरकार तथा सम्बन्धित कार्यकारी अधिकार प्राप्त विभाग ले यसलाई कति आवश्यकता मान्दछ ?बृहत राष्ट्रिय EMF सुरक्षा नीति आजको अपरिहार्य आवश्यकता- किनभने विध्युतिय EMF exposure केवल विजुली गाडीको समस्या हैन हरेक विद्युत खपत गर्ने कल कारखानामा काम गर्ने जनताको को समस्या समेत हो। Factory कल कारखाना देखि server room लगायत airport सबैतिर यसको मानकहरुको राम्रो ब्याख्या गरिनु पर्दछ तथा सार्वजनिक रूपमा देखिने गरि सुरक्षा ट्याग ( visible security warning को व्यवस्था गरिनु पर्दछ ) तथा अत्यधिक exposure रहेका एरियातिर गर्भवती महिला तथा बालबालिकाको आवतजावत रोकिनु पर्दछ।देशमा हजारौंको संख्यामा आयात हुँदै रहेका अप्रमानिक सुरक्षा भएका कमसल गाडी र EMF व्यवस्थापन सम्बन्धि फितलो व्यवस्थापन भएकै कारण वर्तमान अवस्थामा यसको समुचित व्यवस्थापनको लागि प्रस्थान विन्दु भनेको एक प्रभावकारी EMF सम्बन्धि राष्ट्रिय नीति नै हो।  EMF विजुली गाडी सम्म मात्र सिमित नरहेको तथा कल कारखाना र उत्पादन केन्द्रहरुमा समेत विध्युतियकरण रहेको हालको अवस्थामा यो  अपरिहार्य छ।  EMF को कतिसम्म exposure हुनुलाई सुरक्षित र कुन विन्दु पश्चात असुरक्षित गाडी र उद्योग पिछे फरक रहेकोले आजका नागरिकलाई भविष्यमा जोगाउन नीतिगत निर्क्यौल गरेर मात्र यसको सहि व्यवस्थापन गर्न सकिने यथार्थ हामीले बुझ्नु जरुरि छ। यस सम्बन्धि अर्थपूर्ण क्षेत्रगत सम्मति meaningful sectorial consensus को निर्माण गर्न पर्ने आवश्यकता छ भने बृहत जनस्वास्थ्यको रक्षाको लागि यौटा राष्ट्रिय EMF सुरक्षा नितिको विकाश गरिनु त अपरिहार्य नै छ।जर्मनी, ऑस्ट्रिया, र नेदरल्याण्ड्सले “स्वास्थ्य-केन्द्रित EMF मानक” को आवश्यकता महसुस गरेर सो अनुसारको प्रशासनिक व्यवस्था गरेका छन् । तर नेपालमा कुनै पनि EMF मापन प्रणाली लागु छैन कुनै पनि वैकल्पिक स्वास्थ्य-आधारित मानक (जस्तै SBM) को चर्चा छैन। आयातकर्ताहरूले केवल “ICNIRP standards ” पालन गरेको को दाबी गर्छन् – जुन वास्तविक जोखिमलाई ढाक्ने एउटा औपचारिकता मात्र हो।जर्मनीका निर्माताहरूले पनि EMF डिजाइनमा सुधार गर्न आह्वान गरिएका छन्, त नेपालले त त्यस्ता गुणस्तरहीन, अनियन्त्रित आयात गरिरहेको EV हरूबाट आफ्नो नागरिकलाई कसरी सुरक्षित गर्ने?उत्तर स्पष्ट छ:नेपालले तत्काल ICNIRP भन्दा सख्त, स्वास्थ्य-आधारित EMF मापदण्ड अपनाउनुपर्छ — वा कम्तिमा, आयात गरिएका EV हरूको EMF स्तरको स्वतन्त्र परीक्षण अनिवार्य गर्नुपर्छ।अन्यथा, हाम्रो “हरित क्रान्ति” अदृश्य रूपमा जनस्वास्थ्यको खर्चमा अगाडि बढ्दै जानेछ।कुन ब्रान्ड सुरक्षित छ त वा कस्तो प्राविधिक सुरक्षा अपनाईएको गाडी सुरक्षित हुन्छ ?अन्तिम प्रश्नके नेपाली जनताको स्वास्थ्य आयातकर्ता र सम्बन्धित यस व्यवसायका लाभकर्ता को “लाभ” भन्दा कम महत्त्वपूर्ण छ ? के देशमा श्रम गर्ने श्रमिक वर्ग र विजुली गाडीमा श्रम गर्ने यातायात मजदूरलाई यसका लाभ हानिका बारेमा औपचारिक जानकारी वा सिक्षित गर्न पर्ने आवश्यकता बेवास्ता गर्न मिल्छ ?सम्प्रभु नेपालका नागरिकका हैसियतले हामी सोध्न चाहन्छौं:यातायात मन्त्रालय, कहिले सम्म हामीलाई EMF सुरक्षा मापदण्ड दिनुहुनेछ?
NAST, के तपाईंहरूले यस विषयमा कुनै अनुसन्धान गर्नुभएको छ?
आयातकर्ताहरू, के तपाईंहरूले आफ्ना ग्राहकहरूलाई EMF एक्सपोजरको बारेमा जानकारी दिनुभएको छ?हरित भविष्यको नाममा आज हामी कतै ब्यापारीले बजाएको सुमधुर धुनमा बुझ्दै नबुझी विजुलीको तार को जालोलाई गाडी भनि अपनाएर कतै अनिश्चित भविष्य त रोज्दै छैनौँ। हिजो डिजेल मोटरको साटो बडेमानको विजुली मोटर कारखाना मा आउँदा स्वागत गरेका मजदूर आज वृद्धावस्थामा हातखुट्टा काम्ने रोगले ग्रस्त भएको देख्दा कतै आरामदायक गाडी र खराब EMF व्यवस्थापन भएको कमसल गाडी चढेर यस्तै कुनै मुर्खता हामीबाट नहोस भन्ने चाहना जनसामान्यमा हुनु कुनै अनावश्यक माग हैन।
जुनै अवस्थामा पनि हामीले आफ्नो स्वास्थ्यलाई बलिदान गर्नु हुँदैन देशले भविष्यको जनस्वास्थ्य को सम्बन्धमा गम्भीरतापुर्वक सोच्नै पर्दछ ।सुरक्षित कलकारखाना = सुरक्षित मजदूर
सुरक्षित EV = सच्चा हरित EVअन्यथा, यो “हरित क्रान्ति” नेपाली जनताको लागि “अदृश्य खतरा” बन्न सक्छ।REFERENCE LITERATURES माथि उल्लेखित जर्मनीको BfS एक जर्मन सरकारको सरकारी एजेन्सीको Electromagnetic Fields अध्ययन रिपोर्टको सम्बन्धमा बिवरण निम्नानुसार छ  :जर्मनीले Electromagnetic Fields सम्बन्धि अध्ययन रिपोर्ट हालै २०२५ मा प्रकाशन गरेको छ

वैश्विक स्तरका Electromagnetic Field जोखिम सम्बन्धि दुई मुख्य अध्ययन जर्मनीले गरेको पाईन्छ  जसमध्ये(१.) Determination of Exposure to Electromagnetic Fields in Electromobility. अध्ययन मिति सुरु भएको : 18 March 2021 अध्ययन सम्पन्न मिति  11 November 2024 ,
Web : https://www.bfs.de/EN/bfs/science-research/emf/completed/exposure-electromobility.htmlतथा  (२) Radiation protection study: analysed electric cars comply with recommended maximum values for health protection ( अध्ययन सम्पन्न मिति 2025.04.09 )
प्रकाशन लिंक : https://doris.bfs.de/jspui/bitstream/urn:nbn:de:0221-2025031250843/1/BfS_2025_3620S82473_T1.pdfवेब पेज : https://doris.bfs.de/jspui/handle/urn:nbn:de:0221-2025031250843हामीले उल्लेख गरेको रिपोर्ट पनि यहि हो उपरोक्त अध्ययनको बिवरण : 2025 मा जर्मनीको संघीय विकिरण सुरक्षा कार्यालय (BfS – Bundesamt für Strahlenschutz) ले एउटा ऐतिहासिक अध्ययन प्रकाशित गर्यो ( माथि उल्लेखित मध्ये २ ( दोस्रो )) जसले विद्युत् वाहनहरूमा “आश्चर्यजनक रूपमा उच्च” चुम्बकीय क्षेत्र को उपस्थिति देखाएको छ । उल्लेखित अध्ययनमा 13 वटा प्रचलित Electric Vehicle (EV) तथा सुचिकृत हाइब्रिड मोडेलहरूमध्येबाट लगभग 10 लाख गाडीहरुको emission मापनहरू गरिएका थिए।गाडी चल्दा हुने प्रवेग (acceleration) को दौरान तथा ब्रेक लगाउँदाको समयमा मापन गरिएको चुम्बकीय क्षेत्रको अत्यन्त छोटो तर शक्तिशाली pulse (transient spikes) उत्पन्न भएको अध्ययनमा पाइयो। केही अवस्थामा, यी उच्च अर्थात् शिखर मान (peak values) हरु युरोपेली सुरक्षा सीमा भन्दा 12 गुणा बढी थिए । गाडीभित्र पैताला र खुट्टा बस्ने क्षेत्रमा सबैभन्दा बढी एक्सपोजरको जोखिम देखियो — गाडीका यिनै स्थानमा उच्च-भोल्टेज केबुल (बिजुलीको तार) र ब्याट्री प्रायः स्थापित हुन्छन् । हालको मापन मानक ( IEC 62764-1 ) ले 200 मिलिसेकेन्ड भन्दा छोटा पल्सहरूलाई बेवास्ता गर्छ, जसले गर्दा यी खतरनाक Peak (शिखरहरू) नियमित परीक्षणमा राखिंदैन तथा declare पनि गर्न आवश्यक रहँदैनन किनभने नियमानुसार यो छुट मा पर्दछ ( non mandatory to declare )।

बुझ्न पर्ने कुरा के हो भने गाडी चलाउने क्रममा यस्ता पल्सहरुमा अनेक पटक नियमित रूपमा ड्राइभर र पेसेन्जर दुबै expose हुनेगर्दछन् ।BfS President Dr. Inge Paulini
BFS अध्यक्ष डा इन्जे पाउलिनीBundesamt für Strahlenschutz (BfS)जर्मन विकिरण मापन तथा अध्ययनका लागि संघीय सरकारको अधिकारिक कार्यालय हो। यो जर्मन संघीय वातावरण, प्रकृति संरक्षण, आणविक सुरक्षा र उपभोक्ता संरक्षण मन्त्रालय (BMUV) को पर्यवेक्षणमा सञ्चालन हुन्छ र सबैप्रकारको विकिरणको हानिकारक प्रभावबाट मानिसहरू र वातावरणलाई जोगाउन जर्मनी र संघिय युरोपको एक जिम्मेवार निकाय हो।BfS ( Bundesamt für Strahlenschutz ) कि अध्यक्ष डा. इन्जे पाउलिनी भन्छिन : “यो अध्ययनले देखाएको छ कि निर्माताहरूले वाहन डिजाइन गर्दा चुम्बकीय क्षेत्रलाई ध्यानमा राख्न सक्दछन । यो तात्कालिक रूपमा नै सम्भव छ।”  अर्थात् BFS को अध्ययनहरुमा कुनै ब्रान्डका गाडीमा चुम्बकीय एक्सपोजर नगन्य पाइएको छ भने कुनैमा अत्याधिक पाइएको छ त्यसैले तत्काल हेर्दापनि गाडी निर्माताहरुले केहि प्राविधिक परिवर्तन गर्दा यो अत्यधिक इलेक्ट्रोम्याग्नेटिक एक्सपोजर को समस्या व्यवस्थापन गर्न सकिने नै अवस्था रहेको छ।तर यहाँ एउटा महत्त्वपूर्ण विरोधाभास छ:BfS ले आफ्नो प्रेस विज्ञप्तिमा भने अनुरुप पनि –  “सबै विश्लेषित वाहनहरू स्वास्थ्य सुरक्षा सिफारिसहरूको सीमा भित्र छन्”। तर अध्ययनको मुख्य शोधकर्ता गेर्नोट श्मिड स्पष्ट पार्दछन् केही वाहनहरूमा युरोपेली सन्दर्भ सीमा (10 µT) भन्दा 12 गुणा सम्म बढी शिखर मान देखियो । यी शिखरहरू IEC 62764-1 मापन मानकले बेवास्ता गर्छ, किनभने यसले 200 मिलिसेकेन्ड भन्दा छोटा पल्सहरूलाई मापन गर्दैन।” अर्थात्, औपचारिक रूपमा अन्तराष्ट्रिय standards हरुको “पालन” भए पनि, वास्तविक जीवनको driving condition  उच्च EMF एक्सपोजर हुने अवस्था रहन सक्छ — विशेषगरी शहरी ट्राफिकमा बारम्बार प्रवेग ( acceleration ) तथा ब्रेक लगाउँदा।यो त भयो आधिकारिक सरकारी अध्ययनको निष्कर्ष तर अन्तर्राष्ट्रिय स्तरमा समेत यस सम्बन्धि चिन्ताहरू जल्दोबल्दो रुपमा उठिरहेका छन्यो समस्या केवल जर्मनीमा मात्र सीमित छैन। स्विट्जरल्याण्ड, ऑस्ट्रिया, नेदरल्याण्ड्स, र क्यानडा जस्ता देशहरूले World Health Organization (WHO) द्वारा अनुमोदित ICNIRP (International Commission on Non-Ionizing Radiation Protection) को औद्योगिक मानकहरूप्रति गम्भीर सन्देह व्यक्त गरेका छन्। अर्थात् हाल लागु रहेका अन्तराष्ट्रिय स्तरमापन सम्बन्धि standards हरु पुराना भैसके तथा यिनको संसोधन आवश्यक छ।अत्यन्त उच्च उत्पादन मानकहरुको आधारमा इलेक्ट्रिक गाडी बनाउने देशहरुले समेत इलेक्ट्रोम्याग्नेटिक एक्सपोजर न्यून स्तरमा व्यवस्थापन गर्न व्यवहारिक कठिनाई रहने स्वीकारोक्ति गर्दै रहेको अवस्थामा नेपाल को हालको अवस्था जहाँ “सस्तो नै राम्रो” भन्ने उपभोक्ता मानसिकता र यसप्रकारका exposure मापदण्ड पुरा गरेका गाडीहरुको अपुर्ति एक अलग प्राविधिक कर्मकाण्ड जस्तो हुनु दुबैले भविष्यमा दूरगामी समस्या गराउने संसय जनतामा विकाश भैरहेको छ।EMF को उच्च उत्सर्जन गर्ने गाडीको आयातमा कुनै कानूनी छेकवार छैन :
EMF एक्सपोजर उत्सर्जन हरेक विजुली गाडीको नैसर्गिक गुण भएपनि देशभित्र आयात हुने अनेकन ब्रान्डका गाडी आपूर्ति भएर सडक सम्म पुग्ने र प्रयोग हुने दौरानमा EMF को व्यवस्थापन तथा कति उत्सर्जन सुरक्षित भन्ने सम्बन्धमा नीतिगत वा कानूनी रूपमा कुनैपनि बाध्य्ताकारी किसिमको कार्यान्वयन संयन्त्र नभएकोले कमसल गाडीको पनि आयात र विक्रिवितरणमा कुनै कानूनी छेकवार छैन ।हालको अवस्थामा विधुतिय गाडीहरुबाट चालक वा जनतालाई हुने Non-Ionizing Radiation Protection को व्यवस्थापन सम्बन्धि कुनैपनि मानक र नीति लागु गर्न कुनैपनि सरकारी एजेन्सी स्वतःस्फुर्तरुपमा समेत आएको छैन न त यसप्रकारको कुनै अध्ययन public domain मा उपलब्ध नै छ। अचम्मको कुरो के पनि छ भने यो विषयमा विदेशमा अनेक अध्ययन हुँदा नेपालमा न त नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानबाट न त भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट यौटा विज्ञ अध्ययन टोलि समेत तोकिएको छैन।ऑस्ट्रियाली चिकित्सा संघ (Österreichische Ärztekammer – ÖÄK) द्वारा सन् 2012 मा एउटा जारि गरिएको एक औपचारिक दिशानिर्देश अनुरुप EMF-सम्बन्धित स्वास्थ्य समस्याहरूको निदान र उपचार को लागि “Standard of Building Biology Testing Methods (SBM-2015)” लाई आधार मान्न आग्रह गर्यो। यस SBM standard को प्राथमिक लक्ष्य भनेको घरभित्रको वा enclosed वातावरणमा विधुतिय उत्सर्जन र magnetic field इत्यादिबाट हुने सम्भावित स्वास्थ्य जोखिमहरू पहिचान गर्नु र न्यूनीकरण गर्नु हो। यस्ता standard लागु गरिनुको उदेश्य सम्भव भएसम्म स्वस्थ, प्राकृतिक र प्रदूषणरहित बस्ने र काम गर्ने ठाउँहरू सिर्जना गर्नु हो। नेपालमा यस्तो कुनै पनि regime बनाइएको छैन।SBM 2015 standard ( link as below )
https://buildingbiologyinstitute.org/wp-content/uploads/2023/03/SBM_2015-v1.pdfSBM-2015 ले दीर्घकालीन स्वास्थ्य सुरक्षाको आधारमा निम्न सीमा सिफारिस गर्छ:चुम्बकीय क्षेत्र
(ELF-MF): < 20 नैनोटेस्ला (0.02 µT)तुलना गर्नुहोस्:

CNIRP (2010): 200,000 नैनोटेस्ला (200 µT)
SBM-2015: 20 नैनोटेस्ला

→ ICNIRP को सीमा SBM भन्दा 10,000 गुणा बढी छ!ÖÄK ले भन्छ: अस्ट्रिया ( Austria not अस्ट्रेलिया ) को राष्ट्रिय एजेन्सी“ICNIRP को सीमा केवल तात्कालिक तापीय प्रभाव (जस्तै मांसपेशी उत्तेजना) लाई रोक्न बनाइएको हो, क्यान्सर, न्यूरोडिजेनेरेटिभ रोग, वा बाल ल्युकेमिया जस्ता दीर्घकालीन जोखिमहरूलाई ध्यानमा लिँदैन।”दीर्घकालीन प्रभाव: 1 वर्ष, 5 वर्ष, 10 वर्ष?WHO ले भनेको छ: “हालसम्म क्यान्सर, अल्जाइमर, वा अटोइम्युन रोगसँग EV-विशिष्ट EMF को सीधा कारण-प्रभाव सम्बन्ध प्रमाणित भएको छैन।”तर, दीर्घकालीन, उच्च-आवृत्ति एक्सपोजर (जस्तै: दैनिक 3 घण्टा, 5 वर्ष) को अध्ययन अझै सीमित छ।2023 को एउटा जर्मन अध्ययन (Fraunhofer Institute) ले भन्यो: “EV चालकहरूमा EMF एक्सपोजर सामान्यतया सुरक्षित सीमा भित्र छ, तर गुणस्तरहीन वाहनमा अनियमित उच्च स्तर हुन सक्छ।”BfS (2025) ले चेतावनी दिएको छ: “त्वरण/ब्रेकको समयमा उत्पन्न छोटा पल्सहरूको दीर्घकालीन प्रभाव अज्ञात छ।”सन्दर्भ सामग्री :

BfS (2025). Determination of exposure to electromagnetic fields in electromobility
WHO (2007). Extremely Low Frequency Fields Environmental Health Criteria 238
IARC Monographs (2002). Volume 80: Non-Ionizing Radiation, Part 1
Microwave News (2025). Wake-Up Call for EV Industry
ÖÄK (2012). Guideline for EMF-related health problems
ICNIRP Guidelines (2010)
AIS-049 (India), GB/T 18387 (China)

लेखक: एक चिन्तित नागरिक र वातावरण स्वास्थ्य अनुसन्धानकर्ता

विशेषताउच्च भोल्टेजका तारहरू

विद्युतीय सवारी साधन (EV)

आवृत्ति (Frequency)अत्यन्त कम आवृत्ति (ELF), सामान्यतया ५० वा ६० हर्जको हुन्छ।ब्याट्री, मोटर, चार्जर आदिबाट निस्कने विभिन्न प्रकारको आवृत्ति (frequency) हुन्छ, जसमा Wi-Fi र ब्लुटुथजस्ता उच्च आवृत्ति पनि समावेश हुन्छ।

स्रोत ठूलो र स्थिर संरचना, जसले धेरै ठूलो क्षेत्रमा क्षेत्र फैलाउँछ। सवारी साधनभित्रै धेरै स्रोतहरू हुन्छन्, जस्तै: ब्याट्री, मोटर र चार्जर। क्षेत्रको शक्ति दूरी बढ्दै जाँदा यसको शक्ति छिटो-छिटो घट्दै जान्छ। सवारी साधनभित्रको क्षेत्रको शक्ति गाडीको गति र चलाउने तरिकाअनुसार घटबढ हुन्छ। प्रवेग र ब्रेकिङ्ग मा अधिकतम हुने गर्दछ। सुरक्षा विद्युतीय क्षेत्रलाई घरको पर्खालले छेक्छ, तर चुम्बकीय क्षेत्र सिधै पार हुन सक्छ। सवारी साधनको बनावट र तारहरूको व्यवस्थाले केही हदसम्म सुरक्षा दिन्छ। यसको क्षेत्रको स्तर अन्तर्राष्ट्रिय मापदण्डभन्दा धेरै कम हुन्छ। स्वास्थ्यको जोखिम ज्यानमारा जोखिम रहँदैन यधपी केहि मानिसमा शारीरिक समस्या जस्तै inflammation, टाउको दुख्ने  तथा अन्य मानसिक विचलन इत्यादि महसुस हुने हुन् सक्दछ। कसै-कसैलाई टाउको दुख्ने, थकान महसुस हुनेजस्ता लक्षणहरू देखिए पनि यो क्षेत्रसँग यसको कुनै वैज्ञानिक सम्बन्ध रहेको पाइएको छैन।
अवधि अनुमानित जोखिम वैज्ञानिक आधार
1 वर्ष कम जोखिम (यदि औसत EMF < 0.3 µT) IARC, WHO
3–5 वर्ष बाल ल्युकेमिया जोखिम 1.5–2x (यदि औसत EMF > 0.4 µT) Ahlbom et al. (2000), Kheifets et al. (2010)
5–10 वर्ष ALS (Amyotrophic Lateral Sclerosis) सँग सम्बन्धित सीमित प्रमाण WHO (2007): “अस्पष्ट तर सम्भावित सम्बन्ध”
10+ वर्ष अल्जाइमर, अटोइम्युन विकार — अझै प्रमाण अपर्याप्त केवल प्रायोगिक/पशु अध्ययनहरू।  मानवीय अध्ययन उपलब्ध छैनन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal